• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बर्दिया अस्पताल एक परिचय

  •  सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित

डा.सुभाष पाण्डे । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतमा रहेको बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ६ स्थित हुलाकी सडकसँंग जोडिएर रहेको यस बर्दिया अस्पतालको ८३ वर्ष पहिले सन् १९४० ई. मा त्रि—जुद्व अस्पतालको नामबाट स्थापित भएको हो । यस जिल्लाको एक मात्र रिफरल सेन्टरको रुपमा रहेको यस बर्दिया अस्पतालले सीमित श्रोत साधनको अधिकतम प्रयोग गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा आर्थिक बर्ष २०७१,०७२ देखि १५ शैयाबाट स्तरोन्नति भई ५० शैयाको अस्पतालमा परिणत भएको छ ।

हाल यस अस्पतालमा १० जना विशेषज्ञ डाक्टर, ४ जना मेडिकल अधिकृत र १ जना डेण्टल सर्जन गरी १५ जना डाक्टरको दरबन्दी कायम रहेको छ । अस्पताल ५० शैयामा स्तरोन्नति भए पश्चात कुल ५९ जनाको दरबन्दी कायम भएको भएपनि संरचना अनुसार विशेषज्ञ डाक्टरको जनशक्तिको कमी रहेकोले अस्पताल विकास समितिको श्रोतबाट स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु करार सेवामा लिई कुल १४५ जनाको अस्पताल परिवारले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यस अस्पतालमा बहिरङ्ग सेवा (सार्वजनिक बिदा बाहेक) , आकस्मिक सेवा (चौबीसै घण्टा), प्रयोगशाला सेवा (चौबीसै घण्टा), अन्तरंग सेवा (चौबीसै घण्टा), फार्मेसी सेवा (चौबीसै घण्टा), अप्रेशन सेवा, निःशुल्क प्रसुती सेवा, दन्त उपचार सेवा, एचआईभी परामर्श तथा उपचार सेवा, लैङ्गिक हिंसा सम्बन्धी परामर्श र उपचार सेवा, सुरक्षित गर्भपतन सेवा, फिजियोथेरापी सेवा, इन्डोस्कोपी सेवा, सिकलसेल एनीमिया जाँच सेवा, थायराईड जाँच सेवा, जेरियाट्रिक सेवा, खोप तथा परिवार नियोजन, सेवा रेडियोलोजी सेवा, सामाजिक सेवा ईकाईबाट पुर्ण वा आंशिक छुट सहितको सेवा, विपन्न नागरिक उपचार सेवा (सिकलसेल एनिमिया), दमजन्य श्वासप्रश्वास सम्बन्धी दीर्घरोगी (COPD)

बालबालिकाहरुमा क्षयरोग पहिचान, पाठेघर मुख क्यान्सर पहिचान र प्रारम्भिक उपचार, स्तन क्यान्सर पहिचान, स्वास्थ्य बालबालिका ओपिडी, थाल्सेमिया निःशुल्क उपचार, निःशुल्क रगत, पेन प्लस ओपिडी., निःशुल्क हाईड्रोसिल अप्रेशन, निःशुल्क एम्बुलेन्स सेवा, शव वाहन सेवा, सिकलसेल बिरामीहरुको लागि निःशुल्क पीसीभी. खोप सेवा, महिलाहरुको आङ्ग खस्ने समस्याको निःशुल्क स्क्रिनीङ तथा उपचार कार्यक्रम सञ्चालन गरि सेवा दिंँदै आइरहेको छ ।

हाल ५९ जनाको दरबन्दीमा २८ जनाको पदपुर्ती रहेतापनि अस्पतालमा जम्मा २० जना कार्यरत रहेका छन भने ८ जना विभिन्न बिदामा रहेका छन् । त्यसैगरी दरबन्दी करार, छात्रवृत्ति करार, मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय तर्फ ३३ जना, कार्यक्रम करारतर्फ १८ जना, पेन (प्लस कार्यक्रम तर्फ ८ जना, अस्पताल विकास समिति र गुलरिया नगरपालिकाद्धारा जम्मा ६३ जना र अन्य गरी १४५ जना कर्मचारीहरुले सेवा दिंदै आएका छन ।

वर्तमान अवस्थामा बर्दियाको तथ्यांक हेर्ने हो भने आब २०७९र८० मा १लाख १५हजार ७१८ जनाले बर्दिया अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् भने अघिल्लो दुई आब २०७७ र ७८ र २०७८ र ७९ मा क्रमशः ४६ हजार ९६९ र १लाख ७ हजार ४७८ रहेको थियो । जसमध्ये ओपीडी सेवामा २०७९ र ८० मा ४५ हजार ८५३ जनाले र आब २०७७ र ७८ र २०७८ र ७९ मा क्रमशः ३१हजार ५६७ र ४५हजार १८१ जनाले सेवा लिएका थिए ।

निःशुल्क प्रसूति सेवा तथा स्त्री तथा प्रसूति रोग बिशेषज्ञ चिकित्सकको आगमन संँगै बर्दिया अस्तालमा प्रसूति तथा स्त्री रोगका बिरामीहरु आउने संख्या उल्लेखनीय रुपमा बढेको छ । आब २०७९ र ८० मा १ हजार ६८२ जनाले बर्दिया अस्पतालबाट प्रसूति सेवा लिएका छन् भने अघिल्लो आब २०७८ र ७९ मा १हजार ४४५ ले प्रसूति सेवा लिएका थिए । सर्जरीको अवस्था हेर्दा गत आबमा हेर्दा ५९४ जनाले मेजर सर्जरी सेवा र ५३५ जनाले माइनर सर्जरी सेवा लिएका छन ।करिब ४०हजार जनाले गत आबमा ल्याब सेवा लिएका छन् ।

