• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

सुदुरपश्चिम प्रदेशमा हाडजोर्नी तथा नशाका विरामी र सेवा

  •  मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित

[ डा.नर बहादुर मौनी – वरिष्ठ अर्थोपेडिक सर्जन,
अत्तरिया, कैलाली ]

“स्वास्थ्य नै धन हो” भन्ने विश्वव्यापी भनाईलाई साभार गर्दा, मानवजातीले समयसापेक्ष रुपमा विभिन्न विधाहरुको विकास गरेको पाइन्छ । विकसित विधाहरु मध्ये चिकित्सा विधा जनस्वास्थ्यसँंग प्रत्यक्ष सरोकार राख्ने विधा हो ।

यस विधाले मानिसहरुको स्वास्थ्य संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दछ । आधुनिक चिकित्सा विज्ञानको विकासले गति लिने क्रममा फ्रान्सेली चिकित्सक निकोलस एन्ड्री डे बोइस रेगार्डले इ.सं.१७४१ मा आफ्नो चिकित्सकीय अभ्यासको बारेमा (L’Orthopedia) मा समावेश गरी (Orthopedic) विधालाई प्रवेश गराएका थिए । तत्पश्चात समय–सापेक्ष रुपमा हाडजोर्नी तथा नशा विधाको विकास हुदै आएको पाइन्छ ।

(Orthopedic) चिकित्सा विधा भित्र कंकाल प्रणाली र यससँग सम्बन्धित संरचनाहरू, जस्तै मेरुदण्ड र अन्य हड्डीहरू, जोर्नीहरू,स्नायुहरु, टेण्डन, लिगामेन्टहरु र मांसपेशीहरूको संरक्षण र पुर्नस्थापनासँग सम्बन्धित चिकित्सा विशेषताहरु पर्दछन । (Orthopedic) विधाले जन्मजात, ब्यवहारजन्य रोग तथा चोटपटकका कारण मानिसमा देखिने हाडजोर्नी तथा नशासंँग सम्बन्धित समस्याहरुको पहिचान गरि उपचार गर्नुका साथै पुर्नस्थापनामा जोड दिई अस्ति –मांशपेशी र स्नायु प्रणालीको संरक्षण –संर्वदनमा सहयोग पुर्‍याउंँदछ ।

उपचारमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञको भूमिका:–
हाडजोर्नी तथा नशा रोगको पहिचान तथा उपचारमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सबै उमेर र क्षमताका मानिसहरूलाई निदानात्मक र उपचारात्मक हेरचाह मार्फत दुखाई र असुविधा कम गर्नु ,बिरामीहरूको स्याहार तथा हेरचाहको गुणस्तर सुधार गर्न मद्दत गर्नु विशेषज्ञ डाक्टरको महत्वपूर्ण भूमिका हो । यसका साथै अर्थोपेडिक डाक्टरहरू नियमित रूपमा डिजेनेरेटिभ रोगहरू, जन्मदोषहरू, खेलकुदमा चोटपटक र अन्य प्रकारका शारीरिक आघात भएका मानिसहरूको उपचार गर्दछन । उपचारमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञको विरामी उपचारमा भूमिकालाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ:–
– विरामीको परीक्षण गर्नु/ गराउनु
– रोगको निदान गर्नु/गराउनु
– औषधि लेख्नु
– विरामीलाई आवश्यक परामर्श दिनु
– भौतिक चिकित्सकहरू(Physicians) ) सँग सहकार्य गर्नु/गराउनु
– बिरामीको प्रगति र चिकित्सा इतिहास अभिलेख राख्नु/ राख्न लगाउनु
– भाँचिएको हड्डीहरू सेट गर्नु /गराउनु
– तंत्रिका पुन: जडान गर्नु /गराउनु
– स्पाइनल डिस्क प्रतिस्थापन गर्नु /गराउनु
– फाटेको लिगामेन्ट र टेन्डन्स मर्मत गर्नु /गराउनु
– सुपरिवेक्षण गर्नु
– मेडिकल स्टाफको निरीक्षण गर्नु
– शल्यक्रिया पछि हेरचाह प्रदान गर्नु/गराउनु
– विरामीको प्रकृति हेरी आक्रामक उपचार विधि सञ्चालन गर्नु
– शैक्षिक र वैज्ञानिक अनुसन्धान गर्नु

