• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

झापा र कैलालीमा खोप अभियान
  • ४ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १ दिन 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

बिर्तामोड नगरपालिकाद्वारा बिरामीलाई सहयोग

  •  सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

सुरुङ्गा । ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

झापाको बिर्तामोड नगरपालिकामा मात्रै गत आर्थिक वर्ष २०७९÷८० मा एक सय ६४ रोगीलाई औषधि उपचार खर्चबापत मासिक रु पाँच हजार उपलब्ध गराइएको छ । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका अधिकृत राजीवकुमार विष्टका अनुसार बिर्तामोड नगरपालिकाले अघिल्लो आर्थिक वर्ष यस्ता रोगीका लागि झन्डै रु एक करोड वितरण गरेको हो । यो आर्थिक वर्षका लागि समेत नसर्ने गम्भीर प्रकृतिका दीर्घरोगीको औषधि उपचार खर्चबापत प्रदान गरिने रकम सरकारसँग माग गरिएको उहाँको भनाइ छ ।

बिर्तामोड नगरपालिकाको पछिल्लो तथ्याङ्क हेर्ने हो भने यहाँ क्यान्सर रोगीको सङ्ख्या धेरै पाइएको छ । बिर्तामोडमा एक सय २६ जना क्यान्सर रोगीले सरकारले उपलब्ध गराउँदै आएको मासिक रु पाँच हजार नियमित लिँदै आएका छन् । बिर्तामोडमा क्यान्सर पछि मिर्गाैला रोगी धेरै देखिएका छन् । नगरका ३४ जना मिर्गाैला रोगीले सरकारले उपलब्ध गराएको औषधि उपचार सुविधा लिँदै आएका छन् ।

त्यस्तै, चारजनामा मेरुदण्डको पक्षाघात देखिएको छ । उनीहरुले समेत मासिक रु पाँच हजार औषधि उपचारका लागि खर्च लिँदै आएका छन् । चालु आर्थिक वर्षका लागि पनि यस्ता रोगीले पाउँदै आएको रकम प्रदान गर्ने तयारी भइरहेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका अधिकृत विष्टका अनुसार सुविधा पाउँदै आएका रोगीका विषयमा बुझ्ने काम भइरहेको र उनीहरुलाई जतिसक्दो चाँडो रकम प्रदान गर्ने तयारी भइरहेको छ ।

सरकारले गम्भीर प्रकृतिका बिरामीका लागि औषधि उपचार गर्न सहयोग पु¥याउने उद्देश्यले २०६८ सालमा कार्यविधि बनाएर यस्ता रोगीलाई औषधि उपचार खर्च प्रदान गर्दै आएको छ । सोही कार्यविधिअनुसार हाल देशभर रहेका ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि तयार गर्दै अघिल्लो आर्थिक वर्षबाट यस्ता बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको हो । मन्त्रालयले तयार गरेको कार्यविधिको दफा २ (ख) मा मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका र क्यान्सर रोग पहिचान भई उपचारपछि निको भइसकेका बाहेकका चिकित्सकले तीन–तीन महिनाभित्र निरन्तर निगरानी ‘क्लोज फलोअप’ राखेका व्यक्तिलाई यो सुविधा प्रदान गर्ने गरिएको छ ।

यसैगरी, मेरुदण्ड पक्षाघात भएका (रातो र नीलो अपाङ्ग परिचयपत्रवाहक) व्यक्तिलाई पनि सरकारले औषधि उपचार खर्च प्रदान गर्दै आएको छ तर सरकार वा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा सङ्गठनबाट रोजगारी निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी ‘पेन्सन’ प्राप्त गरिरहेको व्यक्तिले भने यस सुविधा लिन नसक्ने कार्यविधिमा उल्लेख छ ।

यसैगरी, सरकारबाट उपलब्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपाङ्ग भत्ता पाउनेले सो भत्ता वा उपचार खर्चमध्ये एक रोज्नुपर्नेछ । एकभन्दा बढी रोग लागेकाले पनि दोहोरो भत्ता नपाउने कार्यविधिमा उल्लेख छ ।

नसर्ने रोगका कारण नेपालमा वार्षिक एक लाख ३७ हजारजनाको मृत्यु हुने गरेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कमा वार्षिक कूल मृत्युदरको ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेकोे छ । रासस

सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झापा र कैलालीमा खोप अभियान
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.