• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल निर्माण कार्य द्रुतगतिमा

  •  मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित

मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल निर्माण कार्य द्रुतगतिमा अगाडि बढेको छ ।

यसका लागि चार वटा स्थानीय तहमा जग्गा छनोट तथा बोलपत्र भई अस्पताल भवन निर्माण भइरहेको छ, भने एक स्थानीय तहको जग्गा छनोट प्रक्रिया अगाडि बढेको छ ।

गत वर्ष मङ्सिर १५ गते देशभरिका ३९६ स्थानीय तहमा एकै दिन शिलान्यास गरिएको अस्पताल निर्माण कार्यअन्तर्गत मकवानपुरका पाँच स्थानीय तहमा पनि यसको निर्माण कार्य सुरु भएको बताइएको छ । इन्द्रसरोवर गाउँपालिकाबाहेक थाहानगरपालिका, राक्सिरागङ गाउँपालिका, मनहरि गाउँपालिका तथा कैलाश गाउँपालिकाले अस्पताल निर्माण कार्यलाई तीव्रता दिएको बताइएको छ ।

थाहा नगरपालिकामा रु १२ करोड ५६ लाखको लागतमा थाहानगरको वडा नं ४ मा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । नगरप्रमुख लवशेर विष्टले जग्गा खोजी र डिपिआर बनाउनका लागि समय खर्च भएपनि विसं २०८० को वैशाख महिनासम्ममा अस्पताल निर्माण भइसक्ने बताउनुभयो ।

मनहरि गाउँपालिका–७ मनहरि बजारमा जीर्ण अस्पताल रहेको र त्यसलाई भत्काएर सोही स्थानमा रु १० करोड १५ लाखको लागतमा १५ शय्याको अस्पताल निमार्ण कार्य सुरु भएको छ । अस्पतालको जीर्ण भवन भत्काएपछि अस्थायी भवन निमार्णमा पनि समय लागेको थियो । अहिले नयाँ अस्पताल भवन निर्माण कार्य सुरु भएको सो गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी राक्सिरागङ गाउँपालिका–५ स्थित ठाडेभिरमा अस्पताल निर्माण कार्य गरिरहेको सो गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । जिल्लाको विकट क्षेत्रको रुपमा रहेको सो गाउँपालिकाले रु ६ करोडको लागतमा १० शय्याको अस्पताल भवनको निर्माण कार्य अगाडि बढाएको बताउँदै उहाँले आगामी दुई वर्षभित्रमा त्यसको निमार्ण कार्य सम्पन्न हुने जानकारी दिनुभयो ।

यसैगरी जिल्लाको विकट क्षेत्र रहेको कैलाश गाउँपालिकाले पनि रु पाँच करोड ९२ लाखको ठेक्का सम्झौता गरी १० शय्याको अस्पताल भवन निर्माण कार्य सुरु गरेको जनाएको छ । कैलाश गाउँपालिका–३ कालिटारमा निमार्ण भइरहेको सो अस्पतालका लागि गत जेठमा ठेक्का सम्झौता गरी गत असोजबाट अस्पताल भवन निर्माण कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागार्इंले बताउनुभयो ।

यता इन्द्रसरोवर गाउँपालिकाले जग्गा अभावका कारण अहिलेसम्म अस्पताल भवनको निर्माण प्रक्रिया सुरु गर्न सकेको छैन । इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी ड्याम नजिक नेपाल विद्युत् प्राधिकरणको ७ रोपनी जग्गा उपयुक्त देखिए पनि गाउँपालिकाको स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गरिएको छ । तर प्राधिकरणको ढिलाइले अस्पताल निर्माणमा समस्या आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले बताउनुभयो । इन्द्रसरोवरमा रु ८० लाखको लागतमा पाँच शय्याको अस्पताल निर्माण गर्ने योजना रहेको सो गाउँपालिकाले जनाएको छ । रासस

मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.