• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

झापासहित तीन जिल्लामा अपाङ्गता रोकथाम कार्यक्रम सञ्चालन हुने

  •  बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित

बनियानी (झापा) । झापासहित तीन जिल्लामा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ सञ्चालनमा हुने भएको छ ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ देखि झापा, तेह्रथुम र पाँचथरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन ल्याउन लागेको हो । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले कार्यक्रम सञ्चालन गर्नका लागि झापाका १५ वटै पालिका जनप्रतिनिधि र कर्मचारीलाई सहभागी गराएर कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रमसमेत गरिसकेको मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारले करुणा फाउण्डेशन नेपाल र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेशसँग सहकार्य गरेर कोशी प्रदेशका ११ जिल्लाका एक सय सातवटा स्थानीय तहमा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।

झापाका १५ वटा पलिकामा कार्यक्रम सञ्चालन गर्न पहिलो वर्ष कुल रु १४ करोड ८४ लाख ७२ हजार लागत अनुमान गरिएको छ । जसमा तीनवटै साझेदार संस्थाले समान रु चार करोड ९४ लाख ९० हजारलगायत सहभागिता जनाउनुपर्ने सामाजिक विकास मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख फणिन्द्र खत्रीले बताउनुभयो ।

अपाङ्गता रोकथामसँगै अपाङ्गता भएका मानिसलाई सम्मानपूर्वक जीवन बिताउन मद्दत गर्ने मुख्य उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको करुणा फाउण्डेशनका योगेन्द्र गिरीले बताउनुभयो ।

“स–साना कुराले पनि मानिस अपाङ्गताको सिकार हुनुपरेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य सचेतना अपनाउन सके अपाङ्गताको समस्या धेरै समाधान गर्न सकिन्छ ।” फोलिक एसिडको चक्की सेवन गरेमात्र पनि अपाङ्गता भएको शिशु जन्मने खतरा ९५ प्रतिशत कम हुने उहाँले बताउनुभयो ।

नेपालमा १० हजार शिशु जन्मिँदा ५९ दशमलव नौ प्रतिशत बालबालिका जन्मदोष लिएर जन्मने गरेका छन् भने प्रतिहजार जीवित शिशुमध्ये २१ जना एक महिने शिशुको मृत्यु हुने गरेको छ । जसको चौथो मुख्य कारण जन्मदोष रहेको छ ।

झापामा २४ हजारमा अपाङ्गता

झापामा करिब २४ हजार जना मानिसमा अपाङ्गता रहेको पाइएको छ । जिल्लामा १५ वटा पालिकामा २३ हजार नौ सय ३५ जना मानिसमा अपाङ्गता रहेको कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले जानकारी दिनुभयो ।

जिल्लामा ११ हजार एक सय ९५ महिला र १२ हजार सात सय ५७ जना पुरुषमा अपाङ्गता भएको उहाँले बताउनुभयो । जनगणना २०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् छ लाख ६१ हजार छ सय १२ र कोशी प्रदेशमा कुल जनसङ्ख्याको दुई दशमलव चार प्रतिशत एक लाख १९ हजार ७४ जनामा अपाङ्गता रहेको छ ।

प्रदेश सरकारबाट नीतिगत व्यवस्था

प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क स्वास्थ्योपचार थालेको कोशी प्रदेश सरकारले अपाङ्गता रोक तथा पुनःस्थापनाका लागि विभिन्न छवटा नीतिगत व्यवस्था गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको प्रदेशस्तरीय समिति गठनसम्बन्धी कार्यविधि २०७६, अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन निर्देशिका २०७६, समुदायमा आधारित पुनःस्थापना सहजकर्ता छनोट मार्गदर्शन २०८०, अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन मार्गदर्शन २०८०, अपाङ्गता सहायता कक्षा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ र अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण एवं संस्था सुदृढीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन २०७९ निर्माण गरिएको सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईले जानकारी दिनुभयो ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो । रासस

बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.