• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

ऐन कानुन उद्योगीमैत्री भए हामीले सजिलै विदेशी औषधि प्रतिस्थापन गर्न सक्छौं : एक्स्पो संयोजक रुंगाटा

  •  आइतबार, फागुन १३, २०८० मा प्रकाशित

नेपाल औषधि उत्पादक संघको आयोजनामा यही फागुन २५ देखि २७ गतेसम नेपाल फर्मा एक्स्पो २०२४ चितवनको भरतपुरमा हुँदैछ । नेपाली औषधिको प्रवद्र्धन गर्न र नवीनतम प्रविधि भित्र्याउने उद्धेश्यसहित सन् २००५ देखि हरेक दुई दुई बर्षमा एक्स्पो हुँदै आइरहेको छ । यसपटकको एक्स्पोको तयारी पनि तीव्र गतिमा भइरहेको छ । एक्स्पोको तयारी, उद्धेश्य, नेपाली औषधि उद्योगकको अवस्था लगायतका बिषयमा एक्स्पोका संयोजक प्रभात रुंगटासंग गरिएको संक्षिप्त कुराकानी

यो पटकको फर्मा एक्स्पोको तयारी कहाँसम्म पुगेको छ ?
हामीले यसपटक काठमाडौँमा फर्मा एक्स्पो गर्ने तयारी गरेका थियौ । तर काठमाडौँको भृकुटीमण्डपमा रहेको प्रर्दशनीस्थलमा खाली नभएकोले यसपटक पनि हामीले चितवन एक्स्पो सेन्टरमो गर्न थालेको हौ । एक्स्पोको तयारी करिब ९५ प्रतिशत काम सकिएको छ । स्टल बुकिङदेखि लिएर एक्स्पो स्थलको डिजाइन, सजावट लगायतको काम सकिएको छ । एक्स्पोमा स्वदेश र विदेशी गरि १५० वटा स्टल रहनेछ छ । यसअघिका दुई वटा फर्मा एक्स्पो पनि हामीले चितवनमो सम्पन्न गरिसकेका छौ । एक्स्पोको तयारी लगभग अन्तिम चरणमा छ ।

फर्मा एक्स्पो गर्नुको उद्धेश्य के हो ?
सरकार, नागरिक , चिकित्सक, औषधि पसललाई एकै छातामुनि ल्याएर नेपाली औषधि बारेमा जानकारी गराउनु नै एक्स्पोको उद्देश्य रहेको छ । हामीले विगत २० बर्षदेखि नेपाली औषधिको प्रवद्र्धन गर्नका लागि एक्स्पो गर्दै आइरहेका छौ । २० बर्ष अगाडि नेपाली उद्योगी औषधिको बजार हिस्सा १० देखि १२ प्रतिशत मात्र ओगटेको थियो । नेपाली औषधि उद्योगले के गर्र्दैछ कुन प्रविधि ल्याएर औषधि उत्पादन गरिरहेको छ भनेर एक्स्पोमा जानकारी गराउँदै आएका छौ । यसरी हामी नवांै एक्स्पोसम्म आइपुग्दा हाम्रो आफ्नो मिहनेत, क्षमताले नेपाली औषधिको बजार ४५ देखि ५० प्रतिशतसम्म पुर्याएका छौ ।
अबको हाम्रो उद्देश्य नेपाली औषधि नेपालमा मात्र विक्री गर्ने मात्र होइन कि पश्चिममा कार्पेट, जुत्ता जस्तै हामी बाहिर मुलुकमा निर्यात गर्न सक्छो भनेर राज्यलाई घच्घचाउनु पनि हो । हामी नेपालमा बनेको उच्च गुणस्तरका औषधि विदेशमा निर्यात गर्न सक्दछौ । औषधि उद्योग अन्य उद्योग जस्तो नभई एउटा अनुशासन र सिस्टममा सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डमा हिंँडेको सस्था हुन्छ । सरकारी ऐन कानुन उद्योगीमैत्री भए हामीले सजिलै विदेशी औषधिलाई प्रतिस्थापन गर्न सक्छौं ।

एक्स्पोमा आम अवलोकनकर्ताले के पाउँछन ?
एक्स्पोबाट सर्वसाधारणले नेपाली औषधिको गुणस्तरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् । अहिले बजारमा विभिन्न प्रकारका कम गुणस्तरीय औषधि आएका छन् । हामी त्यस्तो औषधिप्रति सचेत रहंँदै स्वदेशी औषधि उद्योगले कस्ता मापदण्डका कति विश्वसनिय औषधि उत्पादन गरिरहेका भन्ने कुरा प्रर्दशनीबाट नेपाली जनताले थाहा पाउने गर्दछन । यस्तै एक्स्पोमा चितवनको अन्य व्यापार व्यवसाय चलायमान हुनेछ ।

