• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

पर्वत अस्पतालमा नयाँ प्रविधिवाट फोहर व्यवस्थापन

  •  शनिबार, चैत ०३, २०८० मा प्रकाशित

पर्वत । दैनिकजसो जोखिमयुक्त फोहर जलाउँदा दुर्गन्ध फैलिएपछि पर्वत अस्पतालमा नयाँ प्रविधिवाट फोहर व्यवस्थापन गर्न थालिएको छ ।

जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो । अहिले अस्पतालको फोहर ‘अटो क्लेप्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ ।

दैनिकजसो सयौँ बिरामी उपचारका लागि आउने अस्पतालमा फोहरको मात्रा समेत अत्यधिक हुने गरेपछि नयाँ प्रविधि भित्र्याएर अस्पताल भित्रै व्यवस्थापन गर्न थालिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो ।

विसं २०४६ मा अस्पताल स्थापना भएदेखि नै जोखिमयुक्त फोहर व्यवस्थापन गर्दा ‘जलाउने विधि’ रहेकोमा अहिले ‘अटो क्लेप्स’ मेशिनमार्फत व्यवस्थापन गर्न थालेपछि सङ्क्रमण फैलिने र दुर्गन्ध फैलिने दुवै समस्या हटेको उहाँले बताउनुभयो । फोहर जलाउँदा निस्केको धुवाँले अस्पतालमा उपचारका लागि आएका बिरामी मात्र हैन आसपासको बस्तीका बासिन्दालाई पनि प्रत्यक्ष असर गर्ने गरेको थियो ।

स्वास्थ्य संस्थाबाटनै उत्सर्जन भएको धुवाँले वातावरण प्रदूषित बनाउँदै स्थानीयलाई समेत असर गरेपछि अस्पतालमा जोडिएको ‘अटो क्लेप्स’ उपकरणले धुवाँ विस्थापन गरेको अध्यक्ष गिरीले बताउनुभयो । अस्पतालले रु १० लाखको लागतमा उपकरण जडान गरिएपछि फोहर व्यवस्थापनमा सहज भएको हो ।

बस्तीभरि दुर्गन्ध फैलिएपछि स्थानीयवासीले आन्दोलननै गरेका थिए । धुवाँका कारण समुदाय नै दुर्गन्धित बनेको, बस्तीमा बस्न नै कठिन भएकोलगायतका समस्या भएपछि प्रदेश सरकारबाट आएको बजेटबाट अस्पताल व्यवस्थापन समितिमार्फत अटो क्लेप्स मेसिन जडान गरिएको हो । सोही उपकरणबाट फोहरलाई निर्मलीकरण गर्न थालेपछि जलाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष गिरीले बताउनुभयो ।

नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कीटाणु, रसायन वा अन्य पदार्थको सम्पर्कमा रहेको फोहरलाई नगरपालिकाको फोहर व्यवस्थापन गर्ने सवारीमा सिधै राख्दा उक्त रसायन, पदार्थ, कीटाणु हावा र पानीमा फैलिने जोखिम समेत रहेको थियो । यस्तो फोहरले धेरैलाई सङ्क्रमित गर्ने वा स्वास्थ्यमा हानी पु¥याउन सक्ने भएकोले अस्पताल परिसरमा नै खाडल बनाएर सोही खाडलमा जलाउने गरिएकामा अहिले स्वास्थ्यमा असर नगर्ने खालका फोहर पदार्थ मात्रै नगरपालिकाको सवारीले उठाउने गरेको छ ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले फोहरको वर्गीकरण गरेर जोखिम बहन गरेका फोहरलाई सुरक्षित तवरले अस्पतालमै नष्ट गरिने र सामान्य खालका फोहरलाई नगरपालिकाको सवारीमा पठाउने गरिएको बताउनुभयो । फोहरलाई ‘अटो क्लेप्स’ मेशिनमा राखेपछि कम्तीमा पनि एक सय २२ डिग्री सेल्सियस तापक्रम कायम हुने गरी हानिकारक पदार्थलाई निष्क्रिय गरिदिन्छ । यसरी निर्मलीकरण गरिएको फोहर निकालेर सुकेपछि मात्रै नगरपालिकाको सवारीलाई दिने गरिएको उहाँको भनाइ छ ।

अस्पताल परिसरभित्रै व्यवस्थित फोहर व्यवस्थापन कक्ष स्थापना गरेर वाष्पीकरण विधिबाट सबै कीटाणु र जीवाणुलाई नष्ट गरिएकाले अहिले स्वास्थ्यकर्मी, बिरामी र समुदाय तथा आम नागरिकलाई पनि स्वस्थ रहन मद्दत गरेको डा बास्तोलाले बताउनुभयो । रासस

शनिबार, चैत ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.