• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • ७ घण्टा 

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
  • ७ घण्टा 

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार
  • ७ घण्टा 

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क
  • ८ घण्टा 

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • १३ घण्टा 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • १३ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • १४ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १ दिन 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ६. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • १०. नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था स्थिर

  •  शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

ब्रातिस्लाभा, स्लोभाकिया ।गोली लागी घाइते हुनुभएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको स्वास्थ्य अवस्था स्थिर रहेको स्लोभाकियाली स्वास्थ्यमन्त्रीले बताउनुभएको छ ।

प्रधानमन्त्री फिकोलाई बुधबार एक बन्दूकधारी व्यक्तिले गोली हानी हत्या गर्ने प्रयास गरेका थिए ।
आक्रमणपछि बिहीबार र शुक्रबार दुई वटा सफल शल्यक्रिया भएका छन् भने उहाँको अवस्था ‘सुधारोन्मुख’ रहेको स्वास्थ्य मन्त्रालयले उहाँको उपचारमा सम्लग्न चिकित्सकहरूलाई उद्धृत गरी जनाएका छन् ।

फिकालाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो ।

स्लोभाकको मध्य शहर बाँस्का बाइस्ट्रिकाको एक अस्पतालमा बुधबार पाँच घण्टा र शुक्रबार अर्को शल्यक्रिया गरिएको हो ।

स्वास्थ्यमन्त्री जुजाना डोलिंकोभाले भन्नुभयो, “दुई घण्टा लगाएर गरिएको शल्यक्रियाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ‘सकारात्मक’ पूर्वानुमान गर्न मद्दत गरेको छ ।”

“प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गम्भीर छ तर शल्यक्रियापछि स्वास्थ्यमा कुनै नकारात्मक खतराका सङ्केत देखिएका छैनन्,” उहाँले भन्नुभयो ।

स्लोभाकियाका सञ्चार माध्यमका अनुसार आक्रमणका लागि आरोपित ७१ वर्षीय कवि जुराज सिन्तुलालाई राजधानी ब्रातिस्लाभाको उत्तरपूर्वमा रहेको पेजिनोकस्थित विशेष दण्ड अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ ।

सिन्तुलामाथि सुनियोजित हत्या प्रयासको आरोप लागेको छ ।

सेन्ट्रल माइनिङ टाउन ह्यान्डलोभामा भएको सरकारी बैठकपछि समर्थकलाई अभिवादन गर्न हिँडिरहेका फिकोलाई गोली हानिएको थियो ।

रक्षामन्त्री तथा फिकोका निकटतम राजनीतिक सहयोगी उपप्रधानमन्त्री रोबर्ट कालिनाकले प्रधानमन्त्री होशमा रहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री फिकोको अवस्था अझै गम्भीर छ त्यसैले आगामी केही दिन उहाँलाई उपचार गरिराखिएको अस्पतालबाट ब्रातिस्लाभा लैगिहाने अवस्था छैन ।”

कालिनाकले शनिबार टीए३ समाचार च्यानललाई बताएअनुसार फिकोलाई चार वटा गोली लागेको छ, जसमा दुई हल्का, एक मध्यम र एक गम्भीर चोट लागेको छ ।
उनान्साठी वर्षीय फिको उहाँको मध्यमार्गी दलले निर्वाचनमा बहुमत ल्याएपछि गत अक्टोबरमा पदभार ग्रहण गर्नुभएको थियो ।

रुस र स्लोभाकियाको छिमेकी मुलुक युक्रेनबीच शान्ति स्थापनाका लागि र किएभलाई दिइने सैन्य सहायता रोक्ने प्रस्तावमाथि अभियान चलाएपछि उहाँ चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । रासस

शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

ताजा

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.