• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १५ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १५ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १६ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १८ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १९ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • २१ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ४. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ७. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ८. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ९. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • १०. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक

  •  शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

काठमाडौँ । चारदशक मानवीय सेवामा व्यतित गर्नुभएका नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापाद्वारा लिखित ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक भएको छ ।

यस अवधिमा उहाँले सोसाइटीको तीन कार्यकाल अध्यक्ष पदको कुशलदायी नेतृत्व प्रदान गर्नुभएको थियो । विभिन्न ११ अध्यायमा तीन सय २६ पृष्ठको सो पुस्तकभित्र उहाँले आफ्नो कार्यकालमा भएका उपलब्धि तथा चुनौतीसहित नेपालमा रेडक्रस अभियानको इतिहासलाई जीवन्तरुपमा सरल भाषामा उजागर गर्नुभएको छ ।

पुस्तकभित्र रेडक्रसको तीन अङ्ग रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आइसिआरसी०, रेडक्रस एवं रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ ९आइएफआरसी० र राष्ट्रिय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीहरुको कामका बारेमा जानकारी दिइएको छ ।

साथै नेपाल रेडक्रसको स्थापनाका सन्दर्भ र हालसम्म आइपुग्दा यसले खेप्नुपरेका अरोहअवरोधलाई पुस्तकमा सटिक ढङ्गबाट विश्लेषण गरिएको छ । अन्तर्राष्ट्रिय रेडक्रस एवं नेपाल रेडक्रसको अभ्युदय, रेडक्रसका मेरो प्रवेश र विभिन्न हैसियतमा रहँदा भएका प्रयास, अध्यक्षताको तीन कार्यकालमा गरिएका प्रयास, सञ्चालित कार्यक्रम र तिनको उपलब्धि, नेपाल रेडक्रसको स्वर्ण जयन्ती, रेडक्रसद्वारा सम्पादित काम र उपलब्धि, रेडक्रस र सरकाबीचमा सम्बन्ध, रेडक्रसले आगामी दिनमा चाल्नुपर्ने कदम, सेवादान र गोदाम घर निर्माण, समाजसेवा बद्लिँदो प्रवृत्ति र रेडक्रस कानुन शीर्षकभित्रका अध्यायमा थापाले आफ्ना अनुभवलाई पुस्तकमा लिपिबद्ध गर्नुभएको छ ।

नेपाली कांग्रेसका नेताद्वय विमलेन्द्र निधि, डा मीनेन्द्र रिजाल, दिव्य शताब्दी पुरुष डा गौरीलाल शङ्करदास र सोसाइटीका पूर्वमहामन्त्री देवरत्न धाख्वाले संयुक्तरुपमा ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तकको सार्वजनिक गर्नुभयो ।

सो अवसरमा नेता निधिले मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकताजस्ता रेडक्रसको सिद्धान्तअनुसार नेपाल रेडक्रसलाई सञ्चालन गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “नेपाल रेडक्रसलाई राजनीतिक विवादको क्रिडास्थल र यसका कामलाई हस्तक्षेप गरिनुहुन्न । राजनीति आस्था र विचारले रेडक्रस हेरिनु हुँदैन । विपद्का समयमा मानवीय सेवा र सङ्कटासन्न समुदायको हित गर्ने यसको मूल ध्येयलाई कही कतैबाट विवादको विषय बनाइनुहुन्न ।”

अर्का नेता डा रिजालले मानवता र मानव सेवा गर्ने रेडक्रसको स्थापित उच्च राष्ट्रि«य र अन्तर्राष्ट्रि«य छविलाई खुस्काउने काम कहीँकतै कुनाबाट गरिनुहुन्न भन्नुभयो । उहाँले भन्नुभयो, “रेडक्रस अभियान जान्न र बुझ्न चाहनेका लागि पुस्तक ऐतिहासिक दस्तावेज बन्न सक्छ । नेपाल रेडक्रसको साख जोगाउन पुस्तक सेतु बन्न सक्छ ।”

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले रेडक्रस जस्तो पवित्र संस्थालाई दलीय दलदलमा फसाउन खोज्ने र दलीयकरण गर्न खोज्ने दुवै प्रवृत्तिविरुद्धमा सङ्गठित आवाज उठान आवश्यक रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “पुस्तक अन्तर्राष्ट्रिय रेडक्रस, यसको स्थापना, सिद्धान्त, यसमा संलग्न स्वयंसेवकको आचरण, व्यवहार, सेवामा लाग्ने आनन्द र सौन्दर्य, नेपालको इतिहास, विगत र वर्तमानका रुपमा पाठ्यक्रममा समावेश गर्दा नै हुन्छ ।”

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्वकार्यकारी निर्देशक तीर्थराज वन्तले नेपाल रेडक्रसको छविलाई पूर्ववत्रुपमा फर्काउन पुस्तकले सेतुका रुपमा काम गर्ने विश्वास व्यक्त गर्दै रेडक्रसप्रति चासो राख्नेलाई पुस्तक ऐतिहासिक दस्तावेज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ पुस्तक रेडक्रसको इतिहास अध्ययन गर्न चाहनेका लागि महत्वपूर्ण दस्तावेजको सङ्कलन हो ।”

नेपाल रेडक्रस सोसाइटीका पूर्वमहामन्त्री देवरत्न धाख्वाले सरल भाषामा लेखिएको पुस्तकले रेडक्रस अभियानलाई उजागर गर्दै यसका चुनौतीलाई समेत देखाइदिएको छ भन्नुभयो । उहाँले भन्नुभयो, “रेडक्रस मानवीय सेवाको अभियान हो, यसमा दलगत विचार र आस्थाले प्रवेश पाउनुहुन्न ।”

नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष एवं पुस्तकका लेखक थापाले आफूले मानवीय सेवाका बिताएका र भोगेका अनुभव र चुुनौतीलाई जस्ताको त्यस्तै पुस्तकमा समावेश गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुस्तकमा विषय कसैको अनावश्यक प्रशंसा, कसैलाई अनावश्यक निन्दा र आफूलाई अगाडि देखाउने हिसाबले प्रस्तुत गरिएको छैन ।”

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्वनिर्देशक डा विष्णुहरि देवकोटाले रेडक्रस के हो भनेर बुझ्नका लागि ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक महत्वपूर्ण दस्तावेज भएको टिप्पणी गर्नुभयो । कार्यक्रममा सोसाइटीका अध्यक्ष प्रा सुदर्शन नेपाल, कार्यकारी निर्देशक उमेश ढकाल, सोसाइटीका पूर्वउपमहामन्त्री हरि न्यौपाने, वरिष्ठ अधिवक्ता शम्भु थापालगायतको उपस्थिति रहेको थियो । रासस

शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.