• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

“न्यून वर्गदेखि उच्च घराना सम्मका बिरामीको उपचार गर्दै आएको छु ”

  •  शनिबार, चैत ०३, २०८० मा प्रकाशित

लेखक : डा.निरज कुमार सिंह

बुबा सरकारी जागिरमा कार्यरत हुनु हुन्थ्यो । त्यसकारणले पनि बुवाको सरुवासंँगै आफ्नो विद्यालय र शहर फेरिनु सामान्य थियो । सर्लाहीको मलंगवामा पढ्दै गर्दा छिमेकमा एकजना डा.गंगाधर झा हुनुहुन्थ्यो । वहाँको सानो अस्पतालमा मानिसहरू रोएर आउने केही समय वा केही दिनपछि घर फर्कदा हासेर खुशी भएर जाने नियमित जसो मैले देखिरहन्थे । मनमा धेरै कुराहरू खेल्थ्यो , तर सोचेर आनन्द आउँथ्यो, यो कस्तो राम्रो पेशा जहाँ मानिस दुःखी भएर आउंँछन र खुशी बोकेर घर फर्कन्छन् । त्यसपछि जे सुकै परोस जीवनमा डाक्टर चंै बन्नैपर्छ भनेर अठोट लिएंँ ।

घरमा पनि बुवाआमाले सकारात्मक ढंगले प्रोत्साहन दिन थाल्नु भयो । धेरै संघर्ष र चुनौतिहरूको सामना गर्दै २०१३ मा काठमाडौँ विश्वविद्यालय अन्तर्गत नेपाल मेडिकल कलेजबाट MD ( internal Medicine) अध्ययन पुरा भयो । आफु पढेकै कलेजमा जागिर गरेर काठमाडौंलाई नै आफ्नो कार्यथलो बनाउन बिचार गर्दै थिएंँ । एकपटक घरमा पनि सल्लाह गरांै भनेर बुवाको अगाडी काठमाडौं नै बस्ने प्रस्ताव गरें । बुवाले ठाडै अस्वीकार गर्नुभयो । मैले राष्ट्रियरुपमा स्थापित हुन काठमाडौं बस्न जरुरी छ भनेर धेरै नै जिद्धी गरें । बुवाले भन्नुभया,े सबैजना काठमाडौं नै बस्ने हो भने ; आफ्नो गाउठाउँको विकास कसरी हुन्छ !‘जुन समाजले तिमीलाई स्थापित ग¥यो ; त्यस समाजप्रति पनि तिम्रो केही जिम्मेवारी हुन्छ ।’ बुवाको अडान अगाडी मेरो स्वर मलिन भयो। त्यसपछि बीरगञ्ज मै स्थापित हुने सोचका साथ यहांँ(इन्डोक्राइन) प्राक्टिस्नर फिजिसियनको रुपमा आफूलाई प्रस्तुत गरें ।

नारायणी अस्पताल ( सरकारी) र बीरगञ्जमा रहेको शान्ती पोलिक्लिनिकलाई आफ्नो कर्मथलो बनाएर मेहनत गर्न शुरु गरें । तराई (मधेश) क्षेत्रमा उपचार गर्न आफ्नै किसिमको चुनौतिहरू थियो र अझै पनि छन् । यहाँको गरिबी र अशिक्षा नै स्वास्थ्य सेवाको ठुलो बाधक हो । चिकित्सा पेशामा बिरामी अथवा सेवाग्राहीलाई रोगको प्रकृति , रोगको उपचार तथा रोगको सम्भावित जटिलताबारे जानकारी गराउनु ठूलो चुनौति हुन्छ । अशिक्षा र गरिबीको पराकाष्टाको कारण यो चुनौति तराई मधेश )मा दोब्बर हुन जान्छ ।

अङ्गे्रजी भाषामा अध्ययन गरेको मेडिकल साइन्सलाई बिरामी वा सेवाग्राहीको शिक्षाको तथा आइक्यु लेभल ( IQ level) हेरेर भोजपुरी भाषामा रोगको बारेमा व्याख्या गर्नु फलामको चिउरा चपाउनु सरह हो । धेरै जनसंख्या र जनघनत्वको कारणले पनि तराई मधेशमा सरुवा रोगको बिरामीहरूको संख्या पनि उल्लेखनीय मात्रामा पाइन्छ ।

त्यसैगरी पर्सा जिल्लाको सदरमुकाम बीरगञ्ज महानगरपालिकामा नेपालकै प्रतिष्ठित औद्योगिक घरानाहरूको बसोबास पनि छ । बीरगञ्जमा काम गर्दा हाम्रो सेवाग्राहीको समूहमा प्रतिष्ठित उद्योगी व्यवसायी पनि पर्नुहुन्छ, कामको विविधता यस्तो छ , पाँच मिनेटभित्रै एउटा बिरामी अति नै महँगो कारमा दिल्ली र थाइल्याण्डमा उपचार गरेको फाइल बोकेर थप सल्लाह लिन आउँछन् भने अर्को बिरामीको खुट्टामा चप्पल पनि हुँदैन र खानैपर्ने अति आवश्यक औषधिहरू छोडेर स्वास्थ्यप्रति हेलचेक्र्याई गरेको घटनाहरू प्रशस्त देखिन्छ ।

आफु पेशागत र सामाजिक रूपमा स्थापित हुँदै गर्दा आफ्नो समाज राष्ट्र र पेशाप्रति पनि आफ्नो क्षमता र पहुँचले भ्याएसम्म नेपाल चिकित्सक संघसँग आबद्ध भई नीति निर्माणको तहमा केही महत्वपूर्ण कामहरू गर्नुपर्ने आवश्यकता महसुस गरेर निर्वाचनमा सहभागी भएर विजय पनि भएंँ सह–सचिवको रूपमा एउटा कार्यकाल सफलतापुर्वक सकेर अहिले केन्द्रिय उपाध्यक्ष तथा (मधेश प्रदेश) संयोजकको भूमिका निर्वाह गर्दैछु ।

स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरूको समस्याप्रति सरकार र सरकारका संयन्त्रलाई नियमितरूपमा खबरदारी गर्ने आफ्नो जिम्मेवारी निभाउँदै आएको छु । राज्यको अस्थिर राजनीति र दुर्बल आर्थिक पक्षले गर्दा स्वास्थ्यकर्मीहरूको समस्याप्रति राज्यले उपेक्षा गरेको स्पष्ट महसुस गरेको देखिन्छ । स्वास्थ्य क्षेत्रप्रति राज्यले देखाएको उदासिनता छर्लङ्गै छ ।

अन्त्यमा तराई (मधेस) को स्वास्थ्य समस्या उकास्न स्वास्थ्य क्षेत्रभन्दा बढी शिक्षा क्षेत्रमा लगानी गर्न आवश्यक देख्छु । शिक्षाको स्तर उकासिन सक्यो भने स्वास्थ्यको ५० प्रतिशत देखि ६० प्रतिशत समस्या आफै समाधान हुने अवस्था अनुमान गर्न सकिन्छ ।

(लेखक डा.निरज कुमार सिंह नेपाल चिकित्सक संघ केन्द्रिय उपाध्यक्ष , (मधेश प्रदेश) संयोजक र वरिष्ठ फिजिसियन हुनुहुन्छ ।)

शनिबार, चैत ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.