• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भरतपुर अस्पतालमा कोभिड–१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने

  •  सोमबार, चैत १९, २०८० मा प्रकाशित

चितवन । भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो ।

कोभिड–१९ विरुद्ध मुखबाट दिइने एमोटिन औषधिको प्रभावकारिता मूल्याङ्कन गर्न, अनियमित, डबल–ब्लाइन्ड, प्लेसबो–नियन्त्रितका लागि क्लिनिकल परीक्षण गर्न लागिएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन एवं प्रमुख अनुसन्धानकर्ता डा कल्याण सापकोटाले कोभिड–१९ का लक्षण देखिएका बिरामीमा मुखबाट दिइने एमेटिन नामक औषधिले प्रभावकारी ढङ्गले काम गर्छ वा गर्दैन भनी जाँच गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोभिड–१९ को लक्षण भएका बिरामीको उपचारमा मुखबाट दिइने एमेटिनको प्रभावकारिता र सुरक्षाको मूल्याङ्कन गर्ने र बिरामीको स्वास्थ्यसम्बन्धी जीवनको गुणस्तरमा यस औषधिको दीर्घकालीन प्रभावबारे मूल्याङ्कन गर्नेछ ।”

यस क्लिनिकल परीक्षणले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता पुनरावलोकन समिति र जोन्स हप्किन्स युनिभर्सिटीको इथिकल रिभ्यु कमिटीबाट स्वीकृति प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । यस अध्ययनमा ५० वर्ष वा सोभन्दा माथिको उमेरकालाई सहभागी गराइने उहाँले बताउनुभयो ।

चार सय ५० जनामा अनुसन्धान गरिनेछ । अघिल्लो महिनामा भरतपुर अस्पतालमा आएका आठजना कोभिडका बिरामी रहेको र अस्पतालसँगको सहकार्यमा केही दिनमा नै क्लिनिकल प्रयोग गरिने उहाँले बताउनुभयो ।

अर्का अनुसन्धानकर्ता जोन्स हप्किन्स विश्वविद्यालयका डा कुन्चोक दोर्जीले पहिला यो औषधि ६० एमजीको अमेरिकामा मुसामा परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसलाई मानिसमा अनुसन्धान गर्नका लागि ६ एमजीको औषधि प्रयोग गरिने छ ।

यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा दोर्जी र डा सापकोटाले यो अध्ययन अनियमित छनौट, डबल ब्लाइन्ड प्लेसबो नियन्त्रित परीक्षण गरिने जानकारी दिनुभयो जसमा कोभिड–१९ को लक्षण भएका बिरामी समावेश हुनेछन् ।

सहभागीहरुले कम्प्युटरले गरेको अनियमिततामा आधारित छनौटबाट पाँचदेखि १० दिनका लागि अध्ययनरत औषधि एमेटिन वा प्लेसबो प्राप्त गर्नेछन् । सहभागीलाई अध्ययनमा ९० दिनसम्म क्लिनिकल मूल्याङ्कन र प्रयोगशाला परीक्षणहरुसहित पुनः मूल्याङ्कनमा भाग लिने बताइएको छ ।

कोभिड–१९ को परीक्षण गरी लक्षणको अनुभव गर्दै गरेका व्यक्तिमा परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार गर्भवती, स्तनपान गराउने महिला र हाल अन्य परीक्षणअन्तर्गत अध्ययन औषधि सेवन गरेका व्यक्तिमा यसको प्रयोग गरिने छैन । रासस

सोमबार, चैत १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.