सुदुरपश्चिम प्रदेशमा हाडजोर्नी तथा नशा रोग विरामीको समस्या र अवस्था :–
सुदुरपश्चिम प्रदेशमा हाडजोर्नी तथा नशारोग विरामीहरुले विभिन्न किसिमका समस्या भोग्दै आएका छन् । यस प्रदेशमा रहेका हाडजोर्नी तथा नशारोग विरामीहरुले भोग्दै आएका प्रमुख समस्याहरु यस प्रकार छन् :–
– हाडजोर्नी तथा नशा रोगको पहिचान गर्न नसक्नु
– हाडजोर्नी तथा नशा रोग विरामीहरुको स्वास्थ्य सेवामा पहंँुच अभाव
– हाडजोर्नी तथा नशा रोग विरामीहरुले विशेषज्ञयुक्त सेवा पाउन नसक्नु
– हाडजोर्नी तथा नशा रोगको उपचारको लागि टाढा–टाढा तथा मुलुक बाहिर जानुपर्ने बाध्यता
– हाडजोर्नी तथा नशा रोग विरामीहरुले पीडादायी जीवन व्यतित गर्नु
सुदुरपश्चिम प्रदेशमा रहेका हाडजोर्नी तथा नशा रोग विरामीहरुको यकिन तथ्यांक उल्लेख गर्न कठिन छ । किनकी यहाँका अधिकांश मानिसहरु उपचारको लागि नजिकको छिमेकी मुलुक भारतका सिमावर्ती अस्पतालमा गएर उपचार गरेको पाइन्छ्र ।

समस्याका कारण :–
सुदुरपश्चिम प्रदेशमा हाडजोर्नी तथा नशा रोग विरामीहरुले विभिन्न किसिमका समस्या भोग्दै आएको पाइन्छ । यस प्रदेशमा हाडजोर्नी तथा नशारोग विरामीहरुले समस्या झेल्नुको मुख्य कारणहरु निम्न अनुसार छन ।
– हाडजोर्नी तथा नशा रोग सम्बन्धि ज्ञानको कमी
– ६५ प्रतिशत मानिसहरुको पहाडी तथा हिमाली क्षेत्रको आवास
– गरीवी
– जोखिमपूर्ण दैनिकी
– हाडजोर्नी तथा नशा रोग सम्बन्धि डाक्टरको अभाव
– विशेषज्ञ अस्पतालको अभाव
– बाटो घाटो तथा यातायात सुविधाको अभाव
– विशेषज्ञयुक्त स्वास्थ्य सेवामा पहंँुचको कमी

उपचारमा सहजता:–
“सबैको लागि स्वास्थ्य” भन्ने विश्वव्यापी नारालाई मुर्तरुप दिन र स्वास्थ्य सेवामा पहँुच अभिवृद्धि गर्न सुदुरपश्चिम प्रदेशमा हाडजोर्नी तथा नशा रोगको समस्या खेपिरहेका बिरामीहरुको उपचारमा सहजताको लागि राज्यबाट स्वास्थ्य क्षेत्रमा आर्थिक लगानी बढाउनुपर्ने र निजि क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुलाई लगानीमैत्री वातावरण सुनिश्चित गरि, हाडजोर्नी तथा नशारोगीको उपचारमा सहजता बढाउँन सकिन्छ । यसका साथै हाडजोर्नी तथा नशारोगको उपचारमा सहजता गर्न निम्न अनुसारका उपायहरु अपनाउन सकिन्छ:–
– स्वास्थ्य सेवामा राज्यबाट लगानी बढाएर
– राज्यद्वारा सञ्चालित स्वास्थ्य संस्थामा हाडजोर्नी तथा नशारोग विशेषज्ञको व्यवस्था गरेर
– विशेषज्ञ चिकित्सकको लागि उपयुक्त काम गर्ने वातावरण तयार पारेर
– विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई हाडजोर्नी तथा नशारोग सम्बन्धि समय सापेक्ष तालिम प्रदान गरेर
– निजीक्षेत्र द्वारा सञ्चालित अस्पतालको स्वास्थ्य सेवा प्रर्वद्धन गरेर
– चरम गरीवीको रेखामुनि बसिरहेका जनताका लागि राज्यका तर्फबाट हाडजोर्नी तथा नशा रोगको उपचार खर्चमा छुटको व्यवस्था गरेर
– हाडजोर्नी तथा नशा रोग सम्बन्धि घुम्ती शिविर सञ्चालन गरेर
– स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरेर

