• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

तनहुँमा डायलासिस गराउन पालो पर्खिनुपर्ने समस्या हट्यो

  •  मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित

डुम्रे (तनहुँ) । तनहुँमा मिर्गौला रोगका बिरामीले ब्यहोर्नुपर्ने सास्ती हटेको छ । बिरामी बढेसँगै डायलासिस गर्ने उपकरण थपिएपछि जिल्ला अस्पतालमा उपचार सहज भएको छ । दमौली अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा परिवर्तन बरालले विगतमा बिग्रिएका उपकरणको स्थानमा नयाँ उपकरण जडान गरिएपछि अस्पतालमा बिरामीलाई डायलासिस सेवा सहज बन्दै गएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा ‘डायलासिस मेसिन’ उपलब्ध भएपछि हाल सेवा प्रवाह सहज भएको छ । डा बरालले भन्नुभयो, “डायलासिसकै लागि पालो कुर्नु अवस्थाको अन्त्य भएको छ, दमौली अस्पतालले तीनवटा नयाँ उपकरण पाएपछि प्रतीक्षा सूचीमा रहेका सबै सेवाग्राहीले समयमा नै सेवा पाएका पाउनुभएको छ ।”

जिल्लास्थित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यले समन्वयमा नयाँ मेसिनको व्यवस्था भएपछि प्रतीक्षा सूचीमा रहेका २१ डायलासिसका बिरामीले पालो कुर्नुपर्ने अवस्था हटेको उहाँले बताउनुभयो । डा बरालले भन्नुभयो, “अस्पतालमा मेसिन अभाव र धेरै बिरामी भएकाले उहाँहरुले समयमै डायलासिस गर्न पालो पर्खनुपर्ने सास्ती अहिले समाधान भयो, पालो कुर्नु नपर्दा बिरामीलाई डायलासिस उपचार सेवा लिन सहज भएको छ, सातवटा मेसिनबाट सेवा प्रवाह भइरहेको छ ।” अहिले सबैले समयमा नै उपचार पाएको उहाँले बताउनुभयो ।

कूल आठ मेसिनमध्ये सात वटाबाट सेवा प्रवाह भइरहेको छ भने एउटा भैपरी आउने अवस्थामा प्रयोग गर्न राखिएको छ । उहाँले भन्नुभयो, “एउटा मेसिन मात्रै बिग्रिएको खण्डमा स्टकमा राखिएको मेसिनको उपयोगबाट सेवा प्रवाह गर्न सक्नेछौँ ।”

अस्पतालको डायलासिस युनिटका प्रमुख शैलेन्द्र मिश्रले डायलासिस सेवा लिनेमा ५५ बिरामीले सेवा लिइरहेका जानकारी दिनुभयो । उहाँका अनुसार हप्ताको दुई पटक ४९, तीन पटक पाँच जना र एक पटक एक जना गरी ५५ बिरामीले डायलासिस सेवा लिइरहेका छन् ।

हाल डायलासिस युनिट कक्षमा सात डायलासिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साँझ गरी तीन पटक प्रत्येक बिरामीलाई आलोपालो डायलासिस सेवा दिने गरिएको छ । यहाँबाट तनहुँसहित लमजुङ, गोरखा र कास्कीका बिरामी सेवा लिइरहेका उहाँले बताउनुभयो । डायलासिसको युनिट स्थापना गर्ने तथा क्षमता थप गर्ने गरिएकोले बिरामी चाप कम हुँदा पालो कुर्नु नपरेको मिश्रले जानकारी दिनुभयो ।

मिश्रले भन्नुभयो, “एक सय ५० जनासम्म प्रतीक्षा सूचीमा हुनुहुन्थ्यो, हाल छिमेकी जिल्लामा युनिट सञ्चालन गरिएपछि बिरामीको चाप पनि घटेको छ ।” विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो ।

हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको हो । केन्द्रमा सुरुमा रु एक करोड २० लाखको लागतमा छवटा डायलासिस उपकरण जडान गरिएको थियो पछि तीनवटा उपकरण थप गरिएको हो ।

केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना पति शत्रुघ्न उपाध्यायको स्मृतिमा रु एक करोड सहयोग गर्नुभएको थियो । उहाँले पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो । जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यस अगाडि अन्यत्रै गएर उपचार तथा डायलासिस सेवा लिनुपर्ने बाध्यता थियो ।

हाल जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको आँबुखैरेनी अस्पतालमा पनि डायलासिसको सेवा प्रवाह भइरहेकाले पनि यहाँ बिरामीको चाप कम हुन थालेको छ । त्यस्तै छिट्टै नै जीपी कोइराला श्वासप्रश्वास राष्ट्रिय उपचार केन्द्रमा पनि डायलासिस सेवा दिने तयारी भइरहेको जनाएको छ । रासस

मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.