• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

लुम्बिनी प्रदेशमा मातृ मृत्युदर देशकै उच्च

  •  शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

लुम्बिनी । लुम्बिनी प्रदेशमा देशभरमै उच्च मातृ शिशु मृत्युदर छ । ठूल्ठूला र सुविधा सम्पन्न अस्पताल भएपनि सुत्केरी आमा र शिशुको मृत्यु हुने दर कहालीलाग्दो छ । दुई दुई वटा प्रादेशिक, ३ वटा संघीय, १३ वटा जिल्ला स्तरका र १९ वटा साधारण अस्पताल रहेको लुम्बिनी प्रदेशमा स्वास्थ्य चौकीहरूको सङ्ख्या नै १ हजार ९ सय ४० छ ।

प्रदेशमा २८ वटा आधारभूत स्वास्थ्य उपचार केन्द्र, ५ सय ६३ वटा हेल्थ पोष्ट, ४ सय ४९ वटा बर्थिङ सेन्टर र ३ सय ४ वटा आधारभूत स्वास्थ्य केन्द्र गरी सरकारी स्वास्थ्य संस्था मात्रै ४ हजार ४१ वटा छन् । तर, मातृ शिशु मृत्युका हिसाबले भने लुम्बिनी प्रदेश सबभन्दा कमजोर देखिएको छ ।

लुम्बिनी प्रदेशमा १ लाख जीवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेका छन् । जुन देशका सात वटै प्रदेशमध्ये सबैभन्दा धेरै हो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तथ्याङ्क अधिकृत मान बहादुर ओलीले तथ्याङ्क प्रस्तुत गर्नुहुँदै देशभरको अवस्था हेर्दा प्रति १ लाख जीवित जन्ममा १५१ जना आमाले ज्यान गुमाउने गरेको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेशमा भने ७६ हजार २४३ जीवित जन्ममा १ सय ५८ जना आमाको मृत्यु भएको छ । प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु हुने जिल्ला बाँके र दोस्रोमा रुपन्देही छ ।

तथ्याङ्क अधिकृत ओलीका अनुसार १५८ जना मातृ मृत्यु हुँदा बाँकेमा ३६ र रुपन्देहीमा ३० जनाको मृत्यु भएको छ । त्यस्तै कपिलवस्तु २८, दाङमा १५, बर्दिया १४, पश्चिम नवलपरासी र गुल्मीमा ७र७ जना, प्युठान र रोल्पामा ६र६ जनाको मृत्यु भएको छ । त्यस्तै अर्घाखाँची र मा ४र४ जना र सबैभन्दा कम रुकुम पूर्वमा एक जना आमाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

मृत्यु हुने सङ्ख्यामा पनि ५४ प्रतिशत मातृ मृत्यु स्वास्थ्य संस्थामा हुने गरे पनि ४६ प्रतिशतको मृत्यु भने स्वास्थ्य संस्था भन्दा बाहिर हुने गरेको पाइएको छ । जसमा २९ प्रतिशतको घरमा, १२ प्रतिशतको एउटा स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा जाँदै गर्दा र ५ प्रतिशतको स्वास्थ्य संस्थामा जाँदै गर्दा हुने गरेको छ ।

मातृ मृत्यु दर सबैभन्दा उच्च रहेको लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्यु दर पनि उच्च रहेको छ । जन्म पश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ । यो अवधिको मृत्यु पनि लुम्बिनी प्रदेशमा उच्च रहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९/०८० मा प्रदेशमा ५ सय ८० जना नवजात शिशुहरूको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशका ४४ प्रतिशत सुत्केरी आमाहरूमा गर्भ अवस्थाबाटै रक्त अल्पताको समस्या रहेको पाइएको छ । ८ पटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने भएपनि हाल ८८ प्रतिशतले मात्र गर्भ जाँच गराएको तथ्याङ्क रहेको र त्यसमा पनि ७ प्रतिशतले मात्र गुणस्तरीय गर्भ जाँचको सुविधा पाउने गरेको तथ्याङ्क अधिकृत ओलीले बताउनुभयो । नियमित रुपमा गर्भ जाँच र बच्चा जन्मिसकेपछि ४५ दिनसम्म ४ पटक सुत्केरी जाँच नगराएका कारण धेरै आमाहरूको ज्यान जाने जोखिम रहेको उहाँको भनाई छ ।

लुम्बिनी स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद कुमार गिरीको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक प्रमुख कमरुद्दिन राईको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उच्च मातृ शिशु मृत्युदर कम गर्न बर्थिङ सेन्टर व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ । वडाहरूमा व्यवस्थित बर्थिङ सेन्टर नहुँदा सुत्केरी आमाको अकालमा ज्यान जाने गरेको बताइएको छ । भेरी अस्पतालमा सुत्केरीहरूको चापले गर्दा बेड नपाउने समस्या र बर्थिङ सेन्टरहरूमा आवश्यक सुविधा नहुँदा नगरपालिकाभित्रकै धेरै सुत्केरीले ज्यान गुमाइरहेको मृतक सुत्केरीका परिवारले गुनासो गरेका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट जटिल अवस्थाका सुत्केरीहरू भेरी अस्पतालमा आउने भएकाले सुत्केरीलाई सहजै बेड उपलब्ध गराउन समस्या भइरहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पवनजंग रायमाझीले बताउनुभयो । पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा छुट्टै प्रसूति गृहको आवश्यकता रहेकाले यसको लागि तीनै तहको सरकारले चासो लिनुपर्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो ।

यसैगरी स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका परिवार नियोजन पर्यवेक्षक डा। कौशल भण्डारीले जनस्वास्थ्य सेवा ऐन २०७५ बारे प्रतुतिकरण गर्नुभएको थियो । सो ऐन बमोजिम नौ वटा क्षेत्र आधारभूत स्वास्थ्य सेवाभित्र पर्ने उहाँले बताउनुभयो । सोही अनुसार खोप सेवा, एकीकृत नवजात शिशु, बालरोग व्यवस्थापन, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, मातृ शिशु तथा बाल स्वास्थ्य, सरुवा रोग, नसर्ने रोग तथा शारीरिक विकलांगता, मानसिक रोग, ज्येष्ठ नागरिक, सामान्य आकस्मिक अवस्था, स्वास्थ्य प्रवर्धन, आयुर्वेद तथा परम्परागत स्वास्थ्यसम्बन्धी सेवाहरू आधारभूत स्वास्थ्य सेवा ऐनमा समावेश रहेको तर सुत्केरी आमाहरूले निःशुल्क सेवा पाउन नसकिरहेको बताउनुभयो ।

बाँकेमा चालू आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न गाउँपालिकाका छन् । जिल्लाको खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्तीसोनारी र नरैनापुरमा १–१ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगन्जलाई मेडिकल सिटी भनिए पनि यहीँ सुत्केरीको मृत्यु धेरै भएको देखिन्छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन विष्णु श्रेष्ठका अनुसार घर नजिकै ठूल्ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भएपनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा। गिरीले लुम्बिनी प्रदेशमा मातृ शिशु मृत्यु बढी भएका स्थानीय तहहरूमा विशेष आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य क्लिनिक सञ्चालन, आपतकालीन अवस्थाका गर्भवती महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रम सञ्चालन गरिए पनि घरमै सुत्केरी हुँदा मातृ मृत्युदर उच्च हुने गरेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरका डाक्टर, नर्स, बाँकेका विभिन्न पालिका अन्तर्गतका स्वास्थ्य शाखा प्रमुख, बर्थिङ सेन्टरका कर्मचारी र मृतक सुत्केरीका परिवारहरूको सहभागिता थियो ।

शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.