राजनीतिक र प्रशासनिक हिसाबले यस बर्दिया अस्पताललाई सदैब साथ र सहयोग गरेको पाइन्छ । सर्वसाधारणको स्वास्थ्य सेवा सँंग सम्बन्धित बिषयमा यहांँका जनता र स्थानीय सरकार जागरुक भएर नै गुलरिया नगरपालिकाले आवश्यकता पहिचान गरि कन्सल्टेन्ट सर्जन बर्दिया अस्पताललाई उपलब्ध गराएको छ । गुनासो पेटिका र गुनासो सुन्ने अधिकारीको पहंँुचसँंगै नागरिक समाज तथा सेवा ग्राहीहरुमा अस्पताललाई निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न सकारात्मक सुझाब र पृष्ठपोषण दिई जनतातर्फ उत्तरदायी बनाउन प्रोत्साहन गरिरहेको छ । निरन्तररुपमा हुने गरेका सामाजिक परिक्षण र जनचेतनाका कार्यक्रमहरुले समाज र अस्पताल , अस्पताल र बिरामी बीचको सम्बन्धलाई थप बलियो र विश्वसनीय बनाएको छ ।

लुम्बिनी प्रदेशमै राम्रो सेवा दिएपनि अस्पतालले गर्नुपर्ने र हासिल गर्न चाहेको प्रगतिहरु चुनौतीका रुपमा अवसर साबित भएका छन् । सामाजिक र आर्थिक रुपमा बिरामीहरु सम्पन्न नहुनुको कारण बर्दिया अस्पतालको आम्दानी स्वास्थ्य बिमामा आश्रित हुनुपरेको छ । जसको भुक्तानी समयमा नहुनुले अस्पतालका कर्मचारी र सेवा प्रवाहमा स्वतः प्रभाव परिरहेको छ । दरबन्दी रिक्तता र स्थायी कर्मचारीहरु अध्ययÞन बिदामा जाने क्रमले गर्दा अस्पतालमा स्वास्थ्य जनशक्ती भित्र्याऊनु र कर्मचारीहरुलाई टिकाई राख्नुनै मुख्य चुनौतीको रुपमा स्थापित रहेको छ ।

पुरानो ओपीडी र इमर्जेन्सी भवन भएकाले कोठा अभावमा उपयोग गर्नुपर्ने र मर्मत संहारमै अधिकतम समय र श्रोत साधन खर्चिनु पर्ने बाध्यता रहेको छ । यस्तो अवस्थामा बर्दिया अस्पतालप्रति समुदायको विश्वास र भरोसा नै अवसरको रुपमा स्थापित भएको महसुश भएको छ । थारु जातीको बाहुल्यता भएको बर्दिया जिल्ला तथा आसपासका जिल्लामा रहेको सिकलसेल र थाल्सेमिया रोगको निदान तथा अनुसन्धान गर्न बर्दिया अस्पताल सदैव अग्रसर छ । अध्ययन अध्यापनका लागि प्रवल सम्भावना बोकेको बर्दिया अस्पतालले आगामी दिनमा आफ्नै अध्यापन केन्द्र स्थापना गर्ने सोचमा रहेको छ । हेमोडाईलाईसिस सेवा, हाडजोर्नी तथा नशा सम्बन्धित सम्पूर्ण सेवाहरु, नसर्ने रोग वार्ड सञ्चालन जस्ता नयांँ सेवाहरु आगामी दिनमा धेरै फलदायी, जीवनदायी सम्भावना बोकेका बर्दिया अस्पतालका बलिया आयाम हुन् ।

हालसालै सम्पन्न भएको न्यूनतम सेवा मापदण्ड –MSs२०८० मा अघिल्लो वर्ष ९५ .५ बाट ९६. ५ ल्याएर बर्दिया अस्पताल निरन्तर रुपमा लुम्बिनी प्रदेश तथा नेपालमै उत्कृष्ट सेवा प्रवाहको उदाहरण बनेको छ । आब २०७६ , ०७७, ०७८ को न्युनतम सेवा मापदण्ड र सम्पादित कार्य प्रगतिको मुल्यांकनको आधारमा लुम्बिनी प्रदेश अन्तगर्तका १३ वटा अस्पताल मध्ये बर्दिया अस्पताल प्रथम तथा २०७८– २०७९ मा द्धितीय हुन सफल भएको छ । प्रशासनिक सुशासन, बलियो व्यवस्थापन , गुणस्तरीय स्वास्थ सेवा, अस्पताल सपोर्ट, सर्भिस तथा अस्पतालका अन्य सुधारात्मक मापदण्डका पक्षहरुमा प्रगतिशिल नतिजा ल्याएकै कारण न्युनतम सेवा मापदण्डमा विगतबाट नै अब्बल दर्जामा उभिएको प्रष्ट छ । व्यवस्थित फोहरमैला , Quality Indicator Tools , शवबहान र शुन्य बेरुजु जस्ता कार्यहरुले अस्पताललाई अब्बल बनाउन मद्दत पुगेको छ ।

अन्त्यमा, अस्पताललाई अब्बल बनाउन दिनरात नभनी खटिने सम्पूर्ण कर्मचारी, शुभचिन्तक, बुद्धिजिवी, नागरिक समाज , राजनीतिक दल तथा सरकारी तथा गैरसरकारी संघसंस्थाप्रति बर्दिया अस्पताल सदैव कृतज्ञ रहनेछ ।

(लेखक डा. पाण्डे बर्दिया स्थित बर्दिया अस्पताल गुलरियाको प्रमुख मेडिकल सुपिरटेन्डेण्टको रुपमा कार्यरत हुनुहुन्छ । )

सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.