• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

  •  शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

गोरखा । सहिद लखन गाउँपालिका–८ बुङ्कोटमा सञ्चालित बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष वासुदेव ढकालले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि कूल रु ५१ लाख ७८ हजार आठ सय ४८ खर्च भएको उहाँले बताउनुभयो । “ठेकेदारसँग ठेक्का सम्झौता गर्दा रु ५३ लाख १३ हजार आठ सय आठमा ठेक्का सम्झौता भएको थियो, वडाध्यक्ष ढकालले भन्नुभयो, “तर निर्माण सम्पन्न हुँदा रु ५१ लाख ७८ हजार आठ सय ४८ भुक्तानी गरिएको छ ।”

स्वास्थ्य केन्द्रको भवन नहुँदा यसअघि महिला लक्षित कार्यक्रम सञ्चालनका लागि एक गैह्रसरकारी संस्थाले बनाइदिएको महिला सामुदायिक भवनबाट केन्द्रले स्वास्थ्योपचार सेवा दिँदै आएको थियो । “सामुदायिक भवनमा साधुरो ठाउँ भएकाले पनि सेवा दिन निक्कै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “अब आफ्नै जग्गामा भवन निर्माण भएपछि सजिलो भएको छ ।”
गएको असारमा भवन निर्माण सम्पन्न गर्नुपर्ने गरी गाउँपालिकाले श्री कल्याण निर्माण सेवासँग ठेक्का सम्झौता गरेको भए पनि ढिलो गरी भवन निर्माण सम्पन्न भएको हो । पालिकाले भवन निर्माणका लागि २०७९ माघ ११ गते कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

“सम्झौताअनुसार काम भइदिएको भए २०८० असार २० गतेसम्ममा निर्माण सम्पन्न हुनुपथ्यो”, उहाँले भन्नुभयो, “समयमा काम गर्न नसकेपछि पहिलो पटक म्याद थप गरिएको अवधिमा कम्पनीले भवन निर्माणको काम सम्पन्न गरेको हो ।” स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि स्थानीय नरमाया अम्गाई, रामकाजी थापा, मिस्टर थापा, कमलादेवी थापा, चन्द्रकुमारी श्रेष्ठ र डल्लीमाया श्रेष्ठले निःशुल्क जग्गादान गर्नुभएको थियो ।

जग्गादाताले उपलब्ध गराएको जग्गामा केन्द्रको एक तले पक्की भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न सङ्घीय सरकारबाट रु २६ लाख पाउनुपर्ने भए पनि रु २२ लाख मात्र प्राप्त भएको र बाँकी रु २९ लाख गाउँपालिकाले भुक्तानी गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो । वडा कार्यालयको भवन नजिकै निर्माण भएको स्वास्थ्य केन्द्रबाट अहिले तीन जना स्वास्थ्यकर्मीसहित चार जनाले सेवा दिँदै आएका छन् । रासस

शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.