• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पौष्टिक तत्वयुक्त चामल बिक्री दर बढ्यो

  •  बुधबार, जेठ २३, २०८१ मा प्रकाशित

काँक्रेविहार (सुर्खेत) । कर्णालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पौष्टिक तत्व भएको चामल बिक्री दर बढाएको छ ।

चालु आर्थिक वर्षमा सुरु भएको पौष्टिक तत्वयुक्त चामल बिक्री दर ह्वात्तै बढेको प्रदेश कार्यालयका प्रमुख माधव मिश्रले बताउनुभयो । उहाँका अनुसार डोल्पामा दुई हजार पाँच सय ७२, मुगुमा दुई हजार दुई सय ५५, जुम्लामा एक हजार ४६, कालीकोटमा एक हजार चार सय ८९ क्विन्टल र हुम्लामा चार हजार छ सय ५३ क्विन्टल पौष्टिक तत्वयुक्त चामल वितरण भएको छ । हालसम्म १२ हजार १६ क्विन्टल चामल बिक्री भएको उहाँको भनाइ छ । नेपालगञ्जमा दुई सय १०, सुर्खेतमा दुई सय ३७, राजापुरमा सात सय आठ क्विन्टल चामल मौजदात रहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेशभरि ७० हजारभन्दा बढी चामल बिक्री गर्ने लक्ष्य रहेको प्रदेश कार्यालयले जनाएको छ । शाखा कार्यालय मुगुले पौष्टिक चामल वैशाखदेखि बिक्री गर्न थालेको हो  । मुगुका कार्यालय प्रमुख राजबहादुर राईले आठ वटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको बताउनुभयो ।

सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकले पोषणयुक्त खानपिन नपाउने भएकाले सो पौष्टिक चामल लाभदायक हुने गरेको छायाँनाथ रारा नगरपालिका-७ की स्थानीय कल्लीकला रावलले बताउनुभयो । जिल्लाको खाद्य कार्यालयबाट चामल बजार दररेटभन्दा धैरे सस्तोमा पाउने भएकाले चामल लिन उपभोक्ताको भीड हुने गरेको छ ।

खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको निर्देशिका अनुसार साविकको कर्णालीका पाँच जिल्लामा सुत्केरीलाई आमा र बच्चाको स्याहारसुसारका लागि २५ केजी पौष्टिक चामल अनुदानमा दिने व्यवस्था छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने कम्पनीले जनाएको छ ।

निमित्त प्रमुख मिश्रका अनुसार साविकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिनेछ । दैनिकरूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ ।

हाल ‘एक्स्टुजन’ विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ ‘एक्स्टुजन’ मेसिनबाट चामलको जस्तै आकार र रङ हुनेगरी उत्पादन गरिन्छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी-१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ ।

दोस्रो चरणमा अन्य जिल्लामा वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । चामलको गुणस्तरसम्बन्धी मापदण्डअनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलिग्राम, जिङ्क ३२ देखि ५९ मिलिग्राम, भिटामिन ‘ए’ शुन्य दशमलव ८९ देखि दुई दशमलव २१, फोलिक एसिड शुन्य दशमलव २४ देखि शुन्य दशमलव ५९ र भिटामिन बी-१२ भने शुन्य दशमलव ००७ देखि शुन्य दशमलव ०२० मिलिग्राम हुनुपर्नेछ । पौष्टिक तत्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिङ्क स्रोतका लागि जिंक अक्साइड, भिटामिन ‘ए’को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी-१२ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरूपका यौगिक थप गर्न सकिने मापदण्डमा उल्लेख छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्याको सिकार भइरहेका छन् । रासस

बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.