लेखक : डा.रविन खड्का
२०८० साल कार्तिक १७ गते राती एक्कासी हल्लिए जस्तो भएर आयो, एकछिन निद्राले झपक्क मात्र के पारेको थियो, क्षणभरमै सबैतिर पुष्ट÷अपुष्ट समाचारहरु निरन्तर संप्रेषण भइसकेको थियो । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको विनासकारी भुकम्पले जाजरकोट र रुकुम पश्चिम जिल्लामा बसोबास गर्ने नागरिकहरु प्रत्यक्ष प्रभावित भए नै ,सँगसगै आसपासका थप पाँच जिल्लामा पनि आंशिक असर पर्न गयो । पछिल्लो तथ्याङ्क अनुसार भूकम्पमा परी दुबै जिल्ला गरी कुल १५४ जनाको दुःखद् मृत्यु हुन गयो भने करीब ९३४ जना मानिसहरु घाइते भएका थिए ।
मध्यरातमा भएको यस विपदमा मृतकहरुको व्यवस्थापन, घाइतेहरुको तत्काल उद्धार,उपचारको व्यवस्था गर्न हामीले कार्तिक १८ गते सबेरै सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा विपद् निर्देशन समितिको आकस्मिक बैठकबाट निर्णय गराई अत्यन्त प्रभावित जिल्लाका अस्पतालका अतिरिक्त प्रदेशका सम्पूर्ण हब अस्पतालहरुलाई सक्रिय गराएर रिफरल संयन्त्रलाई सफल रुपमा कार्यान्वयन गरियो । यस आकस्मिक अवस्थामा जनस्वास्थ्यका जोखिम र समस्याको रोकथाम र उचित व्यवस्थापन नै तत्कालको आवश्यकता र त्यसको समाधान चुनौतीपुर्ण नै थियो ।
विषयगत रुपमा सम्पुर्ण जिम्मेवारी सामाजिक विकास मन्त्रालयको भएतापनि स्वास्थ्य क्षेत्रमा कार्यान्वयन गर्ने निकाय भने स्वास्थ्य सेवा निर्देशनालय नै थियो ।
कार्तिक १८ गते बिहानै कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकको निर्णय मार्फत सबैलाई आ–आफ्नो पक्षबाट तत्काल उद्धार, राहत र उपचारमा खटिन निर्देशन दिईयो । त्यसपछि प्रादेशिक द्रुत प्रतिकार्य टोली,स्वास्थ्य तथा पोषण समूह, प्रदेश स्वास्थ्य समन्वय समितिको बैठकबाट बिभिन्न निर्णय गरी आपतकालिन अबस्थामा रहेका घाइते तथा बिरामीहरुको उद्धार तथा प्रतिकार्यलाई द्रुतगतिमा अगाडि बढाउन सफल भयौं ।
सोही दिन बिहानै स्वास्थ्य सेवा निर्देशनालयले प्रभावित क्षेत्रमा सम्पर्क गरी घटनाको प्रारम्भिक मुल्यांकनका आधारमा प्रदेश अस्पतालको समन्वयमा विशेषज्ञ सहितको अत्यावश्यक चिकित्सकको समुह हवाई माध्यमबाट परिचालन गरिएको थियो र सँगै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँगको समन्वयमा अत्यावश्यक औषधि र सामाग्रीहरु पनि पठाईएको थियो । तत्पश्चात स्थल मार्गबाट चिकित्सक र अन्य स्वास्थ्यकर्मी सहित आठ जनाको टोली र थप औषधि पठाइएको थियो । संघीय सरकारबाट खटाइएको आकस्मिक चिकित्सकीय टोली निर्देशनालयको समन्वयमा प्रभावित क्षेत्रमा कार्यरत रहँदै गर्दा प्रदेश राजधानीबाट नजिकका अस्पतालहरु दैलेख,सल्यान र मेहलकुना अस्पतालबाट पनि तत्काल चिकित्सक सहितको थप टोली परिचालन गरिएको थियो । यस बाहेक अन्य प्रदेश लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेश,वीर,ट्रमा सेन्टर,बीरेन्द्र सैनिक,नेपाल प्रहरी,सशस्त्र प्रहरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि संस्थागत र समूहगत रुपमा हालसम्म २६ वटा आकस्मिक चिकित्सकको टोली परिचालन गरी उद्धार,उपचार, प्रेषण गरिएको अनुभवले हामीलाई संकटका अवस्थामा कसरी समन्वय र सहकार्य गरे परिणाम सकारात्मक हुन्छ भने सिकाइ प्राप्त भयो ।
