• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

जानकी आँखा अस्पतालका कर्मचारी आन्दोलनमा

  •  मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशको जिल्लाहरूमा आँखा उपचारको क्षेत्रमा अग्रणी स्वास्थ्य संस्थाको रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको जानकी आँखा अस्पताल अस्वस्थ बनेको छ ।

आँखा अस्पतालको भवन निर्माणमा स्विस रेडक्रसले २००७ मा गरेदेखि भवन सहितको भौतिक संरचनाको मर्मत संहार तथा संरक्षण व्यवस्थापन पक्षले नगर्दा अहिले बिग्रिन थालेको छ । संस्थाको सुधारको माग सहित आँखा अस्पतालमा कार्यरत रहेका कर्मचारी युनियन तथा स्थानीयवासी डेढ साता आन्दोलनमा उत्रेका छन् ।

स्थानीयले आँखा अस्पतालको आर्थिक आय व्ययलाई अपारदर्शी किसिमले परिचालन गरेको, विना प्रक्रिया कर्मचारी भर्ना गरेको, एउटै व्यक्ति चार वटा पदमा रहेको, आँखा अस्पताललाई व्यक्तिगत सम्पत्ति ठान्ने गरेको, संस्थाको अव्यवस्थापनका कारणले कर्मचारीहरूले विगत ३ महिना देखि तलव भत्ता नपाएको भन्दै पारदर्शीता तथा जबाफदेहिताको माग सहित आन्दोलनमा उत्रेका छन् ।

संस्थाको सुधारका लागि युनियनले पारदर्शी किसिमले सञ्चालन गर्न तथा संस्थाको विधान अनुसार सञ्चालन गर्न, एक्कै व्यक्ति धेरै पदमा रहेका कारणले संस्था प्रगतिको साटो अधोगति तर्फ जान थालेकाले सुरक्षा गर्नका लागि माग गरेका छन् ।

पुरानो स्वतन्त्र कर्मचारी युनियनले पत्रकार सम्मेलन सहितको अन्तरक्रिया गर्दै आँखा अस्पतालमा हुने गरेको भ्रष्टाचारको नियन्त्रण गरि कामकाज तथा आयलाई पारदर्शी बनाउनका लागि माग गरेको छ । युनियनका अध्यक्ष नुतन कुमार झाको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीहरूले संस्थाका अध्यक्षले प्रमुख जिल्ला अधिकारीले बोलाएको मिटिङ नआउने गरेको तथा समितिलाई विस्तार गर्न नखोजेको जनाएका छन् ।

जानकी आँखा अस्पतालसँगै स्थापना भएको लहान आँखा अस्पतालले वर्षमा १ लाख आँखाको शल्यक्रिया गरेपनि यो अस्पतालले १० देखि १२ हजार मात्र गर्ने गरेको गुनासो गरेका छन् । आँखा अस्पतालमा हुने गरेको अनियमितता नरोकिएको खण्डमा थप सङ्घर्षमा उत्रने पनि कर्मचारी युनियनले जनाएका छन् ।

अन्तरक्रिया तथा सर्वपक्षीय बैठकमा आँखा अस्पतालको सुधारको माग गर्दै पटक पटक आन्दोलन गर्दै आएका स्थानीय व्यवसायी श्याम सुन्दर झा, स्थानीयवासी हरिश्चन्द्र यादव, जनमतका स्थानीय नेता रञ्जित कुमार राय, समाजवादी ट्रेड युनियनका मधेश प्रदेशका अध्यक्ष उदय मिश्र सहितका स्थानीयवासीले आँखा अस्पतालको सुधारको माग गर्नु भएका थिए ।

मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.