• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

मटिहानी नगर कार्यपालिकाको एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

  •  बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढेको पाइएको छ । साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन् ।

मटिहानी नगर कार्यपालिकाको कार्यालयले बस्तीबस्तीमा थालेको घुम्ती सेवाप्रति सर्वसाधारणबीच आफ्ना ठाउँका आवश्यकता र तिनको समाधानका बारेमा छलफल पनि बढाएको हो । नगर कार्यपालिकाको कार्यालयले सबै वडा बस्ती पुग्ने तालिकासहित सोमबार थालिएको एकीकृत सेवा टोलीमा जनसहभागिता बढ्दै गएको कार्यालयका योजना अधिकृत राजेशकुमार शर्मा बताउनुहुन्छ ।

नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुँदै आएका जनसरोकारका काम एकीकृत घुम्ती सेवामा समावेश गरिएको छ । उक्त सेवाअन्तर्गत जन्मदर्तासहितका घटना दर्ता, नागरिकता तथा अन्य महत्वपूर्ण कामका निम्ति दैनिक हुँदै आएका सिफारिसका अतिरिक्त योजनासम्बन्धी अभिमुखीकरण, छलफल र सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, नाता प्रमाणित, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणसहितका कार्यक्रम समाविष्ट छन् ।

यसैगरी कृषिसम्बन्धी विज्ञबाट माटो परीक्षण, कृषि मिटर सिफारिस र तरकारीका मिनी कीट (बीउ) वितरण गरिँदै छ । घुम्ती सेवामा पशुबस्तुको गोबर र गर्भ परीक्षण, पशुपक्षीसम्बन्धी विभिन्न स्वास्थ्य समस्याबारे परामर्श तथा औषधि वितरणका कार्यक्रम पनि छन् । यसै कार्यक्रममा राजस्व असुली, गरिब परिचयपत्र वितरणसहितका वडा कार्यालयबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायत सेवा पनि समावेश गरिएको छ ।

एकै ठाउँमा विविध सेवा प्रवाहले विभिन्न कार्यालयबाट हुँदै आएका काम सर्वसाधारणले आफ्नै बस्तीमा सजिलै पाएका छन् । घुम्ती सेवाले भएका जनसरोकारका विकासे कार्यबारे आम चासो बढाएको मटिहानी नगरका उपप्रमुख मञ्जुदेवी साह बताउनुहुन्छ । यस क्रममा व्यक्तिगत घटना दर्ताबारे सचेतना बढेको र स्थानीय आवश्यकताबारे योजना बनाउन सर्वसाधारणको सहभागिता बढेको उहाँ बताउनुहुन्छ ।

नगर कार्यपालिकाको कार्यालयले जनसरोकारका काममा सर्वसाधारणको चासो बढाउन र सम्पादित कामबारे आम उपभोक्ताको धारणा समेट्न यो कार्यक्रम सहयोगी हुने जनाएको छ । आफ्नै बस्तीमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितका जनप्रतिनिधि, कार्यालयका अधिकृत कर्मचारी र विभिन्न शाखाका प्रमुखलाई एकै ठाउँमा भेटेपछि सर्वसाधारण खुलेर आफ्ना आवश्यकता र कामबारे टिप्पणी गर्ने भएका छन् । मुख्यरुपमा जनसरोकारका काममा जनसहभागिता बढाउने उद्देश्यसाथ सुरु गरिएको एकीकृत घुम्ती सेवाको कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । नगरमा नौ वडाका ५० भन्दा बढी बस्ती छन् । यो सेवा सबै बस्तीमा पु¥याइने प्रतिबद्धता उहाँ व्यक्त गर्नुहुन्छ ।

जिल्लाको दक्षिणपूर्वमा अवस्थित भारतसँग सीमा जोडिएको मटिहानीमा प्रारम्भ भएको यो कार्यक्रमको प्रभावकारिताबारे अब छिमेकका स्थानीयतहका सर्वसधारणमा पनि चासो बढेको छ । जलेश्वर, पिपरासहितका मटिहानीसँग सीमा जोडिएका स्थानीयतहका सर्वसाधारणले आफ्ना प्रतिनिधिसँग यस्तो कार्यक्रम आफ्ना गाउँठाउँमा पनि शीघ्र आयोजना गर्न अनुरोध गर्न थालेका छन् । रासस

बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.