• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

आयुर्वेद उपचारमा आकर्षण

  •  बुधबार, चैत २१, २०८० मा प्रकाशित

नेपालगञ्ज । बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज, भवनीयापुर, जयसपुर र परसपुर गरी चार, कोहलपुर नगरपालिकामा र बैजनाथ गाउँपालिकाको टटिहिरीयामा स्थायी आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ ती केन्द्रमा पछिल्लो समय सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

हाल यहाँका खजुरा, नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा पनि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् । आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि तथा कर्मचारी खर्च प्रदेश सरकारबाट र आरोग्य सेवा केन्द्रमा एक जना कविराजको खर्च प्रदेश सरकारले बेहोर्ने गरेको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका प्रमुख वरिष्ठ कविराज निरीक्षक डा गीता रेग्मीले आयुर्वेद उपचार गर्न आउनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो । “सेवाग्राही बढ्दै जाँदा औषधिको सीमित बजेट पुग्ने अवस्थामा छैन” उहाँले भन्नुभयो ।

हाल यी केन्द्रबाट आयुर्वेदसम्बन्धी २३ प्रकारका औषधि निःशुल्क पाइन्छ । उहाँ भन्नुहुन्छ, “औषधि खरिदको बजेटसमेत कटौती हुँदा निःशुल्क औषधि वर्षभरी पु¥याउन हम्मेहम्मे छ ।” वरिष्ठ कविराज रेग्मी आयुर्वेद औषधि कतिपय रोगमा निकै प्रभावकारी हुने गरेको उल्लेख गर्दै आयुर्वेद उपचारमा जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको बताउनुभयो ।

स्वास्थ्य केन्द्रका सूचना अधिकारी चौधरीले मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रमअन्तर्गत हाते पुस्तिका वितरण गरिरहेको जानकारी दिँदै आहारविहार, योग, ध्यान, खानपान सिकाउन आवश्यक भएको बताउनुभयो ।

१९ हजारले लिए सेवा
बाँकेमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रबाट १९ हजारभन्दा बढीले पछिल्लो छ महिनामा सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले जिल्लामा आयुर्वेद सेवा लिनेहरुको सङ्ख्या चालु आर्थिक वर्षको पुससम्म १९ हजार दुई सय ३८ रहेको जानकारी दिनुभयो ।

केन्द्रका अनुसार साउनमा तीन हजार एक सय ७६, भदौमा तीन हजार २१, असोजमा तीन हजार छ सय ३१, कात्तिकमा दुई हजार छ सय, मङ्सिरमा तीन हजार एक सय एक, पुसमा तीन हजार सात सय नौ जनाले उपचार सेवा लिएका छन् । उपचार सेवा लिने सबैभन्दा बढी १७ देखि ५९ वर्ष उमेर समूहका छन् । उक्त उमेर समूहका १३ हजारभन्दा बढीले छ महिनामा उपचार लिएका छन् ।

यहाँ बाहिरी जिल्ला बर्दिया, सल्यान, रुकुम, जाजरकोट, मुगुलगायतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । रासस

बुधबार, चैत २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.