• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

भोकमरी र बाढीका कारण दक्षिणी अफ्रिकाले मानवीय सङ्कटको सामना गर्दै

  •  शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

जोहानेसबर्ग ।दक्षिणी अफ्रिकामा ठूलो खडेरी र बाढीका कारण लाखौँ मानिसले भोकमरी, कुपोषण र पानीको अभावको सामना गरिरहेको सिएनएनले बताएको छ ।

सहायता समूह अक्सफामले जारी गरेको गम्भीर चेतावनीमा दुई करोड ४० लाख मानिस प्रभावित भएको र अवस्था ‘अकल्पनीय मानवीय सङ्कट’ मा परिणत हुनसक्ने विज्ञहरूलाई डर भएको उल्लेख छ ।

प्रशान्त महासागरमा उत्पन्न हुने प्राकृतिक जलवायु घटना अल निनोका कारण प्रचलित खडेरी अझ तीव्र भएको छ । अल निनोले दक्षिणी अफ्रिकामा उच्च तापक्रम र कम वर्षा ल्याउँछ । यसले सुक्खाको स्थिति बढाउँछ । वर्षा हुँदा सुक्खा जमिनले बाढीको खतरा बढाउँछ ।

मुख्यरूपमा जीवाश्म इन्धन उत्सर्जनबाट सञ्चालित अल निनोले व्यापक जलवायु सङ्कटका प्रभावहरूलाई बढाउँछ । सिएनएनका अनुसार यो सङ्कटले दक्षिणी अफ्रिकामा खडेरी र बाढीसहित बारम्बार थप गम्भीर मौसमी घटनाहरू निम्त्याउँछ । यसलाई अक्सफामले ‘जलवायु प्रकोप हटस्पट’ भनेर चिनाएको छ ।

दक्षिणी अफ्रिका आफ्नो परम्परागत सुक्खा मौसममा प्रवेश गर्दा अङ्गोला, बोत्स्वाना, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, मलावी, मोजाम्बिक, नामिबिया, जाम्बिया र जिम्बाब्वेजस्ता मुलुक पहिलादेखि नै लामो समयसम्म सुक्खा अवस्थाबाट ग्रस्त छन् ।

मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयको हालैको प्रतिवेदनले जनवरीको अन्त्यदेखि फेब्रुअरीसम्म वर्षाको स्तर कम्तीमा ४० वर्षमा सबैभन्दा कम रहेको देखाएको छ । यसका साथै यस क्षेत्रको मध्य भागमा फेब्रुअरीमा एक शताब्दीभन्दा पनि बढी समयमा सबैभन्दा सुक्खा अनुभव गरिएको युनाइटेड स्टेट्स एजेन्सी फर इन्डरनेसनल डेभलपमेन्टको भोकमरी प्रारम्भिक चेतावनी प्रणाली नेटवर्कले जनाएको छ ।

यसको असर कृषिमा नराम्ररी परेको छ । अत्यधिक खडेरीले जाम्बिया, मलावी र मध्य मोजाम्बिकमा २० लाख हेक्टरभन्दा धेरै बालीमा क्षति पुर्याएको छ । यसबाट खाद्य असुरक्षा बढेको छ ।

मलावीका राष्ट्रपतिले चरम मौसमको स्थितिका कारण लागातार चौथो वर्ष मुलुकका अधिकांश हिस्सामा प्रकोपको अवस्था घोषणा गर्नुभएको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले मलावीमा जलवायु सङ्कटमा अल निनोको मिश्रित प्रभावलाई उजागर गरेको छ ।

विश्वव्यापी उत्सर्जनमा न्यूनतम योगदान दिए पनि दक्षिणी अफ्रिका जलवायु परिवर्तनका लागि उच्च जोखिममा रहेको छ । उत्सर्जन नगन्य रहेको मोजाम्बिकमा ३० लाख मानिसले भोकमरीको सामना गर्नुपरेको छ । राजधानी मोपुटोले मार्चमा विनाशकारी बाढीको अनुभव गर्नुपरेको छ ।

एक्सनएडको अन्तर्राष्ट्रिय क्लाइमेट जस्टिस लिडका टेरेसा एन्डरसनले अन्यायको निन्दा गर्दै थोरै काम गर्दा मोजाम्बिक जस्ता गरिब मुलुकहरू सङ्कटको चपेटामा परेको बताउनुभयो । उहाँले धनी प्रदूषणकारी मुलुकहरूलाई जिम्मेबारी लिन र कमजोर समुदायको सहयोगका लागि जलवायु वित्त प्रदान गर्न आग्रह गर्नुभयो ।

अक्सफामका दक्षिणी अफ्रिका कार्यक्रम निर्देशक माचिन्डा मारोङ्वेले तत्कालीन अवस्थालाई ध्यानमा राख्दै दाताहरूसँग बढ्दो मानवीय प्रकोपलाई रोक्न तत्काल स्रोतहरू जारी गर्न आग्रह गर्नुभयो । “यी सबै मुलुकले एकसाथ धेरै सङ्कटको सामना गर्नुपरेको छ, त्यसैले तत्काललाई अतिरञ्जित गर्न सकिँदैन”, उहाँले भन्नुभयो । रासस

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.