• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ३ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ३ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ८ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

निःशुल्क आँखा शिविरले एक सय बढीको जीवनमा उज्यालो

  •  शनिबार, फागुन १९, २०८० मा प्रकाशित

ताप्लेजुङ । करिब तीन वर्षपछि आँखाको दृष्टि पुनःस्थापित भएपछि पाँचथरको हिलिहाङ गाउँपालिका–५ का ५५ वर्षीय वमप्रसाद योङ्हाङ र उहाँको परिवारमा यतिबेला खुसियाली छाएको छ । मोतियाबिन्दुका कारण पूर्णरुपमा आँखाको दृष्टि गुमाउनुभएका योङ्हाङ पुनःउज्यालो जीवनमा फर्किएपछि खुसियाली छाएको हो । योङ्हाङको दुवै आँखाको शल्यक्रिया भएको हो ।

यता फुङ्लिङ नगरपालिका १० फुरुम्बुकी ७५ वर्षीय मनकुमारी लेछर्बो खुसी हुनुहुन्छ । केही वर्षदेखि आँखाको समस्या भोगिरहनुभएकी लेछर्बोले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी हुनुभएको हो ।

नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइत र उहाँको टिमले योङ्हाङ र लेछर्बोसहित एक सय बढीको जीवनमा उज्यालो फर्काइदिएको छ । ताप्लेजुङमा आयोजित आँखा शिविरमा विभिन्न समयदेखि मोतियाबिन्दुका कारण ज्योति गुमेपछि अन्धकारमा परेका १५४ जनाको सफलतापूर्वक शल्यक्रिया भएको छ । शल्यक्रिया गरिएकामध्ये धेरैजसोले न्यूनरुपमा देख्ने गरेका थिए ।

बिहीबार भएको शल्यक्रियापछि शुक्रबार बिहान एक सय दुई जना बिरामीको आँखामा लगाइएको पट्टी खोलिएको थियो । पट्टी खोल्नासाथ अँध्यारोबाट उज्यालोमा फर्किएका बिरामीमा खुसीको सीमा थिएन । ज्योति फर्किएपछि केहीले गीत गाउँदै नाच्नुभएको थियो भने केहीले आफन्तसँग खुसियालीका साथ कुरा गरिरहनुभएको देखिन्थ्यो ।

आँखाको पट्टी खोल्दै थप अवस्थाबारे बुझ्न डा रुइत एकएक गर्दै सबैको साथमा पुग्नुभयो । यही क्रममा उहाँलाई हात जोडेर सबैले धन्यवाद पनि दिए । शुक्रबार ५२ जनाको शल्यक्रिया भएको छ ।

नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा बुधबारदेखि सञ्चालन भएको शिविरमा छिमेकी जिल्लासहितका गरी १०२ जनाको शल्यक्रिया भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । शिविर उक्त उपचार केन्द्रमै सञ्चालन भएको हो । नेत्र ज्योतिसङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसनसँगको सहकार्यमा र तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

शिविरको पहिलो र दोस्रो दिन एक हजार ३२७ जनाले आँखा परीक्षणसहित उपचार सेवा लिएका बताइएको छ । मोतियाबिन्दुका बिरामीको छनोटका लागि जिल्लाको मैवाखोला र मिक्वाखोलामा फागुन १३ र १४ गते शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट ३७ जना मोतियाबिन्दुका बिरामीको पहिचान भएको थियो ।

यस्तै यहाँस्थित शिविरबाट परीक्षण गरी मोतियाबिन्दुको पहिचान गरिएको थियो । परीक्षणका क्रममा ४० वर्षभन्दामाथि उमेर समूहका सेवाग्राहीलाई चस्मा तथा आवश्यकताअनुसारका औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।

शिविरमा डा रुइत आउने सुनेपछि सामान्यदेखि जटिल प्रकृतिका बिरामीको बाक्लो उपस्थिति थियो । जिल्लाको ओलाङचुङ्गोलामा जन्मिनुभएका डा रुइत यसअघि फक्ताङ्लुङ गाउँपालिकामा आयोजित शिविरमा आउनुभएको थियो । यो पटक उहाँको परिवार नै गृह जिल्लामा आएर उपचार सेवामा संलग्न भएको छ । रासस

शनिबार, फागुन १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.