नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यही फागुन २५ देखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । नेपाली औषधिको प्रर्वद्धन र प्रविधिबारे जानकारी दिने र ज्ञान,अनुभव साटासाट गर्ने उद्धेश्यसहित हरेक दुई बर्षमा एक्स्पो गरिंँदे आएको छ । एक्स्पोमा सरोकारवाला र नागरिकलाई औषधिको उत्पादन, प्रशोधन र गुणस्तरका बारेमा जानकारी दिन प्रर्दशनी स्टल लगायत विभिन्न सम्बाद तथा अन्तरक्रिया पनि गरिने आयोजकले जनाएको छ । तीनदिन सम्म चल्ने एक्स्पोमा १५० वटा भन्दा बढी स्टल तथा १५ हजार भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।यही नवौं नेपाल फर्मा एक्स्पोको बिषयमा केन्द्रित रहेर एपोनका कोषाध्यक्ष एवं फर्मा एक्स्पो–२०२४,का सह–संयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी संग गरिएको कुराकानीमा आधारित अंश ।
फर्मा एक्स्पोको आवश्यकता र उद्धेश्य के हो ?
नेपाली औषधि इतिहासले चार दशक पार गरिसकेकोे छ । चारदशक अघि नेपालमा एक दर्जनको हाराहारीमा औषधि उद्योग रहेका थिए । हाल आएर ८० भन्दा बढी उद्योग संचालनमा रहेका छन् । ती औषधि उद्योगले गरेका काम, उत्पादन गरेका औषधिहरुलाई जनतामाझ जानकारी र परिचित गराउने उद्धेश्यसहित एक्स्पोको आयोजना गरिएको हो । चार दशकको अवधिमा नेपाली औषधि उद्योगको अवस्था, विकास, विस्तार एवं स्तर कहांँ पुगेको छ भन्ने जानकारी दिन पनि एक्स्पोको आवश्यकता परेको हो । यसको अलावा अवलोकन कर्ता, औषधि उत्पादक, डिलर लगायत यससंँग सम्बन्धित सरोकारवालालाई एउटै छानामा भेट तथा ज्ञान अनुभव साटासाट गर्ने थलोको रुपमा एक्स्पो फलदायी हुने अपेक्षा गरेका छौं । साथै पछिल्लो समय अन्तरराष्ट्रिय स्तरमा यसका प्रविधि, लगायत मेशीन , उपकरण, औजारको प्रर्दशन हुने भएकोले एक्स्पोको आवश्यकता परेको हो ।
फर्मा एक्स्पोबाट नागरिकले के लाभ लिन सक्छन ?
औषधि उद्योग शतप्रतिशत विज्ञानमा आधारित उद्योग हो । हरेक रोगलाई निदान गर्न लागि औषधिको आवश्यकता पर्छ नै । औषधि बिना कुनै रोग निको हुन प्रायःअसम्भव छ । ती रोगका विरुद्ध हामीले नेपालमा नै धेरै प्रकारका औषधि उत्पादन गरेका छौं ।
यसरी नेपालमा धेरै किसिमका रोग विरुद्धको औषधि उत्पादन हुन्छन भन्ने कुराको सन्देश दिनका लागि फर्मा एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा यस्ता रोगको औषधि उत्पादन, प्रशोधन कसरी हुंँदोरहेछ भनेर पनि एक्स्पोमा सर्वसाधारणलाई जानकारी पाउँछन । र यसको प्रविधिको पनि अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन ।
नेपालमा नेपाली औषधिको अवस्था कस्तो छ ?
अहिले हामीलाई मुलुकका लागि खपत हुने ५० प्रतिशत औषधि विदेशबाट ल्याउनु पर्दैन ।दुईदशक अघिमात्र अघिसम्म त्यस्तो अवस्था थिएन । सबै औषधिमा हामी विदेशकोमा नै भर पर्ने गरेका थियौं । तर अहिले परिस्थिति फेरिएको छ । नेपाली औषधि बजारमा हामी पनि विदेश औषधिसँंग प्रतिस्पर्धा गर्ने सक्ने भएका छौ । अझ हामीलाई सरकारले प्राविधिक रुपमा सहयोग गरे भने हामी मुलुकलाई चाहिनै जति औषधि उत्पादन यही गर्न सक्छौ । पछिल्लो समय नेपालमा क्यान्सर रोगको औषधिको उत्पादन पनि शुरु भइसकेको छ ।
नेपाल औषधिमा आत्मनिर्भर बन्न के गर्नु पर्ला ?
अहिले सबैजसो औषधि उद्योग नीजि रहेका छन् । सरकारको स्वामित्वको रुपमा नेपाल औषधि लिमिटेड मात्र छ । आत्मनिर्भरको लागि सरकारले नीजि उद्योगको विकासका गर्न प्रयोगशालाका निर्माण, उपकरण आयातलाई सहज र कच्चापदार्थ आयातमा सरकारले सहयोग गर्नुपर्दछ । त्यसमा सरकारी निकायको सहयोग आवश्यक पर्छ । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन नीजि उद्योगले धेरै प्रयास तथा काम गरेपनि सरकारको सहयोग विना औषधि उद्योगको विकास गर्न सकिदैन । तसर्थ सरकार र नीजि क्षेत्र मिल्यो भने औषधि उद्योगको विकासमा ठूलो फड्को मार्न सकिन्छ ।
किनकी बंगलादेश कुल ग्रार्हस्थ (जीडीपी) उत्पादनमा औषधि उद्योग तेस्रो स्थान रहेको छ । नेपाली औषधि उद्योगले पक्कै पनि मुलुकको अर्थतन्त्रमा योगदान गरिरहेको छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ । र औषधि उद्योगको क्षमता विकासमा सरकारको सहयोग अपरिहार्य छ ।
नेपाली औषधि विदेश औषधिको तुलनामा गुणस्तर कस्तो छ ?
औषधि उद्योग औषधि व्यवस्था विभागको निगरानीमा हुने गर्दछन । विभागले बेलाबेलामा यसको गुणस्तरका विषयमा अनुगमन, नियमन एवं परिक्षण गर्ने काम गर्छ ।
हाम्रा औषधिको बर्षको दुई पटक विश्व स्वास्थ्य संगठनको जिएमपी (कुलश औषधि अभ्यास) अडिट पनि हुने गर्दछ । हाम्रैपनि आफ्नै हरेक महिनामा एक पटक आन्तरिक अडिट भईरहेको हुन्छ । त्यसैले गुणस्तर र प्रभावकारीता नेपाली औषधि विदेशीको तुलनाभन्दा राम्रो रहेको पाएका छौं ।