• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सरकारले हाम्रा औषधि खरिद गर्छ भने, आवश्यक औषधि हामी उत्पादन गर्न सक्षम छौं : एपोन महासचिव खेगुली

  •  मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित

नेपाल औषधि उत्पादक संघको आयोजनामा भरतपुरमा यही फागुन २५ देखि २७ गतेसम्म नवौं नेपाल फर्मा एक्स्पो हुँदै छ । यसका लागि एक्स्पोको तयारी तीव्र गतिले बढिरहेको छ । एक्स्पोमा १६० भन्दा बढी स्टल रहने र १५ हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । एक्स्पोको तयारी, एक्स्पोको उद्धेश्य एवं तीनदशक इतिहास बोकेको नेपाली औषधि उद्योगको अवस्था , संभावना, अवसर र चुनौति लगायतका बिषयमा केन्द्रित रहेर संघ एपोन महासचिव सुर्दशन खेगुलीसंग गरिएको कुराकानीको अंश ।

नेपालमा औषधि उद्योगको पछिल्लो अवस्था कस्तो छ ?
नेपाल औषधि अवस्था पछिल्लो अवस्थामा आईपुग्दा त्यति धेरै राम्रो छ भन्नुपर्ने अवस्था छैन । कोरोनाकाल पछि नेपालका सबै क्षेत्र धराशायी भईरहेका बेला यो क्षेत्रमा पनि गम्भिर असर परेको देखिन्छ । आर्थिक मन्दीको अवस्था रहेको नेपाली औषधिको बजार खस्कँदो अवस्थामा रहेको छ ।
नेपालमा ९० अर्ब रुपियाँ बराबरको औषधीको बजार रहेको छ । त्यसमध्ये नेपाली औषधिको ३४ देखि ३५ अर्ब बराबरको बजार रहेको छ । समग्र औषधिको हिसाब गर्ने हो भने ५० प्रतिशत औषधिको हिस्सा नेपालमा नै उत्पादन भएका औषधिहरुको रहेको छ । हामी अहिले राज्यको सहयोग विना नै आफ्नै बलबुताले नेपाली औषधि उद्योगलाई अगाडि बढाइरहेका छौँ ।
नेपाली औषधि उद्योगको मुलुकका लागि आवश्यक ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता रहेको छ । तर उद्योगहरु पूर्ण क्षमतामा संचालनमा आउन सकेका छैन । आर्थिक सुस्तताका कारण नै अहिले ३० देखि ३५ प्रतिशत क्षमतामा मात्र संचालन रहेका छन् ।

सरकारले नेपाली औषधि उद्योगका लागि के गर्नुपर्छ ?
नेपाली औषधि उद्योगमैत्री खालका कार्यक्रम सरकारले ल्याउनु पर्दछ । नीजि उद्योगले एक हदसम्म लगानी गरिरहेका छन् । अर्को कुरा बाहिरी मुलुकबाट औषधि नेपाल आइरहेका छन् । त्यसैगरी सरकारले बाहिर मुलुकमा पनि हामीलाई औषधि निर्यात गर्न सक्ने वातावरण बनाइदिनु पर्दछ ।
सरकारी तवरबाट खरिद गर्ने औषधि स्वदेश उद्योगले उत्पादन गरेका औषधि खरिद गर्छ भने हामीलाई उद्योग संचालन गर्न सहज हुने र मुलुकलाई आवश्यक पर्ने जति पनि औषधि पनि उत्पादन गर्न सक्छौ । हामी स्वदेशलाई चाहिने औषधि उत्पादन गर्न सक्षम छौं ।

नेपाल फर्मा एक्स्पो किन आवश्यक छ ?
एक्स्पोको मुख्य उद्देश्य नेपाली औषधिलाई चिनाउने नै हो । नेपालमा करिव ८४ वटा औषधि उद्योग रहेका छन् । नेपाली उद्योगले गुणस्तर, प्रभावकारी र सस्तोमा औषधि उत्पादन गर्दछन भनेर सर्वसाधारणलाई जानकारी दिनका हामीले हरेक दुई–दुई बर्षमा एक्स्पो गर्न थालेका हौ ।
नेपालका औषधि भारत लगायत विदेशी औषधिको तुलनामा कतिको गुणस्तर र सस्तो छ ?
कुनै पनि नेपाली उद्योगले उत्पादन गरेको औषधि नराम्रा छैनन् । यहाँका औषधि विश्व स्वास्थ्य संगठनको मापदण्ड, जिएमपीमा नै रहेको छ । नेपाली उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् ।

