• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ३ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ३ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ८ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

अन्तिम चरणमा पुगेपछि अस्पताल भवन निर्माण रोकियो

  •  बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

खोटाङ । जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ । रु २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा सो भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो ।

संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शय्यमा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिनुभयो । “म कार्यालय प्रमुखको रुपमा गत पुस ४ गते खोटाङको आएको हुँ । म आउनुभन्दा अगाडिबाटै अस्पताल भवन निर्माणको काम रोकिएको रहेछ । भुक्तानी नभएर हो वा अन्य कुनै कारणले हो । गत पुसदेखि अहिलेसम्म निर्माण सम्बन्धीका सम्पूर्ण काम ठप्प छ”, उहाँले भन्नुभयो, “ निर्माणाधीन अस्पतालको पक्की भवन समयमा सम्पन्न नहुँदा ट्रस भवनको साँघुरो कोठामार्फत अस्पतालको सम्पूर्ण सेवा प्रवाह गरिरहेका छौँ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न विसं २०७८ असार २४ गते निर्माण कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले ३० महिनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी सम्झौता गरिएको अस्पताल भवन निर्माणको म्याद गत पुस २४ गते नै सकिएको हो ।

निर्माणाधीन अस्पताल भवन आयोजना सम्पन्न गर्नका लागि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले पुनः १५ महिनाको म्याद थपेको बताइएको छ । लम्बाइ ४० मिटर र चौडाइ २० दशमलव पाँच मिटर भएको चारतले सुविधायुक्त अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेपछि रोकिएको हो ।

रोकिएको कामलाई निरन्तरता दिन पटक–पटक फोन गर्दा ठेकेदार कम्पनीका प्रतिनिधि बाबुराम कटवालको मोबाइल नै अफ हुने गरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभएको छ । “ठेकेदारलाई धेरैचोटी फोन गरिसकेँ । निर्माणस्थलमा खटिएका ठेकेदार कटवालको मोबाइल स्वीचअफ छ । सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इन्जिनियरले मङ्गलबार एकजना प्रतिनिधिलाई सम्पर्कमा ल्याएका छन् । सम्पर्कमा आएका ती प्रतिनिधिले अब चाँडै रोकिएको काम पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्”, उहाँले भन्नुभयो, “मैले काम रोकिनुका कारण सोधेँ । प्राविधिक कारणले भुक्तानी रोकिएका कारण बीचमा काम रोक्नुपरेको बताएका छन् । इन्जिनियरसमेत राखेर गरिएको भेटका क्रममा त्यो विषय मिलाइसकेँ समेत भनेका छन् । मैले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्देशन दिएको छु । दुई–चार दिनभित्रै काम सुरु गर्छौँ भनेका छन् । हेरौँ, के गर्छ ! त्यसपछि पनि ठेकेदारले काम सुरु नगरेको खण्डमा कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।”

स्थापना भएको २९ वर्षसम्म १५ शय्यामा सञ्चालन हुँदै अस्पतालमा सञ्चालित बिरामी भर्ना कक्ष, सुत्केरी गराउने कक्ष, शल्यक्रिया कक्ष, आकस्मिक कक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर नयाँ भवन निर्माणको काम थालिएको थियो । स्थापना भएको लामो समयसम्म पुरानो संरचनाका अस्पताल भवनमार्फत स्वास्थ्य सेवा लिँदै आएका जिल्लावासी ढिलै भए पनि सुविधायुक्त पक्की भवनमा ५० शय्याको अस्पतालमा स्तरोन्नति हुने भएपछि हर्षित भएका थिए ।

पुरानो संरचनाका अस्पताल भवन भत्काइएपछि सोही ठाउँको माथिल्लो तलामा ट्रस भवन निर्माण गरेर अस्पतालको नियमित सेवा सञ्चालन गरिएको छ । साँघुरो तथा एउटै ट्रस भवनमा बसेर अस्पतालको सम्पूर्ण काम गर्नुपर्दा समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेको समयमा भुइँमा राखेरसमेत उपचार गर्ने गरिएको प्रमुख डा सङ्ग्रौलाले बताउनुभएको छ । “एक महिनामा १०–१५ जना महिलालाई शल्यक्रियामार्फत प्रसूति गराउँदै आएका छौँ । शल्यक्रिया कक्ष साँधुरो छ । शल्यक्रियाका लागि आवश्यक जनशक्ति अटाउने स्थिति छैन”, उहाँले भन्नुभयो, “ट्रस भवनमा सञ्चालित अस्पतालमा शय्या अभाव भएकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामीलाई नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचारमा आउन लगाउने गरेका छौँ । यस विषयमा सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ । ताकि आगामी दिनमा यस्तो समस्या भोग्न नपरोस् ।”

ठेकेदार कम्पनीमार्फत निर्माण गरिएको ट्रस भवनमा सञ्चालित अस्पतालमा चिकित्सकलाई बिरामीको उपचार गर्न आवश्यक औजार तथा स्वास्थ्य सामग्रीसमेत अभाव हुने गरेको छ । अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार अभावकै कारण पनि अधिकांश बिरामीलाई बाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताउँदै आएका छन् ।

निर्माणाधीन भवनको पहिलो तलामा ओपिडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रुमलगायतका संरचना निर्माण गरिने जनाइएको छ । दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा पसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना रहने सम्झौतामा उल्लेख छ ।

दश स्थानीय तह रहेको जिल्लामा दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा तीनवटा सामुदायिक अस्पताल सञ्चालनमा रहेका छन् । जिल्लामा सञ्चालित सामुदायिक अस्पतालको सेवासमेत भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि राजधानी काठमाडौँलगायतका सुविधायुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ । रासस

बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.