नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यही फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा अवलोकन कर्ताले औषधिको उत्पादन , गुणस्तरबारे जानकारी लिन सक्नेछन । अवलोकन कर्ताले पछिल्लो समयमा औषधि उत्पादनका खोज , अनुसन्धान तथा प्रविधिका बारेमा पनि जानकारी गराईनेछ । एक्स्पोमा औषधि उत्पादक, वितरक, स्टकिष्ट, चिकित्सक, बजार प्रतिनिधि, विज्ञ लगायत सरोेकारवालाको समेत उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।
एक्स्पोमा १५० भन्दा बढी स्वदेशी तथा विदेशी स्टल तथा १५ हजार बढी अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा आयोजक संस्था एपोनको छ । नेपाली औषधिको गुणस्तर, यसको प्रभावकारिता र उपयोगिताका लगायतका बिषयमा केन्द्रित रहेर एपोनका क्वालिटी सर्कल संयोजक प्रशंसा श्रेष्ठसंग गरिएको कुराकानीको अंश ।
नेपालका औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधिको गुणस्तर कस्तो छ ?
नेपालका औषधिका गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड भित्र रहेरनै उत्पादन गरिएको हुन्छ । विश्व स्वास्थ्य संगठनको जिएमपीको मापदण्डमा नै हामी नेपालका औषधि उद्योगले औषधि उत्पादन गर्नुपर्ने हुन्छ । गुणस्तरमा हामीले केही पनि कमि गरेको जस्तो लाग्दैन र गर्न पनि पाईदैैन । अहिले औषधि व्यवस्था विभागले अनुमतिपत्र दिंदानै गुणस्तरलाई कडाई गरेको हुन्छ । जसले गर्दा नेपाली औषधिको गुणस्तरमा प्रश्न गर्ने ठाउँ नै छैन । जसले गर्दा भारत संँगै अन्य देशका औषधि भन्दा बढी गुणस्तर छ ।
पहिले उद्योगहरुले गुणस्तरमा धेरै लगानी गर्दैनथ्यो भने अहिले नयाँ–नयाँ फर्मास्युटिकल कम्पनीले गुणस्तरमा ध्यान दिएको पाइन्छ । तिनीहरुले गुणस्तरमा पनि लगानी गरिरहेको छ । विश्वमा पोष्ट कोभिड–१९ मा धेरै मानिसहरुको मृत्यु भयो । तर नेपालमा त्यस्तो मानवीय क्षति खासै भएन । त्यसबाट पनि नेपाली औषधिको गुणस्तरबारे सहजै अनुभव गर्न गाह्रो पर्दैन ।
विश्वको तुलनामा नेपालका औषधि कुन स्थानमा छ ?
विश्वको तुलनामा हामी अझै जान सकेका छैनौ । किनकी नेपालको औषधिको इतिहास त्यति लामो छैन । भारत विश्वको नम्बर वान औषधि उत्पादन गर्ने देश हो । भारत बल्ल विश्वस्तरको औषधि उत्पादन गर्ने मुलुकमा पर्दैछ भने हामी आफ्नै मिहनेत र बल वुताले औषधि उत्पादन गरिरहेका छौ । हामीलाई कतैबाट सहयोग पनि छैन । तैपनि हामी औषधिको गुणस्तरमा सम्झौता गरेका छैनौं । भारतमा विदेशी लगानी, प्रविधि हस्तान्तरण भएको छ । हामी अन्तर्राष्टिय स्तरमा पुग्न समय लाग्छ ।
त्यसो भए हामी विश्व स्वास्थ्य संगठनका मापदण्डमा नेपाली औषधि पुगेको छ कि छैन ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड हाम्रा नेपाली औषधि उद्योगबाट उत्पादन हुने औषधि पुरा गरेका छन् । डब्लुएचो जिएमपी पुरानो उद्योग पनि नयाँ प्रविधि भित्र्याएर गुणस्तरिय औषधि उत्पादन गर्न लागिरहेका छन् । हामीले विश्व स्वास्थ्य सङ्गठनले बनाएको मापदण्डमा भने हामी पुगेका छौ । हाम्रा उत्पादन गुणस्तरीय छन । प्रभावकारी छन ।यसलाई प्रयोग गर्ने बिषयमा कुनै शंका लिनु पर्दैन ।
औषधि गुणस्तर बनाउन के–के कुरामा ध्यान दिनुपर्दछ ?