यस्तै अहिले औषधिको बजारभाउ धेरै नै माथि पुगिसकेको अवस्था छ । तर हामीले अझै पनि पुरानै मूल्यमा सस्तो दरमा औषधि उपलब्ध गराएका छौ । २०६४ सालदेखि हामीले औषधिको मूल्य समायोजन गर्न पाएका छैनौ । हामीले मुलुकको अवस्था हेरेर अहिले सस्तो दरमा औषधि उपलब्ध गराएका छौं । यहाँका नागरिकको पर क्यापिटा इनकम , क्रयशक्ति हेरेर र भारतसंग दाँजेर नै हामीले सस्तोमा औषधि उपलब्ध गराएका हौं ।
भारतमा एक अर्ब ३० करोड मानिस रहेका छन् । भारतले त्यही अनुपातमा औषधि उत्पादन गर्दछ । तर पनि महंगोमा नै बेच्ने गर्दछ । हामी तीन करोड जनसंख्यालाई लक्षित गरेर औषधि उत्पादन गर्दछौ तर पनि हामी सस्तो र गुणस्तरीय औषधि उत्पादन गरिरहेका छौ ।
औषधि व्यवस्था विभागबाट हाम्रो बारम्बार अनुगमन हुन्छ । विभागको मापदण्ड विश्वशनीय रहेको छ । त्यसैले हामी गुणस्तरमा ध्यान दिन्छौ । हाम्रो औषधिका गुणस्तर विश्वका अन्य औषधिको तुलनामा नै रहेको छ ।
औषधि खाएपछि त्यो औषधिले काम गनुपर्दछ । त्यसैले हामीले गुणस्तरसंगै असरदार औषधि बनाएका छौं । नेपालका औषधि गुणस्तरीय, किन्ने सक्ने र असरदार छन् । यी तिनै वटामा सुचकमा हामी रहेका छौ ।

औषधि उद्योगहरु किन बन्द हुदै गएका होलान ?
हाम्रा आफ्नै पनि केही कमजोरी रहेका छन् । उद्योग बन्द हुनुमा विभिन्न अरु पनि आफ्नै कारण होलान् । तर बजारमा अहिले आर्थिक मन्दी छ । त्यसैले गर्दा हामी प्रतिस्पर्धा गर्न सकेका छैनौ । कतिपय उद्योगी साथीहरुले एकै किसिमका प्रडक्ट र नयाँ–नयाँ प्रविधि ल्याउन सकेका छैनौ । हामीले अरुले जे गर्यो त्यही गर्ने बानी रहेको छ । औषधि उद्योगमा पनि एकै खालका औषधि उत्पादनले पनि समस्या परेको छ । हामी अलि फरक ढंंगले उद्योगलाई लैजाने कोसिस गरिरहेका हुन्छांै तर कुनै कारण हुन सक्दैन । दोष हामी आफैमा छ ,अरुलाई दिनुहुँदैन ।
अर्को कुरा सरकारले पनि हामी उद्योगीलाई संरक्षण गर्ने खालका नीति ल्याउनु पर्दछ । सरकारले खरिद गर्ने औषधि स्वदेशी उत्पादनका औषधि खरिद गरिदिने हो भने हामीलाई उद्योग बचाउन सजिलो हुन्छ ।

सरकारको सहयोग किन भइरहेको छैन ?
सरकारले हामीलाई हेर्ने नजरमा परिवर्तन गरोस भनेर नै फर्मा एक्स्पो गर्न थालेका हौं । सरकारलाई हाम्रा कुरा सबै थाहा नहुुन सक्छ । हामी आफैलाई पनि सबै बिषय थाहा छैन । विस्तारै बुझ्दै छौ । सरकार समक्ष हामीले हाम्रा कुरा पुर्याउन सकेनौं जस्तो लाग्छ । हामीले आफ्ना कुरा आफैले सरकार समक्ष राख्नुपर्यो । हो त्यही कुरा सरकारलाई पुर्याउनका लागि एक्स्पो गर्न थालेका हौ ।

नयाँ औषधि ऐन आइरहेको छ । नेपाली औषधि उद्योगका लागि के कुरा नयाँ ऐनमा राख्नुपर्दछ ?
नयाँ बन्न थालेको औषधि ऐनमा धेरै राम्रा कुरा रहेका छन् । मूल्य समिति गठन गरेर औषधिको मूल्य समायोजन गरिने कुरा राखेको सुनेको छु । त्यो एकदम राम्रो हो । विगत १६ बर्षदेखि औषधिको मूल्य समायोजन हुन सकेको थिएन । पुरानो औषधि ऐनमा कुनै वाधा अडचन छ भनेर नयाँ बन्न थालेको औषधि ऐनमा फुकाउनुपर्दछ ।

मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.