• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

गाउँबस्तीमा डुल्दै गीत सुनाउने न्यून दृष्टियुक्त दम्पत्ति

  •  शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

वेदकोट (कञ्चनपुर) । ‘बैरागी काइला’ नामले चिनिने सर्जक धनबहादुर र उहाँकी पत्नी प्रमिला दुवै न्यून दृष्टियुक्त हुनुहुन्छ । यतिबेला उहाँहरु छिमेकीको सहारामा कञ्चनपुर र कैलालीका गाउँबस्ती चाहारी रहनुभएको छ ।

बर्दियाको बडैयाताल गाउँपालिका–८ कण्ठपुरका उहाँहरु पारिवारको आर्थिक अवस्था नाजुक भएपछि आफूले सृजना गरेका गीत गाउँदै आर्थिक सङ्कलनमा जुट्नुभएको छ । बाँसुरी, सारङ्गी र मादलको धुनमा सुमधुर गीत गाउँदै गाउँ सहर डुलेर आर्थिक सङ्कलन गरेर परिवारको गुजारा चलिरहेको छ ।

“घरमा कमाउने कोही छैन । भएकै खेतमा बाली लगाउन पनि खेतालाको भर पर्नुपर्छ । खान लाउन र छोराछोरीलाई पढाउन पैसा अभाव छ । त्यसकै लागि खर्च जोहो गर्न आर्थिक सङ्कलन गरिरहेका छौँ”, कञ्चनपुरको झलारीमा भेटिनुभएका धनबहादुरले भन्नुभयो, “दसैँँतिहार र छोराछोरीको विद्यालयको बिदाको समय गाउँ सहर डुल्छौँ ।”

जन्मजातै न्यून दृष्टियुक्त धनबहादुरले केही गीत रेकर्ड पनि गराउनुभएको छ । थुप्रै गीत सृजना गरे पनि आर्थिक अभावले रेकर्ड गराउन नसकेको उहाँले सुनाउनुभयो । गीत रेकर्ड गर्न नसके पनि गाउँबस्तीमा आफूले सृजना गरेका गीत सुनाउने गरिरहनुभएको छ उहाँ । उहाँ कहिले माया पिरतीका गीत सुनाउनुहुन्छ त कहिले दुःख, सुख र व्यथाका ।

“अहिले अडियो मात्रै निकालेर भएन । भिडिओ पनि बनाउनुपर्छ । खर्च धेरै लाग्ने भएकाले बनाउन सकिएको छैन”, उहाँ भन्नुहुन्छ, “आफूलाई खान लाउनलाई त धौ धौ छ । कसरी गीत रेकर्ड गराउने ?”

गाउँबस्ती डुल्दै गीतमार्फत उहाँहरु आफ्नो कथाव्यथा सुनाउनुहुन्छ । धनबहादुरका चार सन्तान छन् । तीमध्ये दुई छोरीको बिहे भइसकेको छ । हाल साथमै रहेका एउटी छोरी कक्षा १० र छोरा ८ मा अध्ययनरत छन् ।

“हामीहरुले आँखा देख्न सकेनौँ । छोराछोरी आँखा देख्छन् । शिक्षा दिएर उनीहरुलाई बाहिरी संसार देख्ने बनाउने सपना छ”, प्रमिलाले भन्नुभयो । परिवारको आर्थिक अवस्था नाजुक भएपछि डेढ दशकदेखि ठाउँठाउँ डुलेर सहयोग सङ्कलन गरिरहेको उहाँको भनाइ छ । झलारी भेटिनुभएका उहाँहरु धनगढी हुँदै घरतिर जाने बताउनुहुन्छ ।

“छोराछोरीको विद्यालय पनि सुरु भइ सक्यो । अब घरतिर जान्छौँ”, धनबहादुरले भन्नुभयो, “गीत गाउँदै देशका विभिन्न ठाउँ पुगिन्छ । सबैतिर माया गरेर सहयोग पाउँदा निकै खुसी लाग्छ ।” बाँसुरी, सारङ्गी, किबोर्ड, हार्मोनियम, मादललगायत वाद्ययन्त्र बजाउने गरेको उहाँ बताउनुहुन्छ । रासस

शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.