• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बालबालिकाको पोषणलाई प्राथमिकतामा राख्न आग्रह

  •  शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

पाटन (ललितपुर) । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले बालबालिकाको पोषण कार्यक्रममा सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित पोषणसम्बन्धी एक कार्यशालामा उहाँले बालबालिकामा पोषणको धेरै ठूलो महत्व रहेको र स्वस्थ बालबालिका नै मुलुकको भविष्य भएकाले पोषणका कार्यक्रमहरुमा प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेेमा जोड दिनुभएको हो ।

डा राणाले आगामी बजेटमा पनि पोषणलाई प्राथमिकतामा राखेर बजेट बढाउनुपर्ने माग गर्नुभयोे ।

उहाँले भन्नुभयो, “पोषण सबैका लागि महत्वपूर्ण छ अझ बालबालिकामा यसको झन ठूलो महत्व छ । जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणमा ध्यान दिएनौँ भने हाम्रो देशका नागरिक कस्तो हुन्छन् ? अहिले मात्रै होइन भविष्यमा पनि उनीहरुको स्वास्थ्यमा यसले निकै असर गर्न सक्छ । उनीहरुको भविष्य कस्तो हुन्छ भन्ने कुरा पनि पोषणका कारण हुनसक्छ । त्यसैले राज्यले नै यस विषयमा गम्भीर भएर सोच्नुपर्छ ।

उहाँले पोषणजस्तो महत्वपूर्ण एवं बालबालिकाको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयलाई राज्यले प्राथमिकतामा पार्नका निम्ति स्थानीय तहदेखि नै नीतिगत व्यवस्था र पहल हुनु जरुरी रहेको बताउँदै यस विषयमा सरकारको विशेष रणनीति हुनुपर्नेमा जोड दिनुभयोे ।

रणनीति तथा नीति नै बनेपछि पनि कार्यान्वयन इमान्दारिताका साथ हुनुपर्नेमा सभापति डा राणाको जोड थियो । अहिले विभिन्न रणनीति रहेको भए पनि त्यसको कार्यान्वयनमा इमान्दारिता र प्रभावकारिता नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु । कृषि पोषणसँग पनि सम्बन्धित रहेकाले यी दुवै क्षेत्रमा नेपाल सरकारले हेर्नुपर्यो, आवश्यकताअनुरुप नै बजेट हुनुप¥यो ।”

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण महिला विकास र एकता केन्द्रद्वारा आयोजित पोषणमैत्री स्थानीय शासन अभियानसम्बन्धी सो राष्ट्रिय परामर्श कार्यशालामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी राष्ट्रिय कार्यकारी निर्देशक रोजिलिन गावरिलले पोषणमैत्री स्थानीय शासनको उद्देश्य, कार्यक्रमको पृष्ठभूमिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले हाल यो कार्यक्रम छ वटा प्रदेशका १६ जिल्लाका ५० पालिकाभित्रका दुई सय ७५ वटा वडामा लागू भइरहेको जानकारी गराउनु भयो ।

ग्रामीण महिला विकास तथा एकता केन्द्रका राष्ट्रिय निर्देशक डा कृष्णकुमार श्रेष्ठले मानिसको सामाजिक व्यवहार परिवर्तन नगरी पोषणमा सुधार ल्याउन नसकिने धारणा राख्नुभयो । रासस

शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.