जाजरकोट र रुकुम पश्चिम जिल्ला र स्थानीय तहका आधारभूत अस्पतालहरु र चौरजहारी अस्पताल प्रमुखसँग घटना घटेको रातीदेखि नै सूचना आदान प्रदान साथै सरोकारवाला निकाय र क्लस्टरसँगको निरन्तर समन्वयले हामीलाई आकस्मिक स्वास्थ्य सेवाको प्रवाह गर्ने कार्यलाई टुङ्गोमा पु¥याउन उल्लेखनीय सहयोग ग¥यो । भुकम्पबाट क्षति भई प्रभावित भएका स्वास्थ्य संस्था, त्रासदीपूर्ण अवस्थाबाट हताहत भएका नागरिक र स्वास्थ्यकर्मीको यकिन विवरण नहुँदा त्यहाँबाट प्रवाह हुने सेवापनि प्रभावकारी नहुने भएकाले सत्य सूचनानै महत्वपूर्ण प्राथमिकता भएकाले प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्र सक्रिय भई कार्य गरिरहेको थियो ।
विपद्को अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक नेतृत्वकर्ता साथै स्वास्थ्य क्षेत्रमा कार्यरत विकास साझेदारहरु सदस्य रहेको स्वास्थ्य तथा पोषण क्लष्टरको निर्णय अनुसार निर्देशनालयको अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपतकालिन व्यवस्थापन केन्द्रले भूकम्प पश्चात हरेक दिन नियमितरुपमा सूचना व्यवस्थापन गरी दैनिकरुपमा अवस्थाको प्रतिवेदन प्रकाशन गर्न थाल्यो । हरेक दिन जिल्ला र स्थानीय तहमा सम्पर्क गरेर त्यहाँको वस्तुस्थिति बुझ्ने, तथ्याङ्क संकलन गर्ने र स्वास्थ्य सेवा प्रवाहमा समस्या भए नभएको जानकारी लिने र कुनै समस्या भए वा सहयोग चाहिएमा त्यसको लागि सरकार र सरोकारवाला निकायहरुसँग समन्वय गर्ने कार्य भएको थियो ।
हामीले भूकम्प गएको दोस्रो दिन स्वास्थ्य सेवा निर्देशनालयको नेतृत्वमा भुकम्पबाट अति प्रभावित जिल्ला र स्थानीय तहहरुमा परिचालन हुने गरी ७ वटा टोली बनाई स्पष्ट जिम्मेवारी सहित सातवटै स्थानीय तहमा पठाइएको थियो । जसमा स्वास्थ्य तथा पोषण क्लस्टर र प्रदेश स्वास्थ्य समन्वय समितिका सम्पूर्ण समूहहरुको प्रतिनिधि समावेश हुने गरी उहाँहरुको प्राविधिक सहयोग समेत लिईएको थियो । तत्कालै सबै पालिकाको द्रुतप्रतिकार्य समिति सक्रिय बनाएर प्रतिकार्य विश्लेषण गर्ने, समन्वय, प्रारम्भिक उपचार, पोषिलो खाद्यपदार्थ वितरण, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको तथ्याङ्क संकलन,मानसिक स्वास्थ्यको प्रारम्भिक उपचार लगायतका आवश्यकताको पहिचान गरि दैनिक प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो ।
भ्रमण पश्चात् परिचालित टोलीले अन्तिम फिल्ड प्रतिवेदन तयार गरी निर्देशनालयको नियमित क्लस्टर बैठकमा पेश गरी सोही अनुसारको योजना निर्माण कार्यान्वयन गर्न महत्वपूर्ण सहयोग गरेको थियो । दैनिक रुपमा बस्ने स्वास्थ्य तथा पोषण क्लस्टरको बैठकले गत २४ घण्टाका सम्पूर्ण घटनाक्रम, सूचना र समस्या विश्लेषण गरी सोही अनुसार प्रतिकार्यका क्रियाकलापहरु तय गर्न र सञ्चालन गर्दा सहज बनाएको थियो जसमा सबैभन्दा महत्वपुर्ण कुरा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विकास साझेदारहरु बीचको समन्वय नै प्रमुख थियो ।
