काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चितवनमा थालेको नेपाल फर्मा एक्स्पो–२०२४ सरकारका लागि महत्वपूर्ण हुने बताएका छन् ।
उनले एक्स्पोमा नेपालका फर्मास्युटिकल कम्पनीहरुले आफ्नो उत्पादनहरुका बिषयमा नागरिकलाई जानकारी दिने भएकोले एक्स्पो उपलब्धीमुलक हुने बताए ।
नेपाल औषधी उत्पादक संघको आयोजनामा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यही फागुन २५ देखि २७ गतेसम्म फर्मा एक्स्पो हुँद छ ।
“हामी सवैले चितवनमा हुने एक्स्पोमा गएर अवलोकन गरौ । र एक्स्पोले नेपालका औषधि उत्पादक कम्पनीहरु उत्पादन गरेका औषधिको प्रवद्र्धन गर्न टेवा पुग्ने विश्वास गरेका छौं, ” डा. सचिव पोखरेलले भने ।
चितवन प्रर्दशनी केन्द्रमा सञ्चालन हुने एक्स्पोमा १६० वटा स्टल राखिने छ । ती मध्ये नेपालका ३७ वटा, भारतका ९२ स्टल र चीनका एउटा स्टल रहेका छन् । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।
