• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

डेढ करोडको विषादीरहित तरकारी उत्पादन

  •  सोमबार, चैत ०५, २०८० मा प्रकाशित

बनियानी (झापा)। कनकाई नगरपालिकाका किसानले करिब रु एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग–सहजीकरण गर्न थालेसँगै सो रकम बराबरको तरकारी उत्पादन भएको कनकाइ नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिनुभयो ।

“विभिन्न किसान समूह बनाएर ‘आइपीएम’ तालिम दिएका छौँ”, उहाँले भन्नुभयो, “तालिम लिएसँगै किसानले तरकारीखेती गरिरहेका छन् ।” विषादीको प्रयोगले उपभोक्तामा गम्भीर असर पर्ने थाहा पाएसँगै यहाँ किसान विषादीरहित तरकारी उत्पादन लागेको उहाँको भनाइ छ । नगरपालिकाले दिएको तालिमले किसानले गुणस्तरीय र विषादिरहित तरकारी उत्पादन गर्न सक्षम हुनुका साथै कार्यालय स्थापना गरेर कृषिकर्ममा लाग्न सक्षम भएको उहाँले बताउनुभयो ।

कृर्षिकमा विषादी प्रयोग नगरी पनि राम्रो उत्पादन हुन्छ भन्ने विशवास बढेको उहाँले बताउनुभयो । विषादीरहित तरकारी उत्पादन भएसँगै बजारको अभाव नभएको उहाँको भनाइ छ । “जहाँ–जहाँ विषादीरहित तरकारी उत्पादन हुन्छ, त्यो ठाउँमा व्यापारी गाडी लिएर पुग्ने गरेका छन्”, कृषि शाखा प्रमुख उप्रेती भन्नुहुन्छ, “जसले किसानलाई तरकारी उत्पादनमा थप ऊर्जा मिलेको छ ।”

सरकारले तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतसम्म रहे खानयोग्य भने पनि अनुगमनका क्रममा चारदेखि दुई प्रतिशत मात्र विषादीको मात्रा पाइएको नगर कृषि शाखाले जनाएको छ । नगरले कृषि समूह बनाएर तालिम दिने गरेको छ । हालसम्म सात वटा कृषि समूहले २१ बिघामा तरकारीखेती गरिरहेका छन् भने चार वटा कृषि समूह गठनको तयारी भइरहेको छ । नगरले नमुना खेतीका लागि आवश्यक बीउ, मल, प्राविधिक सहयोग गरिरहेको छ ।
यस वर्ष नगरले दिएको पाँच मन बीउ आलुको बीउबाट किसान समूहले एक सय २५ मन आलु फलाएका छन् भने गोलभेडा, बन्दा, लहरेबाली, काँक्रा, लौका, गाँजर, आलुलगायतका तरकारीखेती पनि गरिरहेका छन् । विषादीयुक्त खाद्यवस्तुले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएकाले नगरलाई विषादीमुक्त बनाउन नगरपालिकाले योजना नै बनाएर अघि बढेको नगर प्रमुख राजेन्द्र पोखरेल बताउनुहन्छ ।

“मानव जीवनका लागि अत्यावश्यक वस्तु नै विष सरह बन्दै गएको छ”, उहाँले भन्नुभयो, “समृद्धिको महत्वपूर्ण सूचक स्वास्थ्य हो, स्वस्थ्य हुन स्वस्थ खाना चाहिन्छ, त्यसका लागि कृषि क्षेत्रलाई विषादीमुक्त बनाउन जरुरी छ, हाम्रो अभियान पनि त्यही हो ।”

नगरमा सिँचाइ सुविधा वृद्धि गर्न प्रत्येक वर्ष सिँचाइ मोटर वितरण गर्दै आएको छ । गतवर्ष रु ५० लाखको सिँचाइ मोटर वितरण गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा करिब रु ७० लाखको सिँचाइ मोटर खरिदका लागि प्रक्रिया अघि बढाएको छ । कनकाईमा करिब दुई हजार पाँच सय बिघा खेतीयोग्य जमिन रहेको कृषि शाखाले जनाएको छ । रासस

सोमबार, चैत ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.