• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

‘पत्रकार उपचार कोष’मा रु एक करोड

  •  आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पु¥याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो ।

नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।

महासङ्घको आफ्नै कोषबाट रु चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रु पाँच लाख जम्मा गरेर उपचार कोष स्थापना गरिएको थियो । उक्त कोषमा अहिले रु एक करोड जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार समाचार सङ्कलनको क्रममा हुने दुर्घटनामा घाइते भएका र विभिन्न रोग लागेर बिरामी हुने जिल्लाका पत्रकारलाई कोषले उपचारका लागि नगद सहयोग दिँदै आएको छ । कोषमा पत्रकारले जनही रु तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताले दिएका हुन् ।

“अधिकांश पत्रकार कमजोर आर्थिक पृष्ठभूमिबाट यो पेसामा आएका हुन्छन्”, महासङ्घका पूर्वअध्यक्ष तारामणि सापकोटाले भन्नुभयो, “पारिश्रमिक पनि न्यून हुने भएकाले बिरामी हुँदा उपचारमा जहिल्यै अभाव हुने गरेको देखेपछि उपचार कोष स्थापनाको सोच अघि बढाइएको थियौँ ।” उहाँका अनुसार जिल्लामा हाल दुई सयभन्दा बढी पत्रकार क्रियाशील छन् ।

दैनिक, साप्ताहिक र वार्षिक पत्रिका प्रकाशित भइरहेका छन् भने टेलिभिजन, रेडियो र अनलाइन सञ्चारमाध्यम सञ्चालनमा छन् । कोषको व्यवस्थित सञ्चालनका लागि कार्यविधि निर्माण गरिएको छ । कोष वृद्धिका लागि समिति गठन गरिएको थियो । कोषको साँवा रकम खर्च गर्न नमिल्ने गरी अक्षयकोषमा राखिएको छ । त्यसको ब्याजबाट प्राप्त हुने रकमबाट पत्रकारको उपचारमा खर्च हुँदै आएको कोषले जनाएको छ ।

कोषको सहयोगमा जिल्लाका थुप्रै पत्रकारले दुर्घटना हुँदा र बिरामी पर्दा उपचार सहयोग पाइसकेका छन् । झापामा प्रेस चौतारी नेपालको शाखाले समेत ‘पत्रकार उपचार कोष’ स्थापना गरेको छ । रासस

आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.