• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘अपाङ्गताका विषय सम्बोधन गर्न रणनीति योजना जरुरी’

  •  बिहिबार, फागुन १७, २०८० मा प्रकाशित

काठमाडौँ । अपाङ्गता भएका महिलाको अधिकार र संरक्षणका सवाललाई सम्बन्धित निकायले रणनीतिक योजनासहित सम्बोधन गर्नुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् ।

राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अपाङ्गता भएका महिलाको अधिकार र सरंक्षणका विषयमा सरोकारवाला निकायसँग अन्तक्र्रिया’मा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिले कानुनी व्यवस्थाअनुरुप कार्यान्वयन पक्षलाई सुदृढ बनाउन योजनाबद्धरूपमा अघि बढ्न सुझाव दिएका हुन् ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहीले अपाङ्गता भएका व्यक्तिको हक, अधिकार संरक्षण गर्न सरकारले ल्याएको नीति चुनौतीको रुपमा खडा भएको औँल्याउनुभयो । “अपाङ्गता भएका व्यक्तिको हक, अधिकार सुनिश्चित सम्बन्धमा नीतिगत समस्या खड्किएकामा हामीलाई सुझाव दिनुस् । यसलाई समेट्न समिति प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको सुनिश्चितता गर्न सकेमा मात्र यी आवाजको प्रतिनिधित्व सम्बोधन गर्न सकिन्छ ।” अपाङ्गता भएका व्यक्तिले हिंसाको प्रतिकार गर्न नसक्दा तुलनात्मकरुपमा धेरै व्यक्ति बढी हिंसाको सिकारमा झेल्नुपरेको उहाँले औँल्याउनुभयो ।

महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले अपाङ्गता भएका व्यक्तिको अधिकार र संरक्षणलाई योजनाबद्धरूपमा सम्बोधन गर्न कार्यविधि बनाउन आयोग तयार रहेको बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिको अधिकार तथा संरक्षणका सवाललाई औचित्यतासहित सम्बोधन गर्न योजनाबद्धरुपमा आयोग अघि बढ्न तयार छ”, उहाँले भन्नुभयो, “आगामी कार्यक्रममा सरकारीसँगै निजी क्षेत्रका सम्बन्धित संस्थालाई सहभागी गराई सुझाव सङ्कलनलाई थप सशक्त बनाई आयोगका सिफारिसलाई सुदढ बनाउन पहल गछौँ”, उहाँले भन्नुभयो ।

आयोगका सचिव पार्वती अर्यालले अपाङ्गता भएका व्यक्तिले आफूभित्रको क्षमता पहिचान गरी आफ्नो सङ्कल्पप्रतिको समर्पण गर्नुपर्नेमा जोड दिँदै अन्तक्र्रियाबाट आएका सुझावलाई सम्बोधन गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले राज्यका सबै निकायमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न सकेमा मात्र सम्बन्धित सवाललाई सम्बोधन गर्न सकिने बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिका व्यक्तिको अधिकार उपभोग गर्न नपाउनु न्यायोचित नरहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले सम्बन्धित आयोगले बृहत् अध्ययन गरी सरकारलाई सिफारिस गर्नुपर्नेमा जोड दिनुभयो ।

अपाङ्गता भएका महिलाको महासङ्घका अध्यक्ष निर्मला धितालले अधिकारको न्यायमा पहुँच पुर्याउन आयोगले निर्देशिका तथा मापदण्ड तय बनाउनुपर्नेमा आयोगलाई सुझाव दिनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव निरा अधिकारीले संवैधानिक निकाय तथा आयोगले सम्बन्धित विषयमा नीतिगत बहस वार्षिकरुपमा गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका कार्यक्रम संयोजक अन्जना श्रेष्ठले यौन तथा लैङ्िगक हिंसाका सवालमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले विश्व बैंकको तथ्याङ्कलाई उल्लेख गर्दैै यौन तथा लैङ्िगक हिंसाको सिकार अन्य महिलाको तुलनामा अपाङ्गता भएका महिला दश गुणा बढी रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत कल्पना नेपाल आचार्यले नेपालमा अपाङ्गता भएका व्यक्तिका मौजुदा कानुनी र अबका दिनमा गर्नुपर्ने सुधारका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै कानुनी व्यवस्था सुदृढ रहे पनि कार्यान्वयनको पक्ष अपेक्षाअनुरुप हुन नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सरोकारवाला पक्षले आयोगले अपाङ्गता भएका व्यक्तिको हक, अधिकार संरक्षणका सवाललाई प्रभावकारी बनाउन विगतका कार्यक्रमका सुझाव कार्यान्वयनको अवस्था स्पष्ट गरी समीक्षा गर्नुपर्ने, अपनत्व हुनेगरी काम गर्नुपर्ने, रोजगारीको मूलप्रवाहमा लैजानुपर्ने, अपाङ्गता भएका महिलाभित्रको कला, क्षमता पहिचान गरी अधिकारका पक्षमा दृढ हुनुपर्ने, न्यायिक पहुँच अभिवृद्धि गर्नुपर्नेलगायतका विषय उठान गर्नुभएको थियो । रासस

बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.