• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

निःशुल्क आँखा शिविरले एक सय बढीको जीवनमा उज्यालो

  •  शनिबार, फागुन १९, २०८० मा प्रकाशित

ताप्लेजुङ । करिब तीन वर्षपछि आँखाको दृष्टि पुनःस्थापित भएपछि पाँचथरको हिलिहाङ गाउँपालिका–५ का ५५ वर्षीय वमप्रसाद योङ्हाङ र उहाँको परिवारमा यतिबेला खुसियाली छाएको छ । मोतियाबिन्दुका कारण पूर्णरुपमा आँखाको दृष्टि गुमाउनुभएका योङ्हाङ पुनःउज्यालो जीवनमा फर्किएपछि खुसियाली छाएको हो । योङ्हाङको दुवै आँखाको शल्यक्रिया भएको हो ।

यता फुङ्लिङ नगरपालिका १० फुरुम्बुकी ७५ वर्षीय मनकुमारी लेछर्बो खुसी हुनुहुन्छ । केही वर्षदेखि आँखाको समस्या भोगिरहनुभएकी लेछर्बोले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी हुनुभएको हो ।

नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइत र उहाँको टिमले योङ्हाङ र लेछर्बोसहित एक सय बढीको जीवनमा उज्यालो फर्काइदिएको छ । ताप्लेजुङमा आयोजित आँखा शिविरमा विभिन्न समयदेखि मोतियाबिन्दुका कारण ज्योति गुमेपछि अन्धकारमा परेका १५४ जनाको सफलतापूर्वक शल्यक्रिया भएको छ । शल्यक्रिया गरिएकामध्ये धेरैजसोले न्यूनरुपमा देख्ने गरेका थिए ।

बिहीबार भएको शल्यक्रियापछि शुक्रबार बिहान एक सय दुई जना बिरामीको आँखामा लगाइएको पट्टी खोलिएको थियो । पट्टी खोल्नासाथ अँध्यारोबाट उज्यालोमा फर्किएका बिरामीमा खुसीको सीमा थिएन । ज्योति फर्किएपछि केहीले गीत गाउँदै नाच्नुभएको थियो भने केहीले आफन्तसँग खुसियालीका साथ कुरा गरिरहनुभएको देखिन्थ्यो ।

आँखाको पट्टी खोल्दै थप अवस्थाबारे बुझ्न डा रुइत एकएक गर्दै सबैको साथमा पुग्नुभयो । यही क्रममा उहाँलाई हात जोडेर सबैले धन्यवाद पनि दिए । शुक्रबार ५२ जनाको शल्यक्रिया भएको छ ।

नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा बुधबारदेखि सञ्चालन भएको शिविरमा छिमेकी जिल्लासहितका गरी १०२ जनाको शल्यक्रिया भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । शिविर उक्त उपचार केन्द्रमै सञ्चालन भएको हो । नेत्र ज्योतिसङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसनसँगको सहकार्यमा र तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

शिविरको पहिलो र दोस्रो दिन एक हजार ३२७ जनाले आँखा परीक्षणसहित उपचार सेवा लिएका बताइएको छ । मोतियाबिन्दुका बिरामीको छनोटका लागि जिल्लाको मैवाखोला र मिक्वाखोलामा फागुन १३ र १४ गते शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट ३७ जना मोतियाबिन्दुका बिरामीको पहिचान भएको थियो ।

यस्तै यहाँस्थित शिविरबाट परीक्षण गरी मोतियाबिन्दुको पहिचान गरिएको थियो । परीक्षणका क्रममा ४० वर्षभन्दामाथि उमेर समूहका सेवाग्राहीलाई चस्मा तथा आवश्यकताअनुसारका औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।

शिविरमा डा रुइत आउने सुनेपछि सामान्यदेखि जटिल प्रकृतिका बिरामीको बाक्लो उपस्थिति थियो । जिल्लाको ओलाङचुङ्गोलामा जन्मिनुभएका डा रुइत यसअघि फक्ताङ्लुङ गाउँपालिकामा आयोजित शिविरमा आउनुभएको थियो । यो पटक उहाँको परिवार नै गृह जिल्लामा आएर उपचार सेवामा संलग्न भएको छ । रासस

शनिबार, फागुन १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.