• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

भद्रपुरमा गर्भवतीलाई मह र घीऊ

  •  बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित

सुरुङ्गा (झापा) । गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमा तथा जन्मने शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ ।

‘आमासँग नगर उपप्रमुख’ कार्यक्रम अन्तरगत सो पालिकाले वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ । गर्भवतीलाई आवश्यक पर्ने पौष्टिक आहारसँगै मह र घीउसमेत प्रदान गर्ने गरिएको भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बताउनुभयो ।

“यो सेवा लिन गर्भवतीले सामुदायिक अस्पतालमा कम्तीमा दुई पटक स्वास्थ्य जाँच गराएको हुनुपर्छ”, उपप्रमुख कार्कीले भन्नुभयो– “गर्भवतीलाई स्वास्थ्य संस्थामा नियमित जाँच गराउन प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

नगरले सञ्चालन गरेको यो कार्यक्रम अन्तरगत अहिले नगर क्षेत्रका नौ सय गर्भवतीले अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउँदै सेवा लिएको उपप्रमुख कार्कीले बताउनुभयो । “स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नेलाई नगद रु दुई हजारसमेत दिने गरेका र्छाैं ” उहाँले भन्नुभयो ।

भद्रपुर नगरपालिकाले आमासँग नगर उपप्रमुख कार्यक्रमका लागि रु २० लाख बजेट व्यवस्थापन गरेको छ । सोही रकमबाट गर्भवतीलाई मह र घीउ प्रदान गर्ने गरिएको छ । नगरले परिवार कल्याण कार्यक्रम अन्तरगत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्तसञ्चार, न्यानो झोला, नवजात शिशुको निःशुल्क उपचार लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको छ । मातृ तथा नव शिशु कार्यक्रम सञ्चालन गर्न रु १५ लाख विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख कार्कीले बताउनुभयो ।

भद्रपुर नगरपालिकाले ‘अपाङ्गताको स्वास्थ्य हाम्रो जिम्मेवारी’ कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री दिनुका साथै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । यस्तै ‘नगरप्रमुखसँग बीमा नवीकरण÷निःशुल्क बीमा’ कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रममार्फत विपन्न समुदायका नागरिक तथा सन्थाल समुदाय बढी लाभान्वित भएका छन् । यो कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको बताइएको छ ।

यसैगरी मिर्गौला प्रत्यारोपण÷ डायलाइसिस गरेका, क्यान्सर रोगी तथा मेरुदण्डको पक्षघात भएका बिरामीका लागि भद्रपुर नगरपालिकाले स्वास्थ्य उपचार खर्चबापत हालसम्म रु ५१ लाख प्रदान गरेको छ । उक्त सेवा लिनेको सङ्ख्या एक सय ८५ जना पुगेको स्वास्थ्य शाखाले जनाएको छ । गत वर्ष यो सेवा लिनेको सङ्ख्या एक सय ५२ जना रहेको थियो ।

भद्रपुरमा दुई लाखभन्दा बढीले स्वास्थ्य सेवा लिए

भद्रपुर नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट चालु आर्थिक वर्ष २०८०÷८१ मा दुई लाख २५ हजार सात सय ८३ जनाले सेवा लिएका छन् । सेवा लिनेमा महिलाको सङ्ख्या धेरै छ । भद्रपुर नगरपालिकाका अधिकृत तथा सूचना अधिकारी नेत्रप्रसाद पोखरेलका अनुसार एक लाख १९ हजार ६ सय ४५ महिला तथा एक लाख ६ हजार एक सय ३८ पुरुषले सेवा लिएका छन् ।

भद्रपुरमा रहेका स्वास्थ्य संस्थामा सेवा लिनेमध्ये नौ वर्ष मुनिका १० हजार दुई सय ८७ जना छन् भने एघार हजार एक सय २५ बालकले सेवा लिएका छन् । यस्तै १० देखि १४ वर्ष उमेरका पाँच हजार एक सय ५३ जना तथा पाँच हजार आठ सय ९० जनाले सेवा लिएका छन् ।

त्यस्तै १५ देखि १९ वर्ष उमेर समूहका ६ हजार एक सय ७६ किशोरीले सेवा लिँदा पाँच हजार पाँच सय ८८ किशोरले भद्रपुरमा रहेका विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । यसैगरी २० देखि ५९ वर्ष उमेर समूहका ७१ हजार पाँच सय ४७ महिलाले स्वास्थ्य सेवा लिएका छन् । उक्त सेवा लिने पुरुष ५६ हजार एक सय ७७ रहेका छन् । यस्तै ६० देखि ६९ वर्ष उमेर समूहका १४ हजार ६ सय ८१ महिलाले स्वास्थ्य सेवा लिँदा १३ हजार नौ सय चार पुरुषले भद्रपुरका स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिएका छन् ।

सत्तरी वर्ष माथिका एघार हजार आठ सय एक महिलाले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य सेवा लिने पुरुषको सङ्ख्या १३ हजार चार सय ५४ जना छ । गत वर्ष भद्रपुरमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या तीन २३ हजार दुई सय ७२ रहेको भद्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिनुभयो । गत वर्ष एक लाख ५४ हजार पाँच सय ९० महिलाले तथा एक लाख ६८ हजार ६ सय ८२ पुरुषले स्वास्थ्य सेवा लिएका थिए ।

सबै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले भद्रपुर नगरपालिकाले चालू आर्थिक वर्षमा ४८ गाउँघर क्लिनिक सञ्चालन गरेको छ । यस्तै एक सय ६१ खोप क्लिनिक, दुई सय ६५ पटक खोप अभियान तथा दुई सय ४९ पटक सरसफाइ अभियान सञ्चालन गरिएको थियो । महिला स्वास्थ्य स्वयम् सेविकाले नगरमा चार सय पटक स्वास्थ्यबारे विभिन्न सचेतना शिक्षा प्रदान गर्दै नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो । रासस

बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.