• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

हात्तीपाइलेको ‘औषधि सेवन कार्ड’ अनिवार्य

  •  शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित

पर्वत । अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइलेविरुद्धको औषधि खान नमान्दा पर्वतमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी गरिएको छ ।

हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्ने अभियान यही फागुन २८ गतेदेखि आगामी चैत ६ गतेसम्म सञ्चालन हुने भएको हो । औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण औषधि सेवन गर्न नमानेपछि यस्तो उपाय अपनाइएको हो । स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताउनुभयो ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङको नुवार, टार र ततरकोट तथा फलेवास नगरपालिका–५ खानीगाउँ हात्तीपाइले रोगको जटिल क्षेत्र हुन् । लगातार छ वर्षसम्म हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेमा त्यसपछि भने सेवन गर्नु नपर्ने भए पनि पर्वतमा भने यो पटक १३औँ चरणमा औषधि खुवाउन थालिएको छ । हरेक नागरिकले अनिवार्यरूपमा औषधि खानुपर्ने बाध्यता गराउन ‘पारिवारिक औषधि सेवन कार्ड’ अनिवार्य गरेर औषधि सेवन गराउन लागिएको निमित्त कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

‘म आफैँ खान्छु भन्ने, स्वयंसेविकाबाट औषधि लिने तर नखाइ फालिदिने गरेका कारण अझै पाँच प्रतिशतमा सङ्क्रमण देखिएको छ । यही कारण कोभिड खोप कार्डजस्तै हात्तीपाइलेको औषधि सेवन कार्ड बनाएर खुवाउन लागिएको हो”, उहाँले भन्नुभयो, “त्यो कार्ड नदेखाई वडा वा नगरपालिकाका सेवा लिन नपाउने अवस्था हुन सक्छ । ती ठाउँमा आवश्यक परे प्रहरी उपस्थित गराएर भए पनि स्वास्थ्यकर्मीको अगाडि औषधि सेवन गराउनुपर्ने अवस्था पनि रहन सक्छ ।”

व्यक्तिका लागि नभई परिवारका सदस्य सबैको एकमुष्ट कार्ड बन्ने भएका कारण परिवारका कोही एकजनाले मात्रै औषधि सेवन नगरे पनि कार्ड नपाइने पौडेल बताउनुभयो । हरेक वर्ष समस्या देखिएपछि यो वर्ष कडाइका साथ औषधि सेवन गराउन प्रशासनसँग समेत कुरा भइरहेको उहाँको भनाइ छ । औषधि सेवन कार्यक्रमलाई जिल्लाभर नै प्रभावकारी बनाउन यो वर्ष स्वास्थ्य स्वयंसेविकामार्फत औषधि वितरण गर्ने काम रोकिएको छ । स्वयंसेविकालाई अटेरी गरेको देखिएका कारण आवश्यक परामर्शसहित स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाउने तयारी स्वास्थ्य कार्यालयले गरेको छ ।

पर्वत अस्पतालका चिकित्सक डा डिबी क्षेत्रीका अनुसार हात्तीपाइलेविरुद्ध खुवाइने औषधिले लुतो, एलर्जी, जुम्रा पर्नेलगायतका समस्याकोसमेत उपचार गर्ने भएकाले आम नागरिकले ढुक्क भएर औषधि सेवन गर्नुपर्ने बताउनुभयो । सार्क राष्ट्रका भारत र नेपालमा हात्तीपाइले समस्या बढिरहेको बताउँदै उहाँले कुप्रचार र अन्धविश्वासका कारण यो अवस्था आएको बताउनुभयो । “दुई वर्षभन्दा कम उमेरका बच्चा, गर्भवती वा सुत्केरी भएको सात दिनसम्मका आमा तथा सिकिस्त बिरामीलाई हामी यो औषधि दिँदैनौँ”, उहाँले भन्नुभयो, “७० वर्ष उमेर पार गर्नुभएका ज्येष्ठ नागरिकको हकमा स्वास्थ्यकर्मीले अवस्था हेरेर विचार गर्नुहुन्छ ।”

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो वर्ष जिल्लाका ८४ प्रतिशतले औषधि सेवन गरेका थिए । यो वर्ष एक लाख ११ हजार ३२५ जनालाई औषधि खुवाउने लक्षित समूहमा राखिएको छ । छ हजार ३८२ जना दुई वर्षमुनिका बालबालिका तथा चार हजार ११६ जना गर्भवतीबाहेक अरूलाई लक्षित समूहमा राखिएको छ । औषधि सेवन गराउन करिब ३०० स्वास्थ्यकर्मी र ५०० महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी स्वास्थ्य कार्यालयले गरेको छ ।

शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.