• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५९ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

सर्लाहीमा क्षयरोगी बढे

  •  शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

बरहथवा (सर्लाही) । सर्लाहीमा गत वर्षभन्दा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य कार्यालय मलङ्गवाको क्षयकुष्ठ शाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढेको हो । गत वर्ष छ सय क्षयरोगी रहेकामा यस वर्ष २९ जना थपिएका छन् । योसँगै जिल्लामा क्षयरोगीको सङ्ख्या छ सय ३० जना पुगेका छन् ।

जिल्लामा फेला परेका क्षयरोगीमध्ये धेरै हरिवन नगरपालिका क्षेत्रका रहेका स्वास्थ्य कार्यालय मलङ्गवाका क्षयकुष्ठ अधिकृत बलिराम यादवले जानकारी दिनुभयो । जिल्लामा फेला परेका कूल क्षयरोगीमध्ये ८९ अर्थात् १४ दशमलव १३ प्रतिशत १४ वर्षमुनिका रहेका अधिकृत यादवले बताउनुभयो । उहाँका अनुसार जिल्लामा क्षयरोगीको सङ्ख्या प्रतिलाखमा एक सय ५२ जना छन् ।

गाउँ समाजमा क्षयरोगसम्बन्धी चेतनास्तर कम भएका कारण पनि क्षयरोग सङ्क्रमण बढेको उहाँको भनाइ छ । क्षयरोग नियमित उपचारबाट निको बनाउन सकिने भए पनि अझै धेरै उपचार सेवाबाट टाढा रहने गरेका उहाँको भनाइ छ । सङ्क्रमितले गर्ने लापरबाही क्षयरोगी बढ्नुको मुख्य कारण रहेको स्वास्थ्यकर्मीको दाबी छ ।

स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जिल्लामा क्षयरोगी खोज पड्ताल अभियान बढेका कारण बिरामी धेरै फेला परेको उहाँको दाबी थियो । समाजमा क्षयरोगी लुकेर रहे लक्ष्य पूरा गर्न समस्या हुने भएकाले सबै रोगी फेला पार्नुपर्ने बागमती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले बताउनुभयो । यस क्षेत्रमा मुस्लिम, दलितलगायतका समुदायमा क्षयरोगीको सङ्ख्या पहिचान गरेको छ ।

यस रोगले ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुपोषित बालबालिका, मधुमेह, क्यान्सरलगायतका बिरामी, इँटाभट्टामा काम गर्ने परिवार तथा बालबालिकालाई उच्च जोखिममा पारेको डा झाले बताउनुभयो । लामो समय सुक्खा खोकी लागे, रातिराति ज्वरो आए, जिउ दुख्नेलगायतका समस्या भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर खकार जाँच गर्नुपर्ने उहाँको भनाइ छ ।

क्षयरोगी मृत्युदर दुई प्रतिशतमा झर्यो

यस्तै क्षयरोगीको सङ्ख्या बढेको भए पनि जिल्लामा मृत्युदर घट्दै गएको पाइएको छ । विगतका वर्षमा जिल्लामा क्षयरोगीको मृत्युदर पाँचदेखि सात प्रतिशतको अनुपातमा रहेको थियो । यस आर्थिक वर्षको साउनदेखि पुससम्मको तथ्याङ्कले मृत्युदर ओरालो लागेको देखाएको स्वास्थ्य कार्यालय प्रमुख झाले बताउनुभयो ।

नियमित औषधि उपचारमा सचेतना र पारिवारिक स्याहारसम्भार तथा जनमानसमा फैलिएको सचेतनाका कारण मृत्युदर घड्दो क्रममा रहेको चिकित्सकको भनाइ छ । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगीको सङ्ख्या शून्यमा झार्ने र मृत्युदर घटाउने लक्ष्य राखेको छ । रासस

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.