• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

झापा र कैलालीमा खोप अभियान
  • ५ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १ दिन 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानमा बिर्तामोड पहिलो

  •  सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

सुरुङ्गा (झापा) । हात्तीपाइलेविरुद्धको ‘राष्ट्रिय आमऔषधि सेवन’ गराउने अभियानमा जिल्लामा बिर्तामोड नगरपालिका पहिलो भएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोडले सबैभन्दा बढीलाई औषधि सेवन गराएर अभियानको पहिलो बनेको हो ।

बिर्तामोडले नगरभित्रका ९९.१८ प्रतिशतलाई मानिसलाई औषधि सेवन गराउन सफल भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्राकोटीले जानकारी दिनुभयो । बिर्तामोडको कूल जनसङ्ख्या एक लाख २० हजार तीन सय ३८ मध्ये एक लाख १० हजार तीन सय ५५ लाई ओषधि खुवाउने लक्ष्य लिएको थियो ।

नगरपालिकाले लिएको लक्ष्यभन्दा धेरै जनालाई औषधि सेवन गराउन सफल भएको नगरपालिका स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ दिपक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्यभन्दा १.९ प्रतिशत अर्थात् १०९ प्रतिशतलाई औषधि सेवन गाइएको हो ।

“बिर्तामोडले निर्धारण गरेको लक्ष्यमा औषधि खान नमिल्ने जनसङ्ख्यालाई कटाइएको थियो । त्यसलाई आधार मान्दा लक्ष्यभन्दा बढीलाई औषधि सेवन गराइएको छ”, फोकल पर्सन सापकोटाले भन्नुभयो, “जिल्लाको कूल जनसङ्ख्यालाई आधार मानेर प्रतिशत निकाल्ने गरिएको छ । नगरले औषधि खान मिल्नेलाई मात्रै आधार मानेर औषधि खानेको सङ्ख्यालाई प्रतिशतमा निकालेकाले १.९ प्रतिशत देखिएको हो ।”

अभियानअन्तर्गत १० वटा वडा रहेको बिर्तामोडमा वडा नं १ मा १० हजार आठ सय ८१, वडा नं २ मा १२ हजार छ सय ५५, वडा नं ३ मा ११ हजार छ सय १९, वडा नं ४ मा १४ हजार सात सय ९३ र वडा नं ५ मा २४ हजार २३ जनाले औषधि सेवन गरेका फोकल पर्सन सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं ६ मा सात हजार एक सय ३४, वडा नं ७ मा आठ हजार तीन सय ५६, वडा नं ८ मा छ हजार छ सय ६९, वडा नं ९ मा पाँच हजार छ सय ४२ र वडा नं १० मा आठ हजार पाँच सय ८३ जनाले आमऔषधि सेवन कार्यक्रमअन्तर्गत ओषधि सेवन गरेका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

अभियानका क्रममा भद्रपुर नगरपालिकामा सबैभन्दा कमले औषधि सेवन गरेका पाइएको छ । वैशाख १६ गतेदेखि ३० गतेसम्म सञ्चालित अभियानमा भद्रपुरले ४४.२७ प्रतिशत औषधि सेवन गराएको नगरपालिकाको स्वास्थ्य शाखाका फोकल पर्सन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मेचीमा ७७, अर्जुनधारामा ७४, कनकाईमा ८५, शिवसताक्षीमा ८४, दमकमा ७० र गौरादह नगरपालिकामा ६२ प्रतिशतलाई औषधि सेवा गराइएको छ ।

त्यस्तै, बुद्धशान्ति गाउँपालिकामा ९०, कमलमा ६७, गौरीगञ्जमा ७७, झापामा ७५, बाह्रदशीमा ८५, हल्दिवारीमा ७० र कचनवकल गाउँपालिकामा ८४ प्रतिशत नागरिकले औषधि सेवन गरेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाह्राकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै पालिकाको लक्ष्य ८० प्रतिशत रहेकामा २० प्रतिशतलाई सेवन गर्न नमिल्ने समूहमा गणना गरिएको थियो । सबै पालिकाको ८० प्रतिशत नतिजा भनेको करिब शतप्रतिशत रहेको बाह्राकोटीको भनाइ छ ।

अभियानको १५औँ दिनसम्ममा झापामा आठ लाख चार हजार सात सय ३७ जनालाई औषधि सेवन गराइएको हो । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले झापासहित सात जिल्लामा हात्ती पाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरेको हो । रासस

सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झापा र कैलालीमा खोप अभियान
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.