• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

८ महिनामा प्रतिष्ठानबाट एक हजार बढी ज्येष्ठ नागरिकले पाए नि:शुल्क उपचार सेवा

  •  बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बितेको ८ महिनामा एक हजारबढि ज्येष्ठ नागरिकहरूले निःशुल्क सेवा पाएका छन् । प्रतिष्ठानका निमित्त अस्पताल का.मु. अस्पताल निर्देशक डा. रमेश कँडेलले गएको साउनदेखि फागुनसम्म १ हजार ८७ जना ज्येष्ठ नागरिक बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको जानकारी दिनु भयो ।

जसमा महिलातर्फ ६ सय ६२ जना र पुरुषतर्फ ४ सय २५ ज्येष्ठ नागरिकले सेवा लिएका हुन् । ज्येष्ठ नागरिकको उपचारको लागि १३ लाख २९ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको छ । रगत, एक्सरे सहित रोगको डाइग्नोसिस गर्न निश्चित उपचारमा शत प्रतिशत ज्येष्ठ नागरिकलाई छुट दिने पनि गरिएको छ । ज्येष्ठ नागरिकहरूको उपचारको सहजताका लागि धेरै सुधारको काम भइरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताउनु भयो । प्रतिष्ठानमा टोकन प्रणालीदेखि ज्येष्ठ नागरिकमैत्री हुने गरी उपचार सेवा प्रभावकारी बनाइएको पनि उहाँले बताउनु भयो । उपचार पाउने ज्येष्ठ नागरिकहरूमा नयाँ ५ सय ६५ र पुरानो फलोअप ५ सय २२ जना रहेको कामु निर्देशक कँडेलले जानकारी दिनु भयो ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार साउनमा ९५ जना महिला र ४० जना पुरुष गरेर १ सय ३५ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । जसमा नयाँ ५० जना र पुराना ८५ जना ज्येष्ठ नागरिकको उपचारका लागि १ लाख ३९ हजार १ सय ६० रुपैयाँ खर्च भएको छ । त्यस्तै भदौमा महिला ९० र पुरुष ४० जना गरेर १ सय ३० जना ज्येष्ठ नागरिकले नि:शुल्क सेवा लिएका छन् । नयाँ ५० जना र पुराना फलोअप ८० जना ज्येष्ठ नागरिकको उपचारको लागि १ लाख ५० हजार ४ सय ४८ रुपैयाँ खर्च भएको छ ।

त्यसै गरेर असोज महिनामा महिला ६४ र पुरुष ७९ जना गरेर १ सय ४३ जनाले उपचार पाएका छन् । जसमा नयाँ ९७ जना र पुरानो ४६ जनाको उपचारको लागि १ लाख ८५ हजार २ सय ५० रुपैयाँ खर्च भएको छ, भने कार्तिक महिनामा महिला ५४ जना र पुरुष ३९ जना गरेर ९३ जना ज्येष्ठ नागरिकको उपचार गरिएको छ । नयाँ ६१ जना र पुराना ३२ जनाको उपचारको लागि १ लाख १२ हजार ४ सय रुपैयाँ खर्च भएको छ । मङ्सिर महिनामा महिला ७५ जना र पुरुष ४५ जना गरेर १ सय २० जनाले सेवा पाएका छन् । जसमा नयाँ ६५ जना र पुरानो ५५ जनाको उपचारको लागी १ लाख ५२ हजार ६ सय रुपैयाँ खर्च भएको छ ।

यस्तै पौष महिनामा महिला ७९ जना र पुरुष ६१ जना गरेर १ सय ४० जना ज्येष्ठ नागरिकहरूको प्रतिष्ठानमा उपचार भएको छ । जसमा नयाँ ९७ जना र पुराना ४३ जनाको उपचारका लागि १ लाख ९६ हजार २ सय १० रुपैयाँ खर्च भएको प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराइले बताउनु भयो । प्रतिष्ठानका अनुसार माघ महिनामा महिला ८२ जना र पुरुष ६६ जना गरेर १ सय ४८ जना ज्येष्ठ नागरिकले उपचार प्राप्त गरेका छन् । जसमध्ये नयाँ ६५ जना र पुराना ८३ जनाको उपचारको लागि १ लाख ८३ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ ।

त्यसै गरेर फागुनमा महिला ७० जना र पुरुष १ सय ८ जना गरेर १ सय ७८ जनाले सेवा पाएका छन् । नयाँ ८० जना र पुरानो ९८ जनाको उपचारको लागी २ लाख १० हजार ४ सय ५० रुपैयाँ खर्च भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले प्रतिष्ठानले न्युन बजेटमा पनि धेरै धेरै सङ्ख्यामा ज्येष्ठ नागरिकहरूको निःशुल्क उपचार गरिरहेको बताउनु भयो ।

सरकारले केन्द्रबाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने कारण प्रतिष्ठानले आफ्नो तर्फबाट पनि खर्च गरेर ज्येष्ठ नागरिकलाई उपचार सेवा दिएको भन्दै छुट्टाइएको बजेट भन्दा पनि धेरै खर्च शोध भर्नाका लागि मन्त्रालयसँग अनुरोध गर्ने बताउनु भयो ।

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको व्यवस्था गरेर प्रतिष्ठानले सो सेवालाई प्रभावकारी बनाउँदै लगेको छ । प्रतिष्ठानले ओ.पी.डी. सहित १२ बेडको ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले जानकारी दिनु भयो ।

बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.