• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ६० मिनेट 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ६ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ६ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ६ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ६ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ९. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

ललितपुरका एक लाख ५६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप

  •  सोमबार, फागुन १४, २०८० मा प्रकाशित

पाटन (ललितपुर) । आइतबारदेखि सुरु भएको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले दिनुभएको जानकारी अनुसार ललितपुरका छ स्थानीय तहका छ सय २२ खोप केन्द्रबाट एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाउने गरी तयारी भएको छ ।

“यही फागुन १३ गतेदेखि २३ गतेसम्म जिल्लाभर खोप अभियान जारी रहन्छ । कोन्ज्योसोम र महाकाल गाउँपालिकामा १५ गतेदेखि मात्र सुरु हुन्छ । यो अभियानका लागि एक सय ५९ जना स्वास्थ्यकर्मी र आठ सय २२ स्वयंसेवक खटिएका छन्”, अधिकृत न्यौपानेले भन्नुभयो ।

महानगरमा मात्रै ९२ हजार तीन सय बालबालिका

दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ललितपुर महानगरमा मात्रै खोप लगाउने बालबालिकाको सङ्ख्या ९२ हजार तीन सय रहेका छन् । यो सङ्ख्या जिल्लाका सबै खोप लगाउने बालबालिकाको सङ्ख्याको आधारमा ५८ दशमलव ८८ प्रतिशत हो ।

खोप अभियानअन्तर्गत महानगरभित्रका दुई सय १२ खोप केन्द्रबाट नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप लगाउने तयारी भएको महानगरका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी गराउनुभयो । यही फागुन १३ देखि २३ गतेसम्म विद्यालयमा खोप केन्द्र राखिएको उहाँले बताउनुभयो ।

“फागुन २३ गतेसम्म महानगरको २९ वटै वडाका स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था मिलाएका छौँ । फागुन १३ गतेदेखि महानगरका वडा नं २५, २६, २७, २८ र २९ का विद्यालयमा खोप दिइएको छ”, महर्जनले भन्नुभयो ।

फागुन १४ गते वडा नंं २२, २३, २४ का विद्यालयमा, फागुन १५ गते वडा नं १८, १९ र २० र २१ का विद्यालयमा, फागुन १६ गते वडा नं १४, १६ र १७ वडाका विद्यालयमा दादुरा-रुबेलाविरुद्धको खोप दिने तयारी भएको छ । फागुन १७ गते वडा नं १५ का, फागुन १८ गते वडा नं ८, ९, १०, ११, १२, १३ का र फागुन २० गते वडा नं ५, ६ र ७ मा रहेका विद्यालयबाट खोप दिइने जनस्वास्थ्य शाखा प्रमुख महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार फागुन २१ गते वडा नं ४, फागुन २२ गते वडा नंं १, २ र ३ मा रहेका विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ । फागुन २३ गते वडा नंं १ देखि २९ सम्मका छुटेका बालबालिकालाई वडाका स्वास्थ्य संस्थामा खोप दिइनेछ ।

सरकारले सन् २०२३ सम्म दादुरा-रुबेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत न्यौपानेले बताउनुभयो ।

अभियानबाटै पूर्ण खोप सुनिश्चितता, बाल मृत्युदरमा उल्लेख्य कमी, खोप ऐन र नियमावली जारी, रुबेला तथा सीआरएस नियन्त्रण, बालबालिकामा हेपाटाइटिस बी नियन्त्रण, नियमति खोपमा रोटा भाइरस तथा सरसफाइ प्रवर्द्धन तथा नियमित खोपमा टाइफाइडको सुरुवात भएको अधिकृत न्यौपानेले जानकारी दिनुभयो । रासस

सोमबार, फागुन १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.