भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २५ औं पटक कलेजोको प्रत्यारोपण सफल भएको छ । बुधबार कलेजो प्रत्यारोपण गरेका निजगढ बाराका ५४ वर्षीय बद्रीप्रसाद चौलागाइँ प्रत्यारोपण भएको १० दिनमा सकुशल डिस्चार्ज भएसँगै केन्द्रमा कलेजो प्रत्यारोपण गर्नेको संख्या २५ पुगेको हो ।मिर्गौला प्रत्यारोपणमा अग्रणी केन्द्र मानिने यो केन्द्र अब कलेजो प्रत्यारोपणमा पनि अब्बल हुँदै गएको छ । चौंलागाईंलाई उनकी श्रीमती यानु कुमारी गौतमले कलेजो दान दिएकी हुन्।
वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा यस वर्ष मात्र १५ जनाको कलेजो प्रत्यारोपण भइसकेको केन्द्रले जानकारी दि एको छ । यस केन्द्रमा हुने कलेजो प्रत्यारोपणमा लाग्ने शुल्क अन्य अस्पतालहरुभन्दा कम रहेको केन्द्रका निर्देशक समेत रहेका डा. श्रेष्ठको भनाई छ ।
डा .श्रेष्ठका अनुसार केन्द्र स्थापना भएको १२ वर्षमै देशमै सबैभन्दा धेरै १ हजार २४८ जनाको मिर्गौला र २५ जनाको सफल कलेजो प्रत्यारोपण भईसकेको छ ।
