• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

  •  आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित

राँझा (बाँके) । तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको चैत महिनासम्म एक सय १२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु भएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठले जानकारी दिनुभयो । मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका क्षेत्रका रहेका छन् ।

“नेपालगञ्जलाई मेडिकल सिटी भनिए पनि यही नवजात शिशु र सुत्केरीको मृत्यु धेरै देखिन्छ”, श्रेष्ठले भन्नुभयो, “घर नजिककै ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर नवजात शिशु तथा सुत्केरीको मृत्यु भइरहेको छ ।”

चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा नेपालगञ्ज उपमहानगरपालिकामा ७१ नवजात शिशु र छ सुत्केरीको मृत्यु भएको छ । यो अवधिमा कोहलपुरमा ३४, राप्ती सोनारीमा तीन, नरैनापुरमा दुई तथा खजुरा र जानकी गाउँपालिकामा एक–एक नवजात शिशुको मृत्यु भएको छ ।

यो अवधिमा खजुरामा दुई, डुडुवामा दुई तथा राप्ती सोनारी र नरैनापुरमा एक–एक सुत्केरीको मृत्यु भएको छ । विगतमा सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो भने अहिले सुत्केरी भइसकेपछि मातृ मृत्यु भइरहेको स्वास्थ्य कार्यालय बाँकेका मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

बच्चा जन्मिएको ४२ दिनसम्म सुत्केरी हुने गरिन्छ । यो बीचमा चारपटक स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठको अनुमान छ । बाँकेमा आठ पटक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौँमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको पाइएको छ ।

बढ्दो नवजात शिशु तथा मातृ मृत्युदर न्यूनीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिए पनि सुधार हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो । बाँकेमा मिश्रित समुदायको बसोबास छ । खासगरी मधेसी तथा मुस्लिम समुदायमा नवजात शिशु र मातृ मृत्युदर बढी देखिएको छ । जनचेतनाको अभाव, नियमित गर्भ जाँचलगायतका कारणले मृत्युदर बढेको स्वास्थ्य कार्यालय प्रमुख शाहीको भनाइ छ ।

नवजात शिशु तथा आमाको मृत्युदर न्यूनीकरणका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । बाँकेमा नवजात शिशु र आमा मृत्युदर घट्न सकेको छैन । मृत्युदरको तथ्याङ्क हेर्दा बजार क्षेत्रमा बढी छ । सचेतनाको अभाव र अस्वस्थकर जीवनशैलीका कारण बजार क्षेत्रमा नै मृत्युदर उच्च रहेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताउनुभयो । रासस

आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.