• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

  •  शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित

राँझा (बाँके)  ।   बाँकेमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको छ ।

सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी गरिएको छ । ढकेरीस्थित गणेश माध्यमिक विद्यालयले संरक्षण गर्दै आएको करिब दुई विगाह जमिन उपलब्ध गराएपछि क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी सुरु भएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिनुभयो ।

“क्षयरोग उपचार केन्द्रको भवन निर्माणको लागि वडा कार्यालय र विद्यालयले जमिन उपलब्ध गराएपछि अव निर्माणको काम सुरु हुँदैछ”, वडाध्यक्ष थारुले भन्नुभयो, “लुम्बिनी प्रदेशस्तरीय अस्पताल भए पनि यसले कर्णाली र सुदूरपश्चिमका बिरामीलाई समेत उपचार सेवा प्रदान गर्नेछ ।” सरकारले गैरसरकारी संस्था टिबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगञ्जमा भाडाको घरमा क्षयरोग अस्पताल सञ्चालन गर्दै आएको छ । जग्गा नहुँदा यसअघि क्षयरोग अस्पताल निर्माणको लागि सरकारले छुट्याएको बजेट पटक–पटक फिर्ता हुँदै आएको थियो ।

क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको नाममा दुई बिघा जमिन प्राप्त भइसकेकाले अब भवन निर्माण सुरु हुने टीबी नेपाल क्षयरोग प्रेषण केन्द्र नेपालगञ्जका प्रबन्धक हिक्मतबहादुर खड्काले बताउनुभयो । “भवन निर्माणको लागि लुम्बिनी प्रदेश सहरी विकास मन्त्रालयले रु नौ करेड २४ लाखको बोलपत्र आह्वान गरेर निर्माण व्यवसायीसँग सम्झौता गरिसकेको छ”, खड्काले भन्नुभयो, “यही चैत ३ गते भवन निर्माणको शिलान्यास गर्ने गरी तयारी भएको छ ।” क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माणको लागि सङ्घीय सरकारले प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा यो वर्ष रु दुई करोड बजेट पठाएको छ । उक्त बजेटबाट निर्माण कार्य सुरु हुन थालेको खड्काको भनाइ छ ।

भवनमा तत्कालको लागि २५ श्ययाको क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन गरिनुका साथै बिरामीको लागि आवासीय छात्रावासको समेत व्यवस्था हुनेछ । विस्तारै स्तरोन्नति गर्दै लैजाने योजना रहेको खड्काले बताउनुभयो । क्षयरोगका बिरामीको निःशुल्क उपचार गर्ने सरकारी नीति छ । तर, यहाँ आएका बिरामीलाई राख्न सक्ने भवन र उपचार गर्ने अस्पताल नहुँदा समस्या हुँदै आएको छ । अहिले सरकारको सार्वजनिक निजी साझेदारी नीतिअनुसार गैरसरकारी संस्था टिबी नेपालसँगको सहकार्यमा नेपालगञ्ज–४ सल्यानीबागमा क्षयरोग प्रेषण केन्द्र सञ्चालन हुँदै आएको छ ।

भाडाको भवनमा सञ्चालित प्रेषण केन्द्रमा ४५ श्ययामा बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको प्रवन्धक खड्काले बताउनुभयो । प्रेषण केन्द्रमा ३५ देखि ४० बिरामी नियमितरुपमा उपचार प्रक्रियामा रहँदै आएको उहाँको भनाइ छ । टिबी परीक्षणका लागि चाहिने उपकरण भए पनि उपकरण राख्ने कोठा छैनन् । बिरामीका कुरुवा बस्ने ठाउँ छैन । शौचालय र पार्किङ व्यवस्थित छैन । अस्पताल सञ्चालनका लागि चाहिने कुनै पनि मापदण्ड पूरा भएको छैन । केन्द्रका लागि २०५२ सालदेखि नै जग्गा खोजी सुरु भएको हो ।

सरकारले टिबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगञ्जमा भाडाको घरमा अस्पताल सञ्चालन गर्दै आएको छ । जहाँ वार्षिक ३५ हजारभन्दा बढी मानिस क्षयरोगको परीक्षण गर्न आउँछन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्षयरोग सङ्क्रमण र यसबाट हुने मृत्युदर घटेको छैन । नियमित औषधि सेवन गरे छ महिनामै निको हुने क्षयरोगका अधिकांश बिरामी उपचारको दायरामै नपुग्दा नेपाललाई क्षयरोगमुक्त गराउने कार्यमा चुनौती थपिएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग स्रोत व्यक्ति मानव नेपालीले बताउनुभयो ।रासस

शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.