• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

क्षयरोग मुक्त नेपाल अभियान : खोटाङमा ६० जना क्षयरोगी

  •  शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

खोटाङ । दश स्थानीय तह रहेको खोटाङमा ६० जना क्षयरोगको सङ्क्रमण भएको व्यक्ति भेटिएका छन् । स्वास्थ्य कार्यालय खोटाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदनअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८, हलेसी तुवाचुङ नगरपालिकामा १७, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा छ, खोटेहाङ र ऐँसेलुखर्क गाउँपालिकामा पाँच÷पाँच, केपिलासगढी गाउँपालिकामा तीन, रावाबेँसी र साकेला गाउँपालिकामा दुई÷दुई तथा जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा एक÷एकजना व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय खोटाङले आज आयोजना गरेको क्षयरोग मुक्त अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा पाँच आर्थिक वर्षको तथ्याङ्क प्रस्तुत गरेको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा ६०, २०७६÷७७ मा १५, २०७७÷७८ मा ३० तथा आर्थिक वर्ष २०७८÷७९ मा ४१ जना सङ्क्रमित रहेको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा क्षयरोगीको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएपछि निवारण गर्न दुईवटा स्थानीय तहका लागि मन्त्रालयबाट बजेट तथा कार्यक्रम आएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चम्लागाईंले जानकारी दिनुभएको छ । “क्षयरोग निवारण गर्न नेपाल सरकारले स्थानीय सरकारलाई जवाफदेही बनाउने कार्यक्रमहरु ल्याएको छ । यसैअन्तर्गत यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि रु ३० लाख ९७ हजार र हलेसी तुवाचुङ नगरपालिकाका लागि रु २७ लाख ८५ हजार बजेट प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “दुईवटा स्थानीय तहमा बढी सङ्क्रमित भेटिएकाले मन्त्रालयबाटै बजेट तथा कार्यक्रम आएको हो । अन्य स्थानीय तहमा कार्यालयबाटै नियमित कार्यक्रम सञ्चालन हुन्छ ।”

क्षयरोग मुक्त नेपाल अभियान खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जिल्लामा देखिएका समस्या समाधानका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । “क्षयरोग मुक्त नेपाल अभियान सबैको साझा कार्यक्रम हो । यसलाई सफल पार्न सबैको सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो, “नेपाल सरकारको यो अभियानलाई जनस्तरसम्म पु¥याउनुपर्छ । यसलाई नेपाल सरकारको कार्यक्रम त हो भनेर औपचारिकता पूरा गर्नपट्टि मात्र लाग्नु हुँदैन ।”

कार्यक्रममा सहभागी अग्रज पत्रकार कृष्ण आचार्यले जिल्लाका दुईवटा स्थानीय तहलाई मात्र प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्न नहुनेमा जोड दिनुभएको छ । “जिल्लाका अन्य स्थानीय तहहरु दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाभन्दा भौगोलिक हिसाबले टाढा छन् । अभियान सफल पार्न ती स्थानीय तहका स्थानीय बासिन्दाको पनि स्वास्थ्य परीक्षण गर्नुपर्छ । सहज ठाउँको स्थानीय बासिन्दालाई मात्र ध्यानमा राखेर कार्यक्रम गर्दा दूरदराजका ठाउँहरुमा भयावह अवस्था आउन सक्छ ।”

क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत गठित जिल्लास्तरीय समितिको बैठकसँगै आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का, औषधि व्यवसायी, महिला स्वास्थ्य स्वयम्सेविका, पत्रकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले नेपाल सरकारको राष्ट्रिय अभियान सफल पार्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारको राष्ट्रिय अभियान सफल बनाउन जिल्लाका दशवटै स्थानीय तह तथा ७९ वटै वडामा समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य प्रमुख चम्लागार्इंले बताउनुभयो । स्थानीय तहमा पालिका प्रमुख तथा वडामा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर क्रियाकलाप गरिने जनाइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको दिक्तेल–रुपाकोट, रुपाकोट–मझुवागढी नगरपालिकामा यसअघि नै ‘क्षयरोग मुक्त नेपाल अभियान’ सुरु गरिएको छ । क्षयरोगविरुद्धको लडाइँलाई साकार पार्ने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको बृहत् राष्ट्रिय रणनीतिक योजनाअन्तर्गत मुलुकभरिका एक सय २५ स्थानीय तहमध्ये दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिकामा चालु आर्थिक वर्षदेखि क्षयरोग मुक्त नेपाल अभियान सुरु गरिएको जनाइएको छ ।

क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत क्षयरोग मुक्त नगर निर्माणका लागि नगरस्तरीय समिति गठन गरिसकिएको छ । सरकारले सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रिय रणनीतिक योजना तयार पारेको हो । रासस

शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.