एक्स्पोले औषधिको प्रवद्र्धन गर्न कत्तिको सहज छ ?
अहिले नेपालमा ८२ वटा औषधि उद्योग रहेका छन । साढे तीन सय विदेशी कम्पनीका औषधिका औषधि नेपाली बजारमा छन् । अहिले पनि वर्चश्व तीनै विदेश कम्पनीका रहेका छन् । ती विदेश कम्पनीलाई विस्थापित गर्दै नेपाली उद्योगलाई स्थापित गराउदै लैजान आवश्यक रहेको छ । हो हामीले एक्स्पो मार्फत नेपाली औषधिको प्रवद्र्धन गरिरहेका छौ । एक्स्पोको कै कारण हाम्रो औषधिको माग विदेशमा भइरहेको छ । स्वदेशमा मात्र नभई विदेशमा समेत नेपाली औषधिको बजार विस्तार गर्न एक्स्पो एउटा बलियो प्लेटफर्म पनि हो ।

एक्स्पोका मुख्य आकर्षण के के हुन् ?
विदेशी सरकारी निकाय जाम्बिया, कम्बोडियाका पाहुनाहरु आउने सम्भावना छ । उहाँहरुले हाम्रो औषधिका केही प्रडक्ट हेर्न , बुझ्न र खरीदका लागि हामीसंँग संवाद भईरहेको छ । एक्स्पोमा नयाँ मेशीन, प्रविधि, उपकरण, औजार, ल्याब टेक्नोलोजी लगायतका बिषयनै अवलोकनकर्ताका मुख्य आकर्षण हो ।
यस्तै प्रर्दशनीमा विदेशिने युवालाई एउटै थलोमा राखेर उद्योगी संग भेटघाटको वातावरण बनाउने छौ । एक्स्पोमा नै हाम्रो एउटा हुमन रिसर्च सम्बन्धी स्टेशन हुने छ । त्यो स्टेशनमा युवाहरुले आ–आफ्नो सेक्टरका फर्मासिस्ट,एमआरका लागि म्यानेजरको लागि वायोडाटा राख्दछन र कमन सप्लाई ड्रप वक्स राखेर सवै उद्योगलाई दिने छौ ।

विगतका फर्मा एक्स्पो र पछिल्ला एक्स्पोमा के कस्तो प्रभाव पारेको छ ?
शुरुका फर्मा एक्स्पोमा नत प्रर्दशकको हरुको त्यति आकर्षण थियो नत अवलोकनकर्ताको , तर पछिल्लो समयमा एक्स्पोले उद्योग, उत्पादन, को प्रर्वद्धन हुने र बजारीकरण र ज्ञान साटासाट हुने भएकोले स्वदेशी उद्योगको साथै विदेशी प्रर्दशकको पनि उत्तिकै आकर्षण छ । हामीले फर्मा एक्स्पोको उद्ध्घोष गरेको छोटो समयमै सबै स्टल बुकिङ्ग हुनुलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ । यही एक्स्पोका कारण हाम्रा केही औषधिहरु अफ्रिका , युरोपका केही देशहरुमा समेत जान थालेका छन ।

एक्सपोका औषधि बन्ने प्रविधि मात्र प्रर्दशनी हुन्छ कि प्रविधिको पनि प्रर्दशनी ?

एक्स्पोमा औषधि बन्ने प्रविधिको बारेमा जानकारी गराइन्छ । औषधि कसरी बन्दो रहेछ भन्ने जानकारी हुन्छ । अहिले हामीले एक्स्पोका लागि बाहिरबाट प्रविधि आइरहेको छन । एक्स्पोमा मेशिन नेपालमा ल्याउंदा भन्सार ,लगायतका ढुवानीमा झन्झटिलो तथा अन्य समस्या छन । अर्को कुरा ती मेशीन बराबरको धरौटी रकम राख्नुपर्ने हुन्छ , र रकम फिर्ता गर्नपनि निकै समय लाग्छ । त्यसैले नेपाली उद्योगले यसअघि खरीद र माग गरिसकेका मेशीनलाई अहिले यो समयमा ल्याउने र प्रर्दशन गर्ने सोचमा पनि हामी छौं ।

आइतबार, फागुन १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.