रगत क्यान्सर रोगको पहिचान :
–रगत क्यान्सर सम्वन्धि लक्षण देखिएको खंण्डमा ढिलाई नगरी चिकित्सकको सल्लाह लिनु अति आवश्यक हुन्छ ।
–धेरैजसो बिरामीहरुले दिइएको जानकारी, बिरामीहरुको परिक्षण तथा अन्य कुनै कारणले गरिएको रगतको परिक्षणले पत्ता लागेको पाइएको छ ।
–शारिरीक परिक्षणमा रगतको क्यान्सर शंका गरिएका हरेक बिरामीमा शारिरीक परिक्षण अति अनिवार्य हुन्छ । यसको मुख्य उद्देश्य शरिरमा कतै कुनै किसिमको गाँठा देखिनु साथै कलेजो र फियो सुनिएको पत्ता लगाउनु हो ।
–रक्त क्यान्सर पत्ता लगाउनमा रगत जाँचलाई मुख्य आधार बनाईन्छ । रगत जाँचको क्रममा अधिक मात्रामा नरम्रा किसिमको रगतका कोषिका तथा क्यान्सरका कोषिका देखियो भने रक्त क्यान्सरको सम्भावित पहिचान गर्न सकिन्छ । यसपछि गरिने जाँचहरुमा रक्तमासीको जाँच (Bone Marrow Aspiration) लिम्फुमुख बायोप्सी (Genetic Analysis) हो ।