• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • ११ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • ११ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • ११ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १४ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १५ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १६ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ७. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ८. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ९. भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

  • १०. लागुऔषधसहित चार जना पक्राउ

महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्मेलन

  •  शनिबार, चैत २४, २०८० मा प्रकाशित

काठमाडौँ । महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन नेपालमा स्त्रीरोग विशेषज्ञ जुटेका छन् । ‘स्त्रीरोग विशेषज्ञ समाज’को १७औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तर बनाउन जुटेका हुन् ।

सम्मेलनमा विदेशबाट आएका चिकित्सकले नेपालका महिलाको स्वास्थ्यका क्षेत्रमा कसरी गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने सीप सिकाउने समाजका अध्यक्ष डा सरोजा कार्की पाण्डेले बताउनुभयो । कार्यक्रममा सांसद डा चन्द्रा कार्कीले सम्मेलनले महिलाको स्वास्थ्यको क्षेत्रमा गरिएका अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा महिलालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेबारे ज्ञान पुग्ने बताउनुभयो । उहाँले सम्मेलनमा महिलाको स्वास्थ्य उपचारका लागि अपनाइने नयाँनयाँ प्रविधिका बारेमा छलफल हुने भन्दै ती प्रविधि नेपालमा भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्रले समाजले महिलाको स्वास्थ्य क्षेत्रमा गरेका कामको सराहना गर्नुभयो । समाजले यस क्षेत्रमा उपलब्धि हासिल गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

डा मिश्रले महिलाको स्वास्थ्यको तथ्याङ्कले नेपालले केही प्रगति गरे पनि अझै गर्नुपर्ने भन्दै सरकारले महिलाको स्वास्थ्यलाई प्राथमिकता राखेको बताउनुभयो । उहाँले गरिबी, विपन्न वर्गसम्म महिला स्वास्थ्यको पहुँच बढाउन आवश्यक रहेको बताउनुभयो ।

समाजका पूर्वअध्यक्ष डा लक्ष्मी नानी श्रेष्ठले दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि महिलाको स्वास्थ्यमा सुधारमा आउनुपर्ने बताउनुभयो । सम्मेलनमा विदेशी चिकित्सकले नेपालमा महिलाका स्वास्थ्यमा गरेका अध्ययन अनुसन्धानबारे पनि छलफल गरिने छ ।

समाजका अध्यक्ष डा पाण्डेले नेपालको महिलाको स्वास्थ्यमा सुधार आए पनि अझै सुधार गर्नका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपालमा एक लाख जीवित जन्ममा सन् १९९६ मा ६ सय ३९ मातृ मृत्युदर रहेकामा सन् २०२२ मा उक्त दर घटेर एक सय ५१ मा झरेको छ ।

“अझै पनि महिलाको स्वास्थ्यमा गुणस्तरीय सेवा पुर्याउन सकिएको छैन”, डा पाण्डेले भन्नुभयो, “हामीले सिकेका तालिम फरक हुन्छन् । नयाँ र आधुनिक तालिम सबै चिकित्सकले प्राप्त गर्न सकेका छैनन् ।” उहाँले चिकित्सक विदेशिएकाले पनि अहिले भइरहेका चिकित्सक र बिरामीको अनुपातमा धेरै फरक देखिएको भन्दै गुणस्तरीय स्वास्थ्य प्रदान गर्न समस्या भइरहेको बताउनुभयो ।

समाजका अध्यक्ष डा पाण्डेका अनुसार सम्मेलनमा महिला स्वास्थ्यसम्बन्धी कार्यपत्र प्र्रस्तुत गरिने छ भने वरिष्ठ चिकित्सकले कनिष्ठ चिकित्सकलाई आफूले जानेको कुरा सिकाउने छन् । आजसम्म चल्ने उक्त सम्मेलनमा भारत, श्रीलङ्का, बङ्गलादेश, अमेरिका, अष्टे«लियालगायत देशका स्त्री रोग विशेषज्ञको सहभागिता छ । सम्मेलनले सरकारले महिला स्वास्थ्यका क्षेत्रमा गर्नुपर्ने कामबारे सुझाव दिनेछ । रासस

शनिबार, चैत २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.