• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ४९ मिनेट 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ४ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ४ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ४ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ४ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

महोत्तरीमा दोस्रो चरणको खोप सुरु

  •  मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित

महोत्तरी । दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप यहाँ सुरु भएको छ । जिल्लाका छ नगरपालिका र दुई गाउँपालिकासहित आठ स्थानीय तहका खोप केन्द्रमा आज दोस्रो चरणको खोप सुरु भएको हो । यस चरणमा बर्दिबास, गौशाला, औरही, रामगोपालपुर, भङ्गाहा र बलवा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिका छन् ।

यसअघि यही फागुन १३ गतेदेखि सोमबारसम्म पहिलो चरणमा सात स्थानीय तहमा दादुरा र रुबेलाविरुद्धको खोप सञ्चालन गरिएको थियो । सो चरणमा जिल्ला सदरमुकाम जलेश्वरसहित लोहारपट्टि, मटिहानी र मनराशिशवा नगरपालिका तथा पिपरा, महोत्तरी र एकडारा गाउँपालिका सामेल रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

दादुरा रुबेला खोप नौ महिनादेखि १५ वर्ष उमेर समूहबीच दिइँदै छ । यो उमेर समूहका जिल्लामा दुई लाख ३० हजार नौ सय ८७ बालबालिका छन् । दुई चरणमा जनशक्ति खटाएर सञ्चालित अभियानमा सबैलाई खोप सेवा पु¥याउने लक्ष्य साथ काम गरिएको कार्यालयका प्रमुख स्वास्थ्य प्रशासक सुनिता गुप्ताको भनाइ छ ।

यसपालि महोत्तरीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटा स्थानीय तहमा दादुरा रुबेला खोप अभियानसँगै जिल्लालाई पूर्ण खोपयुक्त घोषणाको तयारीसाथ अभियान अघि बढेको स्वास्थ्य कार्यालयले जनाएको हो ।

जिल्लाका दुई स्थानीय तह पूर्ण खोपयुक्त घोषणा हुन बाँकी छन् । यसपालि अहिले जारी दादुरा रुबेला खोप अभियानलाई सबैको पहुँचमा पु¥याएर जिल्लालाई पूर्ण खोपयुक्त घोषणाको तयारीसाथ अभियान अघि बढाइएको स्वास्थ्य कार्यालयका प्रमुख स्वास्थ्य प्रशासक गुप्ताले बताउनुभयो । जारी खोप अभियानमा दुवै चरणमा गरी नौ सय २४ खोप केन्द्र व्यवस्थित गरिएको छ ।

यसैगरी, अभियानको खोप सञ्चालन गर्न एक हजार आठ सय ४८ दक्ष स्वास्थ्यकर्मी र दुई हजार सात ७२ स्वयंसेवकसहित चार हजार छ सय २० जनशक्ति विन्यास गरिएको कार्यालयले जनाएको छ । खोप अभियानको प्रभावकारिताका लागि अतिरिक्त जनशक्ति व्यवस्थापन, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र सम्बद्ध स्थानीय तहबाट समन्वय तथा अनुगमनको प्रबन्ध मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसपालिको दादुरा रुबेला खोप अभियानको प्रभावकारिताले अन्य खोप सेवाको पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने हुँदा कार्यालयले यस अभियानमा सरिक हुन र सहयोग पु¥याउन सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा जनप्रतिनिधिमूलक निकायका प्रतिनिधिसहित आम जनसमुदायमा अपिल गरेको छ । रासस

मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.