• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ९ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १० घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १४ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १४ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १५ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १५ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

लोपोन्मुख र सीमान्तकृतको निशुल्क स्वास्थ्य बीमा गराउँदै बागमती प्रदेश सरकार

  •  बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

बागमती । बागमती प्रदेश सरकारले लोपोन्मुख, सिमान्तकृत र अपाङ्गता भएका परिवारलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा पछाडि परेका लोपोन्मुख जाती, सीमान्तकृत समुदाय, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम् सेविकाको परिवारलगायतलाई निशुल्क स्वास्थ्य बीमा गराएको हो ।

गत आर्थिक वर्ष २०७९/८० देखि सञ्चालन भएको बागमती प्रदेश सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उक्त लाभान्वित समूहका १७ हजार सात सय ३२ परिवारको स्वास्थ्य बीमा गरिएको छ । बीमा गरिएकाहरुको प्रिमियमबापत हालसम्म बीमा कम्पनीलाई रु छ करोड २२ लाख ५१ हजार छ सय भुक्तानी गरिएको बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सूचना अधिकारी डा रवीन भुषालले जानकारी दिनुभयो ।

सूचना अधिकारी भुषालका अनुसार प्रदेश सरकारले बागमती प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । सो कार्यक्रम अन्तर्गत हालसम्म सबै भन्दाबढी दोलखामा तीन हजार चार सय ५२ परिवारको स्वास्थ्य बीमा गरिएको छ । सबै भन्दा कम मकवानपुरमा एक सय एक परिवारको स्वास्थ्य बीमा भएको छ ।

प्रदेश सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत चितवनमा तीन हजार एक सय २७, सिन्धुपाल्चोकमा दुई हजार पाँच सय ९८, धादिङ जिल्लामा एक हजार पाँच सय ९३, काभ्रेपलाञ्चोकमा एक हजार पाँच सय ४९, काठमाडौँमा एक हजार दुई सय छ, रामेछापमा एक हजार दुई सय ९० परिवारले स्वास्थ्य बीमा गराएका छन् । त्यसैगरि ललितपुरमा नौ सय ४८, नुवाकोटमा नौं सय तीन, सिन्धुलीमा छ सय ४९, रसुवामा दुई सय २५ र भक्तपुरमा एक सय पाँच परिवारको स्वास्थ्य बीमा गरिएको छ ।

चार जना सदस्य भएको परिवारले रु तीन हजार र सात जना सदस्य रहेको परिवारले रु तीन हजार पाँच सय वार्षिक प्रिमियम तिर्नुपर्ने हुन्छ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गराईएकामध्ये महिला स्वास्थ्य स्वयंम् सेविकाको परिवारको बीमा बापतको प्रिमियम रकममा ५० प्रतिशत सङ्घीय सरकारले र बाँकी ५० प्रतिशत प्रदेश सरकारले तिरिदिने व्यवस्था रहेको सूचना अधिकारी डा भुषालले बताउनुभयो ।

लोपोन्मुख जाती, अति सीमान्तकृत समूह, आश्रममा आश्रित, अपाङ्गताको प्रिमियम बापतको सम्पूर्ण रकम प्रदेश सरकारले बीमा कम्पनीलाई बुझाउने कार्यविधिमा व्यवस्था छ । प्रत्येक स्थानीय तहको वडामा खटिएका दर्ता सहयोगीमार्फत लक्षित परिवारको खोजी गरी स्वास्थ्य बीमा गर्ने गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालबाट बीमा गराएको परिवारले वर्षमा रु एक लाखसम्मको निःशुल्क औषधोपचार पाउने छन् । रासस

बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.