• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

“न्यून वर्गदेखि उच्च घराना सम्मका बिरामीको उपचार गर्दै आएको छु ”

  •  शनिबार, चैत ०३, २०८० मा प्रकाशित

लेखक : डा.निरज कुमार सिंह

बुबा सरकारी जागिरमा कार्यरत हुनु हुन्थ्यो । त्यसकारणले पनि बुवाको सरुवासंँगै आफ्नो विद्यालय र शहर फेरिनु सामान्य थियो । सर्लाहीको मलंगवामा पढ्दै गर्दा छिमेकमा एकजना डा.गंगाधर झा हुनुहुन्थ्यो । वहाँको सानो अस्पतालमा मानिसहरू रोएर आउने केही समय वा केही दिनपछि घर फर्कदा हासेर खुशी भएर जाने नियमित जसो मैले देखिरहन्थे । मनमा धेरै कुराहरू खेल्थ्यो , तर सोचेर आनन्द आउँथ्यो, यो कस्तो राम्रो पेशा जहाँ मानिस दुःखी भएर आउंँछन र खुशी बोकेर घर फर्कन्छन् । त्यसपछि जे सुकै परोस जीवनमा डाक्टर चंै बन्नैपर्छ भनेर अठोट लिएंँ ।

घरमा पनि बुवाआमाले सकारात्मक ढंगले प्रोत्साहन दिन थाल्नु भयो । धेरै संघर्ष र चुनौतिहरूको सामना गर्दै २०१३ मा काठमाडौँ विश्वविद्यालय अन्तर्गत नेपाल मेडिकल कलेजबाट MD ( internal Medicine) अध्ययन पुरा भयो । आफु पढेकै कलेजमा जागिर गरेर काठमाडौंलाई नै आफ्नो कार्यथलो बनाउन बिचार गर्दै थिएंँ । एकपटक घरमा पनि सल्लाह गरांै भनेर बुवाको अगाडी काठमाडौं नै बस्ने प्रस्ताव गरें । बुवाले ठाडै अस्वीकार गर्नुभयो । मैले राष्ट्रियरुपमा स्थापित हुन काठमाडौं बस्न जरुरी छ भनेर धेरै नै जिद्धी गरें । बुवाले भन्नुभया,े सबैजना काठमाडौं नै बस्ने हो भने ; आफ्नो गाउठाउँको विकास कसरी हुन्छ !‘जुन समाजले तिमीलाई स्थापित ग¥यो ; त्यस समाजप्रति पनि तिम्रो केही जिम्मेवारी हुन्छ ।’ बुवाको अडान अगाडी मेरो स्वर मलिन भयो। त्यसपछि बीरगञ्ज मै स्थापित हुने सोचका साथ यहांँ(इन्डोक्राइन) प्राक्टिस्नर फिजिसियनको रुपमा आफूलाई प्रस्तुत गरें ।

नारायणी अस्पताल ( सरकारी) र बीरगञ्जमा रहेको शान्ती पोलिक्लिनिकलाई आफ्नो कर्मथलो बनाएर मेहनत गर्न शुरु गरें । तराई (मधेश) क्षेत्रमा उपचार गर्न आफ्नै किसिमको चुनौतिहरू थियो र अझै पनि छन् । यहाँको गरिबी र अशिक्षा नै स्वास्थ्य सेवाको ठुलो बाधक हो । चिकित्सा पेशामा बिरामी अथवा सेवाग्राहीलाई रोगको प्रकृति , रोगको उपचार तथा रोगको सम्भावित जटिलताबारे जानकारी गराउनु ठूलो चुनौति हुन्छ । अशिक्षा र गरिबीको पराकाष्टाको कारण यो चुनौति तराई मधेश )मा दोब्बर हुन जान्छ ।

अङ्गे्रजी भाषामा अध्ययन गरेको मेडिकल साइन्सलाई बिरामी वा सेवाग्राहीको शिक्षाको तथा आइक्यु लेभल ( IQ level) हेरेर भोजपुरी भाषामा रोगको बारेमा व्याख्या गर्नु फलामको चिउरा चपाउनु सरह हो । धेरै जनसंख्या र जनघनत्वको कारणले पनि तराई मधेशमा सरुवा रोगको बिरामीहरूको संख्या पनि उल्लेखनीय मात्रामा पाइन्छ ।

त्यसैगरी पर्सा जिल्लाको सदरमुकाम बीरगञ्ज महानगरपालिकामा नेपालकै प्रतिष्ठित औद्योगिक घरानाहरूको बसोबास पनि छ । बीरगञ्जमा काम गर्दा हाम्रो सेवाग्राहीको समूहमा प्रतिष्ठित उद्योगी व्यवसायी पनि पर्नुहुन्छ, कामको विविधता यस्तो छ , पाँच मिनेटभित्रै एउटा बिरामी अति नै महँगो कारमा दिल्ली र थाइल्याण्डमा उपचार गरेको फाइल बोकेर थप सल्लाह लिन आउँछन् भने अर्को बिरामीको खुट्टामा चप्पल पनि हुँदैन र खानैपर्ने अति आवश्यक औषधिहरू छोडेर स्वास्थ्यप्रति हेलचेक्र्याई गरेको घटनाहरू प्रशस्त देखिन्छ ।

आफु पेशागत र सामाजिक रूपमा स्थापित हुँदै गर्दा आफ्नो समाज राष्ट्र र पेशाप्रति पनि आफ्नो क्षमता र पहुँचले भ्याएसम्म नेपाल चिकित्सक संघसँग आबद्ध भई नीति निर्माणको तहमा केही महत्वपूर्ण कामहरू गर्नुपर्ने आवश्यकता महसुस गरेर निर्वाचनमा सहभागी भएर विजय पनि भएंँ सह–सचिवको रूपमा एउटा कार्यकाल सफलतापुर्वक सकेर अहिले केन्द्रिय उपाध्यक्ष तथा (मधेश प्रदेश) संयोजकको भूमिका निर्वाह गर्दैछु ।

स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरूको समस्याप्रति सरकार र सरकारका संयन्त्रलाई नियमितरूपमा खबरदारी गर्ने आफ्नो जिम्मेवारी निभाउँदै आएको छु । राज्यको अस्थिर राजनीति र दुर्बल आर्थिक पक्षले गर्दा स्वास्थ्यकर्मीहरूको समस्याप्रति राज्यले उपेक्षा गरेको स्पष्ट महसुस गरेको देखिन्छ । स्वास्थ्य क्षेत्रप्रति राज्यले देखाएको उदासिनता छर्लङ्गै छ ।

अन्त्यमा तराई (मधेस) को स्वास्थ्य समस्या उकास्न स्वास्थ्य क्षेत्रभन्दा बढी शिक्षा क्षेत्रमा लगानी गर्न आवश्यक देख्छु । शिक्षाको स्तर उकासिन सक्यो भने स्वास्थ्यको ५० प्रतिशत देखि ६० प्रतिशत समस्या आफै समाधान हुने अवस्था अनुमान गर्न सकिन्छ ।

(लेखक डा.निरज कुमार सिंह नेपाल चिकित्सक संघ केन्द्रिय उपाध्यक्ष , (मधेश प्रदेश) संयोजक र वरिष्ठ फिजिसियन हुनुहुन्छ ।)

शनिबार, चैत ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.