भूकम्पपछिको प्रारम्भिक मुल्याङ्कन र त्यसको समाधान पछाडिको अर्को महत्वपूर्ण पाटो भनेको अत्यावश्यक स्वास्थ्य सेवा जसमा मातृशिशु, बालस्वास्थ्य, पोषण सेवा नै अग्रपंक्तिमा थिए । हामीले नवजात शिशु स्वास्थ्य, पोषण सेवा, खोप सेवा, दक्ष स्वास्थ्यकर्मीद्वारा संस्थागत प्रसुति, नवजात शिशु तथा बालजन्य रोग सम्वन्धि समदायमा आधारित एकिकृत व्यवस्थापन सेवाको निरन्तरता दिनु थियो । नवजातशिशुलाई बढ्दै गएको चिसोबाट जोगाउन,स्तनपान गराईरहेका आमाहरूलाई नवशिशु स्याहार, स्तनपान परामर्श, अस्थायी त्रिपालका टहरामुनि बसोबास गर्ने गर्भवती, सुत्केरी आमाहरूलाई स्वास्थ्य सेवा, परामर्श, बर्थिङ सेन्टरबाट दिने सेवा र सामाग्रीको बन्दोबस्त, न्यानो कपडाको व्यवस्था र महिनाबारी सरसफाईको व्यवस्थापन गर्नु अवश्य पनि चुनौतीपूर्ण थियो ।
यसका अतिरिक्त उच्च जोखिममा रहेका अन्य उमेर समूहरू जस्तैः वृद्धवृद्धा,औषधि सेवन गरिरहेका दीर्घरोगी,घाईते अपाङ्गहरूको रेखदेख र उनीहरुको उचित व्यवस्थापन गर्नु अर्को चुनौतीपूर्ण काम थियो । यसरी विभिन्न लक्षित समूहका विशिष्ट समस्याहरु र आवश्यकताहरूलाई ध्यानमा राखेर उनीहरूको अतिरिक्त आवश्यकताहरू पहिचान र सम्बोधन गर्ने संकल्प अनुसार प्रारम्भ देखि नै निरन्तर समन्वय र सहकार्य मार्फत अत्यावश्यक स्वास्थ्य स्वास्थ्य सेवालाई तत्काल पुर्नस्थापना गर्न सफल भयौं । जहाँ स्थानीय तहका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरुको भूमिका स्मरणीय छ ।
प्रकोप पश्चात् प्रभावित क्षेत्रमा तत्कालै स्वास्थ्य समस्याको सम्बोधन गर्न सकिएन भने बिभिन्न किसिमका महामारी हुनसक्ने संभावनालाई ध्यानमा राखेर अत्यावश्यक औषधि तथा रोग निदान सम्बन्धि कीटहरुको निरन्तर आपूर्ति,परिक्षण,स्वास्थ्य प्रवद्र्धनात्मक सूचनामुलक सामाग्रीहरुको उत्पादन तथा वितरण,पानीजन्य रोगहरुको निगरानी,शंकास्पद पानीका मुहान र स्रोतहरुको परिक्षण तथा शुद्धिकरण अति नै महत्वपूर्ण पाटो थियो जुन हामीले तत्कालै गर्न समर्थ भयांै।
हामीले निरन्तर चलिरहेका अन्य नियमित कार्यक्रमहरू जस्तैः रोग नियन्त्रण अन्तर्गत क्षयरोग,कुष्ठरोग,एचआईभी,मलेरिया,कालाजार,डेंगु, स्क्रबटाइफसजस्ता संक्रामक रोगहरुको निगरानी र प्रतिकार्य केन्द्रित थियो भने त्यो र अझै पनि कायमै छ । अस्थायी पाल तथा टेन्टहरुमा दिनरात बिताउन बाध्य रहेका जनताहरुमा आउन सक्ने सम्भावित स्वास्थ्य समस्या र प्रकोपहरू जस्तैः पानीजन्य रोगहरू आउंँ,हैजा,टाइफाइड वा विषमज्वरो, चिसोका कारण हुने झाडापखाला तथा श्वासप्रश्वास – रुघाखोकी, दम,निमोनियासम्बन्धी प्रकोपजन्य रोगहरूको नियन्त्रण र व्यवस्थापनमा हामी हर समय सचेत भई अन्य समानान्तर क्लष्टर र सरोकारवालाहरूसँग पनि निरन्तर संवाद, विचार विमर्श र सहकार्यमा लागि नै रहयौं ।जसले गर्दा हालसम्म कुनैपनि महामारीको सामना गर्नु परेन ।
भुकम्पमा गम्भिर घाईते भएका बिरामीहरुको स्वास्थ्य पुर्नस्थापना र मानसिक स्वास्थ्य अन्तर्गत मनोवैज्ञानिक प्राथमिक उपचार, मनोसामाजिक सहायता, रामर्श र थेरापी पनि उत्तिकै महत्वपूर्ण थियो ।पुर्नस्थापना सेवा अन्तर्गत अपांगता तथा घाइते भएका बिरामीको पहिचान गरि सहायक सामाग्री सहितको सेवा दिनु थियो ।
