• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव

  •  आइतबार, फागुन १३, २०८० मा प्रकाशित

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएकी फुरदिकुको श्रीमान् (दाजाङ शेर्पा)को तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो ।

श्रीमान्को मृत्युपछि छ वर्षीय छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइती घर नुनथला फर्किनुभएकी फुरदिकु गत माघ ३ गतेदेखि आफँै बिरामी पर्नुभएको छ । मानसिक रोगले ग्रसित फुरदिकुलाई अहिले परिवारका अन्य सदस्यले माइती घर अगाडि काठको खोर बनाएर त्यसभित्र राखेका छन् ।

काठ प्रयोग गरेर बाख्रा तथा सुँगुरका लागि बनाइने खोरजस्तो ठाउँमा राखिएकी फुरदिकुलाई परिवारका अन्य सदस्यले त्यही ठाउँमा खाना खाने र सुत्ने व्यवस्था मिलाइ दिएका छन् । बुबा पेमाछेतर र आमा निम्ले शेर्पाकी जेठी छोरी फुरदिकुलाई गत माघ १६ गतेदेखि खोरमा राखिएको छिमेकीले बताएका छन् ।

घर छाडेर हिँड्ने, गालीबेइज्जत बोल्ने तथा आफ्नो अगाडि देखा परेका जोकोही मानिसमाथि जाइलाग्ने व्यवहार देखाउन थालेपछि छोरी फुरदिकुलाई नियन्त्रण गर्न खोरभित्र राख्नुपरेको बुबा पेमाछेतरले बताउनुभएको छ । “फुरदिकु १६ वर्षकै उमेरदेखि मानसिक रोगी थिइन् । उनलाई दुई वर्षअघि पाटन अस्पताल काठमाडौँमा लगेरसमेत उपचार गरियो । दुई महिना पाटन अस्पताल राखेर ल्याएपछि ठीक भएको थियो”, उहाँले भन्नुभयो, “उनीलाई पुनः सोही प्रकृतिको बिरामी बल्झिएको छ । उनीलाई सम्झाएर नियन्त्रण गर्न नसक्ने अवस्था छैन । बिगार गर्न नदिनका लागि खोरमा राख्न बाध्य भएका छौँ । उसको उपचारमा रु सात लाखभन्दा बढी खर्च भइसक्यो । आम्दानीको स्रोत छैन । पुनः उपचार गर्न पाएको खण्डमा ठीक हुन्छ भन्ने लाग्छ । तर, हामीसँग खर्च छैन । कसैको सहयोग पाए उपचारमा लैजान्थ्यौँ ! छोरी हो । माया लाग्छ ! तर, बाध्य भएर खोरमा राख्नुपरेको छ ।”

आमा फुरदिकुलाई खोरभित्र राखिएपछि कक्षा–३ मा अध्ययनरत छोरा पसनुरीको हेरचाह बाजे÷बजूले गर्दै आएका छन् । बुबा÷आमाको रेखदेख तथा हेरचाह आवश्यक पर्ने अवस्थामा बुबाको मृत्यु तथा आमा बिरामी भएपछि छ वर्षीय बालक (पसनुरी)को भविष्य अन्यौलमा परेको देखिएको छ ।

फुरदिकुलाई गत माघ २१ गतेदेखि जिल्ला अस्पताल खोटाङबाट मानसिक रोगसम्बन्धीको औषधि खरिद गरेर सेवन गराइरहेको आमा निम्लेले बताउनुभएको छ । “औषधि खाएको केही समयसम्म ठीक हुन्छ । औषधिले काम गर्न छाड्ने बित्तिकै मनलाग्दी बोल्छ । बेसुरमा गीत गाउँछ । आफ्नो अगाडि मान्छे आएको देख्नासाथ मुखमा जे आउँछ त्यही बोल्छ । गाउँमा बसिएको छ । आफन्तहरु आउँछन् । उनीहरुलाई बसिसक्नु दिँदैनन्”, उहाँले भन्नुभयो, “फकाएर औषधि सेवन गराएपछि होसमा आएको समयमा खाना तथा खाजा माग्छ । खाना तथा खाजा राम्ररी खान्छ । बाहिर निकाल्यो भने हिँडिहाल्छ ! यसअघि पनि तीन÷चार दिनसम्म हराएपछि खोजी गरेर ल्याएका थियौँ । उसको गोठाला गरेर बसौँ घर खेती गर्नुपर्छ ! नगरौँ सबै थोक बित्छ । ”

सामान्य घरखेतीबाट परिवार चलाउँदै आएका शेर्पा दम्पतीलाई जेठी छोरी फुरदिकुमा देखिएको समस्याले झनै समस्या भएको छिमेकी दोर्जे शेर्पाले बताउनुभयो । “पाँच सन्तानका बुबा÷आमा पेमाछेतर र निम्लेलाई ठूलो समस्या आइलागेको छ । छिमेकमा बसेका हामीले गर्नसक्ने भनेको अर्मपर्म हो । त्यस्तो सहयोगले उनीहरुको समस्या समाधान हुनेवाला छैन”, उहाँले भन्नुभयो, “पेमाछेतर र निम्लेलाई परेको समस्यामा सरकारको ध्यान जान जरुरी छ । उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु हुँदैन । यसप्रति स्थानीय सरकार गम्भीर हुनुपर्छ ।”

विसं २०६६ मा नुनथलास्थित जालपा माध्यमिक विद्यालय नुनथलाबाट प्रवेशिका उत्तीर्ण गर्नुभएकी फुरदिकुलाई सुरुमा धामीझाँक्रीसमेत लगाइएको पारिवारिक स्रोतले जनाएको छ ।

विसं २०५० साउन १५ गते जन्मनुभएकी फुरदिकुमा देखिएजस्तो लक्षण यसअघि बुबा पेमाछेतर र आमा निम्लेलाई समेत देखिएको र उनीहरुको समस्या विस्तारै ठीक भएको जनाइएको छ । रासस

आइतबार, फागुन १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.