• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • ११ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १२ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १२ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १४ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १५ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १७ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ७. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ८. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ९. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • १०. भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत

  •  शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले उक्त प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्तावमाथि छलफलपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

“सङ्कल्प प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनका सरकार र कार्यान्वयन भए/नभएको बारे अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन दिइन्छ”, अध्यक्ष दाहालले निर्देशन दिँदै भन्नुभयो ।
आजको बैठकमा उप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्कल्प प्रस्तावमा उल्लेखित विषयलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग, कुपोषण, परिवार नियोजन, मातृ तथा नवजात शिशुलगायत विभिन्न नौ वटा शीर्षकमा स्वास्थ्य सेवा उपलब्ध भइरहेको बताउनुभयो । पालिकास्तरका स्वास्थ्यकेन्द्र निर्माण भइरहेको पनि उहाँले बताउनुभयो ।

देशभरका २३ लाख ९४ हजार छ सय ९५ घरधुरीका ७७ लाख २७ हजार तीन सय ६३ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको पनि उहाँले बताउनुभयो । त्यसैगरी पाँच लाख १६ हजार एक सय १० जना अति विपन्न परिवारका व्यक्ति, आठ लाख ९४ हजार तीन सय १० जना ज्येष्ठ नागरिक, ३५ हजार पाँच सय ९६ जना एचआइभी संक्रमित, एक लाख ४२ हजार आठ सय जना अति असक्त अपाङ्ग, तीन हजार सात सय ४२ जना कुष्ठरोग संक्रमितलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको बताउनुभयो ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाले उल्लेख गरेका कडा खालका रोगको उपचारका लागि रु एक लाखसम्म रकम उपलब्ध गराएको उहाँले बताउनुभयो । प्रमुख राजमार्ग छेउमा ट्रमा सेन्टर स्थापना गर्ने काम अघि बढेको स्वास्थ्यमन्त्री यादवले बताउनुभयो ।

निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी सङ्कल्प प्रस्तावमाथिको छलफलका क्रममा स्वास्थ्यलाई नागरिकको नैसर्गिक अधिकारका रुपमा संविधानमा राखिएको यसको कार्यान्वयनमा सरकार संवेदनशील बन्न नसकेको धारणा सांसद विष्णुकुमारी सापकोटाले राख्नुभयो । दुर्गम जिल्लाका महिलाहरुमा पाठेघरको समस्या निकै बढिरहेको उल्लेख गर्नुहुँदै सांसद सापकोटाले त्यहाँका स्वास्थ्य संस्थामा त्यसको उपचारको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

खाद्य वस्तुमा विषादीको प्रयोग बढ्का कारण विभिन्न स्वास्थ्य समस्या नागरिकले भोग्नुपरेको सांसद मनरुपा शर्माले बताउनुभयो । त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

सांसद रुक्मिणी कोइरालाले मौलिक हकका रुपमा रहेको स्वास्थ्यसम्बन्धी हकलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र विद्यमान ऐन नियममा लेखिएका सुविधा नागरिकले पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण बिग्रिएर नागरिकले सेवा पाउनबाट बञ्चित हुनुपरेको विषय उहाँले उठाउनुभयो । सरकारी अस्पतालमा सहज सेवा नपाउँदा नागरिकहरु महङ्गो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा जाने गरेको अवस्थाबारे सांसद कोइरालाले संसदमार्फत् सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद तुलसाकुमारी दाहालले सबै स्वास्थ्यसंस्थामा जनशक्ति, स्वास्थ्य सामग्री तथा उपकरण पु¥याउन सरकारसँग माग गर्नुभयो । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु सहर केन्द्रित रहेको र त्यस्ता अस्पतालमा महङ्गो शुल्कका कारण न्यून आर्थिक अवस्था भएका नागरिकले सहज रुपमा सेवा पाउन नसकेको बताउनुभयो ।

सांसद गोपालकुमार बस्नेतले राजमार्ग आसपासमा पर्याप्त स्वास्थ्य संस्था निर्माण गरिनुपर्ने र त्यहाँ स्वास्थ्य सामग्री तथा जनशक्ति अभाव हुन नदिइनुपर्ने बताउनुभयो ।

सांसद सुमित्रा बिसीले सबै पालिकामा अस्पताल निर्माण गर्ने योजनासहित एकैपटक तीन सय ९६ वटा पालिकामा अस्पताल निर्माणका लागि शिलान्यास भएकोमा ती संरचना निर्माणमा भइरहेको प्रगतिबारे सरकारसँग जवाफ माग गर्नुभयो । बालबालिका तथा ज्येष्ठ नागरिकको अस्पतालमा राज्य संयन्त्र थप जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ छ । रासस

शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.