समस्याबाट बच्नका लागि ध्यान दिनुपर्ने कुराहरु:–
सुदुरपश्चिम प्रदेश अविकसित,पिछडिएको क्षेत्रमा बसोबास गर्ने अधिकांश हाडजोर्नी तथा नशा रोगबाट ग्रसित मानिसहरुले विविध किसिमका समस्याहरु झेलिरहेका छन । ती विविध किसिमका समस्याहरुबाट बच्नका लागि निम्न अनुसारका उपाय अपनाउन सकिन्छ :–
– हाडजोर्नी तथा नशा रोगका बारेमा जनचेतना बढाएर
– हाडजोर्नी तथा नशा रोग सम्बन्धि शंका लागेमा नजिकको स्वास्थ्यकर्मी सँंग परामर्श लिएर
– जोखिमपूर्ण जनजिविकाका काममा सावधानी अपनाएर
– उमेर तथा समयसापेक्ष स्वस्थकर जीवनशैली अपनाएर
– गर्भवती तथा बालबालिकालाई उपयुक्त पोषणको व्यवस्था गरेर
– हाडजोर्नी तथा नशारोगबाट ग्रसित विरामीलाई उचित उपचार तथा स्याहारको व्यवस्था गरेर
– हाडजोर्नी तथा नशा रोगबाट ग्रसित विरामीलाई पुर्नस्थापनको प्रबन्ध गरेर
– जोखिमपूर्ण श्रमिकहरुको अनिवार्य बिमा व्यवस्था गरेर
– हाडजोर्नी तथा नशारोग उपचारमा पहुंँच वृद्धि कार्यक्रम सञ्चालन गरेर
– आयमुलक स्वरोजगारका कार्यक्रम प्रर्वद्धन गरेर
– जोखिमपूर्ण दुर्घटना र सुरक्षा शिक्षा आदान प्रदान गरेर
– विद्यालय पाठ्यक्रममा हाडजोर्नी तथा नशारोग सम्बन्धि विषयवस्तु अनिवार्य समावेश गरेर
विज्ञको तर्फबाट सुझाव :–
सुदुरपश्चिम प्रदेशको अधिकांश भू–भाग पहाडी तथा हिमाली भू–बनोटबाट बनेको छ । यहाँका अधिकांश मानिसहरु अशिक्षा, गरीवी, पछौटेपनको शिकार भएका छन भन्ने कुरा बेलाबखत राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको छ । यस प्रदेशमा स्वास्थ्यको अवस्था पनि उत्तिकै नाजुक छ । साथै भौगोलिक विकटता,जोखिमपूर्ण जनजिविका,अनुपयुक्त /अस्वस्थकर व्यवहार,दुर्घटना तथा सुरक्षा शिक्षाको अभावमा मानिसहरुले हाडजोर्नी तथा नशारोग सम्बन्धि विभिन्न किसिमका समस्या भोगिरहेको तितो यथार्थ घामझैँ छर्लंग छ । त्यसैले हाडजोर्नी तथा नशारोग सम्बन्धि समस्याबाट छुटकारा पाउन विज्ञकोरुपमा मैले लामो समयदेखि यस क्षेत्रमा काम गरेको अनुभवबाट केही सुझावहरु राख्ने प्रयत्न गरेको छु ।
– हाडजोर्नी तथा नशारोग सम्बन्धि प्रचार प्रसार
– हाडजोर्नी तथा नशारोग सम्बन्धि सेवा बिस्तार
– यस क्षेत्रका विभिन्न जिल्ला अस्पतालहरुमा हाड–जोर्नी तथा नशारोग सम्बन्धि दक्ष चिकित्सकको व्यवस्था गरिनुपर्ने
– राज्यका तर्फबाट सुदुरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने
– यस क्षेत्रमा ट्रमा सेन्टर खोल्नुपर्ने
– अत्याधुनिक एम.आर.आइ.,सि.टि.स्क्यान तथा प्रयोगशालाजन्य सामग्री खरिद तथा व्यवस्थापनमा जोड दिनुपर्ने सुदुरपश्चिम प्रदेशको अधिकांश भू–भाग पहाडी तथा हिमाली विकट सडक सञ्जाल भएको हँुदा सबै जिल्लाको पायक पर्ने (पहाड) ठाउंँमा हाइ–वे अस्पताल सञ्चालनमा ल्याइनुपर्ने
– विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आधारभूत हाडजोर्नी तथा नशारोग सम्बन्धि तालिम प्रदान गरिनुपर्ने
– विशेषज्ञ चिकित्सकहरुलाई समयसापेक्ष तालिमको व्यवस्था गर्नुपर्ने
– पहाडी जिल्लाहरुमा विशेषज्ञ चिकित्सक बस्ने अनुकुल वातावरण बनाउन जोड दिनुपर्ने
– गेटामा निर्माणाधीन शहिद भीमदत्त पन्त स्वास्थ्य विज्ञान विश्वविद्यालय यथाशिघ्र सञ्चालनमा ल्याइनुपर्ने
– यस प्रदेशमा गरीवीको रेखामुनी बसिरहेका मानिसहरुलाई स्वास्थ्य उपचारमा राज्यका तर्फबाट उपचार शुल्क छुटको कानुनी व्यवस्था गर्नुपर्ने
– निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक अस्पतालहरुको स्तरोंन्नति तथा उपयुक्त लगानी मैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने।

|| लेखक डा.नर बहादुर मौनी वरिष्ठ अर्थोपेडिक सर्जन तथा पदमा अस्पताल प्रा.लि.अत्तरिया,कैलालीको प्रबन्ध निर्देशक हुनुहुन्छ। ||

मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.