• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मेरो जीवन यात्रा र कार्य अनुभव : प्रा.डा.लोक बहादुर सेढाई

  •  आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित

मेरो जीवन यात्रा र कार्य अनुभव : [ प्रा.डा.लोक बहादुर सेढाई ]

मेरो जन्म २०१९ सालमा धादिङ्गको गजुरीमा जन्म भई २०३१ साल देखि पूर्वी चितवनको बसाई सराई पश्चात एक मध्यमवर्गीय परिवारको एक्लो छोरो भएकोले पनि होला, बाबु–आमाले पढेर सुब्बा हुनुपर्छ भन्ने आशिर्वाद प्राप्त भएकोले पढाईमा म सानैदेखि अब्बल नै थिएँ ।

कक्षा १ देखि कक्षा १० सम्म सधैं प्रथम हुँदै २०३४ सालको एस.एल.सी. परीक्षामा बिरेन्द्र आदर्श मा.वि.चितवनबाट स्कुलकै पहिलो पटक प्रथम डिभिजनमा पास गर्ने एक्लो विद्यार्थी थिएँ म । त्यसपछि के पढ्ने, के गर्ने,केही थाहा थिएन र केही समय भौंतारिएर शिक्षकको जागिर खान खोज्दा पनि नपाएपछि केही साथीहरुसंग मिलेर अनजान शहर काठमाण्डौ हानिएँ ।

त्यसपछि पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसमा ओभरसियर र महाराजगञ्ज मेडिसिन क्याम्पसमा इन्ट्रान्स दिएँ । ओभरसियर छाडेर ६ महिना पर्खेर महाराजगञ्जमा हेल्थ असिस्टेन्ट पढ्न भर्ना भएर २०३५/२०३६ सालको अवस्थाले गर्दा ४ वर्ष लगाएर पास भएँ । धरेै साथीहरु छात्रवृत्तिमा रसिया पढ्न जाँदा पनि म घरको एक्लो सन्तान भएकैले देशमै बसेर ईलाम,ताप्लेजुङ, रौतहटमा जागिर खाँदै पुनः महाराजगञ्जबाट एम.बि.बि.एस. र एम.डि. (प्रसूति तथा स्त्रीरोग विषयमा) विशेषज्ञता प्राप्त गरपेश्चात चितवनमा बसेर सेवा गर्ने मौका पाएँ ।

त्यही शिलशिलामा केही मिल्ने साथीहरु मिलेर मेडिकल कलेज खोलौं भन्ने हुटहुटी जाग्यो र सरकारी जागिरलाई छोडी चितवन मेडिकल कलेजमा प्रमोटर सेयर होल्डर भई शुरुवाती अवस्थादेखिनै प्रसूति तथा स्त्रीरोग विभागको नेतृत्व गर्दै १० वर्षसम्म प्राध्यापक भई काम गरेर हाल म एन.पि.आई.नारायणी सामुदायिक हस्पिटलको पूर्णकालीन प्राईभेट कन्सल्टेन्टको रुपमा कार्यरत छु ।

मैले हालसम्म मेजर शल्यक्रिया करीब पचास हजारवटा र मेजर र माईनर गरी झण्डै एक लाखको हाराहारीमा शल्यक्रिया गरिसकेको छु । यस अवधिमा नेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्ष र प्रसूति तथा स्त्रीरोग चिकित्सक समाज बागमती च्याप्टरको समेत अध्यक्ष भई चिकित्सक पेशागत हक हितको लागि नेतृत्वदायी भूमिका निभाउँदै आईरहेको छु ।

चितवन जिल्ला स्वास्थ्य नगरीको रुपमा विकसित भईरहेको अवस्था र यस जिल्लामा कैयौं स्वास्थ्य संस्थाहरु आपंmैमा सक्षम हुँदै जनमानसमा “स्वास्थ्य उपचार गर्न चितवन जानुपर्छ” भन्ने भावना विकसित भईरहेको अवस्थामा प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको जमात उल्लेख्य संख्यामा (करिब ५० जना) रहेको हुँदा र प्रसूति तथा स्त्रीरोग सम्बन्धी सेवा सुविधा तथा जटिल खालका रोगको शल्यक्रिया सुविधा समेत रहेको छ । तथापि जनशक्ति र बीमा कार्यक्रमको असमान वितरणले गर्दा कहीँ सीमित जनशक्तिबाट विरामीको चाप थेग्न नसकी आवश्यकता तथा चाहना अनुसार विशेषज्ञ सेवा पाउन गाह्रो हुने अवस्था विद्यमान छ ।

त्यसैगरी भएका जनशक्तिबाट पनि तालिम र आर्थिक कारणले गर्दा स्वास्थ्य संस्थाहरुबाट सेवाको गुणस्तर वृद्घि गर्न नसकी अति विशिष्टिकृत सेवा ( Super Speciality Service) को विस्तार खासै सन्तोषजनक हुन सकेको पाइँदैन । यहाँ भएका सरकारी अस्पताल,क्यान्सर अस्पताल,दुईवटा मेडिकल कलेज र एन.पि.आई.नारायणी सामुदायिक अस्पताल जस्ता पूर्णकालीन (Multispeciality) दिन सक्षम संस्थाहरुमा बीमा कार्यक्रम र आमा सुरक्षा कार्यक्रम लागुगरी संस्थाको क्षमता वृद्घि गरेर जनशक्तिलाई उचित तालिम,सेमिनारको माध्यमबाट अति विशिष्टिकृत सेवा प्रवाहको वातावरण तयार गर्ने हो,भने सही अर्थमा समय सापेक्ष सेवाको गुणस्तर कायम भई सामान्य सुत्केरी देखि बाँझोपन र अन्य विशिष्टिकृत सेवा जनस्तरको पहुँचमा पुग्न सके मातृमृत्युदर कम गर्न मद्दत पुग्ने हुँदा सम्बन्धित निकायको ध्यान यसतर्फ जानु पर्दछ ।

लेखक प्रा.डा.लोक बहादुर सेढाई चितवन स्थित एन.पि.आई.नारायणी सामुदायिक अस्पतालमा बरिष्ठ स्त्री तथा प्रसूति रोग विशषेज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।

आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.