औषधिको गुणस्तर बनाउनका लागि कच्चा पदार्थदेखि प्रविधिसम्मका कुरालाई ध्यान दिनुपर्दछ । औषधि बनाउन प्रयोगात्मक, जिएमपीलाई कुन तहमा प्रयोग गरिरहेका छौ, त्यसमा पनि औषधिको गुणस्तर भर पर्दछ । कच्चा पदार्थमा विश्लेषण गर्दा प्राविधिकले कस्तो गरेको छ त्यो कुरा पनि हेर्न सकिन्छ । औषधिमा ० दशमलब ५ ले पास फेल भन्न सकिन्छ । औषधि जस्तो संवेदनशिल कुरामा टेक्निकल मेनपावर र अनुभव पनि चाहिन्छ । भारत अहिलेको पनि विश्वको तुलनामा नेपालमा प्रविधि र रिसर्च पुगेको छैन । हामी भारत जस्तै हो । भारत भन्दा कम छैनौ । औषधि प्रयोगमा सचेतना आयो भने हामी अन्तराष्ट्रिय स्तरमा पुग्दछौ ।
औषधि उद्योगमा दक्ष जनशक्ति पाउन कतिको सजिलो छ ?
अहिले औषधि उद्योगका लागि दक्ष जनशक्ति नै पाउन समस्या छ । मुख्य कुरा मानिसहरु कम्पनीमा एक बर्ष काम गर्छ अनि ऊ अर्को राम्रो ठाउँ पायो भने जान्छ । अहिले फार्मेसी पढेर दक्ष जनशक्ति रोजगारीका लागि बाहिरी मुलुक जाने ट्रेन बढी छ । त्यसैले दक्ष जनशक्ति छैनन । पढेर निस्केपछि उनीहरुमा प्रयोगात्मक अभ्यास केही हुँदैन ।
उनीहरु फर्मास्युटिकल्समा जागिर गर्न थालेपछि हामीले तालिम दिदै लैजान्छौ र दुई बर्षमा मेसिन हेण्डल गर्न सक्ने भएर ऊ प्रफेक्ट हुन्छ । जब ऊ एउटा राम्रो जनशक्तिको रुपमा विकास भइसकेपछि उसले जागिर छाड्ने गर्दछ । यो दुःखको कुरा हो । फेरि अर्को मानिस ल्याउनुपर्ने हुन्छ । दक्ष जनशक्ति नभएर हामीलाई समस्या भएको छ । मानिसलाई तालिम मात्र दिए जस्तो भइरहेको छ । देशको स्थितिले गर्दा फार्मेसीका दक्षजनशक्ति स्थिर छैनन् । उनीहरु राम्रो अवसर पाउन साथ बाहिर मुलुकमा रोजगारीका लागि जाने गर्दछन् ।
औषधिको गुणस्तर बढाउन सरकारले के गर्नुपर्दछ ?
हामीलाई चाहिने औषधि एकदमै कम छ । भारतमा कुनै पनि सामान निर्यात गरेपछि आयात गर्न पाईदैन भन्ने कानून रहेको छ । नेपालमा पनि उत्पादन भएका औषधि बाहिरबाट खरिद नगर्ने हो र हामीलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार औषधि उत्पादन गर्न भने हामी तयार छौ ।
अर्को नेपालका सिमानामा औषधिका कच्चा पदार्थ त्यतिकै खोलिदिन्छ । औषधि एउटा निश्चित तापक्रममा खोल्नुपर्ने हुन्छ । पारवहनबाट औषधिका समान आउंँदा कहिले फुटेर, कहिले प्वाल पारेर आएको हुन्छ ।
स्थानीय उद्योगलाई कतिको प्रवद्र्धन गर्न सकिन्छ सरकारले त्यसमा ध्यान दिनुपर्दछ । सरकार सकेसम्म नेपाली औषधि नै खरिद गर्नुपर्दछ । बरु औषधिको गुणस्तरमा कडाई गरोस । सरकारले यही, यस्तै औषधि चाहिन्छ भनेर भनोस् हामी दिन तयार छौं । पारासिटामोल दुई सय रुपैंया प्रतिकेजी पनि आउँछ । नौ सय रुपियाँ प्रतिकेजी पनि आउँछ । दुई सय रुपियाँको पारासिटामोलको गुणस्तर नौ सय रुपैंयासंग दाँज्न मिल्दैन ।