• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

क्षयरोगका बिरामीलाई वरदान बन्दै ‘प्रेषण केन्द्र’

  •  सोमबार, चैत ०५, २०८० मा प्रकाशित

राँझा (बाँके) । नेपालगञ्जस्थित टिबी नेपाल क्षयरोग प्रेषण केन्द्र यस क्षेत्रका क्षयरोगका बिरामीका लागि वरदान सावित भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबागमा नेपाल सरकारसँगको साझेदारीमा सञ्चालन हुँदै आएको क्षयरोग प्रेषण केन्द्रमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । रोल्पा लिवाङकी ७६ वर्षीया तीरमला पुन छ महिनादेखि प्रेषण केन्द्रमा उपचाररत हुनुहुन्छ । रोल्पा र दाङका विभिन्न अस्पतालमा जाँच गर्दै नेपालगञ्ज पुगेपछि उपचार पाएको उहाँले बताउनुभयो ।

गुर्भाकोट नगरपालिका लेखफर्सा सुर्खेत निवासी ६८ वर्षीय तीलवीर सुनार छाती दुख्ने, ज्वरो आउने भएपछि नजिकैको मेहेलकुना अस्पतालमा पुग्नुभयो । छ महिनासम्म औषधि खाँदा पनि निको नभएपछि उहाँ पाँच महिनादेखि क्षयरोग उपचारका लागि नेपालगञ्जस्थित टिबी नेपाल क्षयरोग प्रेषण केन्द्रमा भर्ना हुनुभएको छ ।

“यहाँ आएर भर्ना भएपछि सञ्चो हुँदै गएको छ, अहिले छाती दुख्ने, ज्वरो आउने समस्या ठीक भएको छ”, सुनारले भन्नुभयो, “अब चार महिनामा ठीक भएर घर फर्किन्छु, हामीजस्ता बिरामीलाई यो अस्पताल वरदान भएको छ ।”

दाङ हापुर निवासी धनीराम खाम्छामगरलाई दुई पटक क्षयरोग सङ्क्रमण भयो । नेपालगञ्जस्थित टिबी नेपाल क्षयरोग प्रेषण केन्द्रमा उपचारपछि अहिले उहाँ घरमै स्वस्थ जीवनयापन गरिरहनुभएको छ । उहाँकी श्रीमती धनसरी खाम्छामगर र बुहारी पूर्णकला सोती मगरलाई क्षयरोग सङ्क्रमण देखिएपछि अहिले नेपालगञ्ज आएर उहाँहरु उपचार प्रक्रियामा रहनुभएको छ ।

“हाम्रो परिवारका तीन जनालाई क्षयरोग देखिएर उपचार गराइरहेका छौँ, अहिले सुधार भइरहेको छ”, पूर्णकलाले भन्नुभयो, “बेलैमा यहाँ आएर उपचार गर्न पाएकाले अहिले सुधार हुँदै गएको छ ।” क्षयरोगका बिरामीलाई प्रत्यक्ष निगरानीमा उनीहरुको समस्याअनुसार औषधि र पोषिलो खानेकुरा खुवाइने भएकाले समयमै निको हुने गरेको प्रेषण केन्द्रकी नर्सिङ सुपरभाइजर मीना रेग्मीले बताउनुभयो ।

क्षयरोगका बिरामीमा अन्य रोगसमेत हुने भएकाले उपचारमा समस्या आउने गरेको उहाँको भनाइ छ । क्षयरोगका बिरामीको निःशुल्क उपचार गर्ने सरकारी नीति छ । यहाँ आएका बिरामीलाई राख्नसक्ने भवन र उपचार गर्ने अस्पताल नहुँदा समस्या हुँदै आएको टिबी नेपाल क्षयरोग प्रेषण केन्द्रका प्रबन्धक हिक्मतबहादुर खड्काले बताउनुभयो ।

भाडाको भवनमा सञ्चालित प्रेषण केन्द्रमा ४५ शय्यामा बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको प्रबन्धक खड्काले बताउनुभयो । प्रेषण केन्द्रमा ३५ देखि ४० बिरामी नियमितरुपमा उपचार प्रक्रियामा रहँदै आएको उहाँको भनाइ छ । “टिबी परीक्षणका लागि चाहिने उपकरण भए पनि उपकरण राख्ने कोठा छैनन्, बिरामीका कुरुवा बस्ने ठाउँ, शौचालय र पार्किङ व्यवस्थित गर्न सकिएको छैन”, खड्काले भन्नुभयो, “बजेट अभावमा अस्पताल सञ्चालनका लागि चाहिने मापदण्ड पूरा भएको छैन ।”

सरकारले टिबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगञ्जमा भाडाको घरमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यहाँ वार्षिक ३५ हजारभन्दा बढी मानिस क्षयरोगको परीक्षण गर्न आउँछन् । अहिले मासिक रु ८० हजार भाडामा अस्पताल सञ्चालन गर्दै आएको प्रबन्धक खड्काले बताउनुभयो । रासस

सोमबार, चैत ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.