अस्पताल र उपचारात्मक सेवा, अक्सिजन व्यवस्थापन, रगत व्यवस्थापन, एम्बुलेन्स र प्रेषण सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन, प्रयोगशाला सेवा थप महत्वपूर्ण क्षेत्र थिए । अर्को महत्वपूर्ण पाटो भनेको स्वास्थ्य सामाग्रीको आपूर्ति जसमा औषधि,उपकरण र औषधिजन्य सामाग्रीहरूको व्यवस्थापन गर्नु थियो । जुन काम प्रदेश स्वास्थ्य आपू्र्ति व्यवस्थापन केन्द्रका निर्देशकको सक्रियतामा सकेसम्म अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको थियो ।
यी सम्पूर्ण काम गरिरहँदा हामीले सकेसम्म एकद्वार प्रणाली अबलम्बन गरेका थियौं । जसमा साझेदार संस्थाहरुले सहयोग गर्न सक्ने जनशक्ति,सूचना, अन्य स्वास्थ्य सेवा,शिविर सञ्चालन तथा स्वास्थ्य आपूर्तिको सहयोग प्रदेश मातहत जाने बन्दोबस्त मिलाइएको थियो । विपदले गर्दा कैयौँ मानिसहरुमा डराउने,बरबराउने र चिन्तित भईरहनुका साथै अन्य मानसिक समस्याहरु पनि बढिरहेको देखिएकाले जिल्ला र स्थानीय तहसँग समन्वय गरी मानसिक स्वास्थ्यमा काम गरिरहेका साझेदार संस्थाहरुलाई स्थानीय तहमा मनोपरामर्शको लागि हेल्पडेस्क सञ्चालन गरिएको थियो ।
त्यसैगरी स्वास्थ्य सेवा विभागले पनि एकिकृत जनस्वास्थ्य सचेतना अभियान,मानसिक स्वास्थ्य सेवा,प्रकोप रोकथामका लागि नियमित निगरानी तथा घाइतेहरुको पुर्नस्थापना कार्यलाई अगाडि बढाइरहेको छ । दोहोरोपनालाई कम गर्न र सम्भावित सेवा अन्तरलाई सम्बोधन गर्न भूकम्प प्रभावित क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले आयोजना गर्ने स्वास्थ्य शिविरलाई स्वास्थ्य सेवा निर्देशनालयसँग समन्वय गरी एकीकृत कार्यान्वयन योजना बनाईएको छ ।
खासगरी स्वास्थ्य सेवा निर्देशनालयले आफ्ना प्रतिकार्यका गतिविधि मध्ये पहिलो सूचना संकलन केन्द्रको स्थापना व्यवस्थापन तथा विश्लेषण, दोस्रो उद्धार तथा राहत वितरणका लागि मानव शंसाधनको संयोजन तथा परिचालन,तेस्रो स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखसँगको समन्वय र क्षमता विकास, चौथो अन्तर–क्लष्टर सूचनाको आदानप्रदान र समन्वय पाँचौं स्वास्थ्य संस्थाहरुको अवस्था तथा क्षतिको विवरण संकलन,छैटौं रोगहरुको निगरानी, समन्वय तथा रोगजन्य प्रकोपको समयमै पहिचान र व्यवस्थापन सातौं, जोखिमपूर्ण समुहमा रहेको जनसंख्याको आबश्यकता पहिचान र पुर्नस्थापना जस्तैः नवजात शिशु,गर्भावस्था तथा सुत्केरी महिला,जेष्ठ नागरिक,अपांग तथा दीर्घ रोगीहरुको व्यवस्थापन आठौं,अत्यावश्यक स्वास्थ्य सेवाको नियमित संचालन,नवौ स्वास्थ्यसँग जोडिएको अस्थायी आवासको प्रगति अनुगमन तथा पृष्ठपोषण, दशौं प्रेषण संयन्त्र अन्तर्गत Hub abd satellite को क्षमता विकास र अन्त्यमा एघारौं स्वास्थ्य शिक्षा सूचना तथा त्यसको संप्रेषण रहेका छन् ।
लेखक डा.रविन खड्का स्वास्थ्य सेवा निर्देशनालय,कर्णाली प्रदेशको निर्देशक तथा स्वास्थ्य क्षेत्रमा स्थापित वरिष्ठ रेडियोलोजिष्ठ हुनुहुन्छ ।