• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अपाङ्ग समाजको थेरापीः बिरामी थपिए, जनशक्ति छैन

  •  बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित

तुलसीपुर (दाङ) । प्यूठान मान्डवीका विशाल सुनारको चार वर्षअघि रुखबाट लडेर मेरुदण्डमा चोट लाग्यो । त्यसको उपचार काठमाडौँमा पनि गराउनुभयो । सञ्चो नभएपछि उहाँ दुई महिनाअघि मात्र दाङको तुलसीपुरस्थित अपाङ्ग समाज सुधारले सञ्चालनमा ल्याएको थेरापी सेन्टरमा उपचार गर्न आउनुभयो ।

त्यस्तै सल्यान कपुरकोटका आपेन्द्र चन्दलाई पनि पाँच वर्षअघि उच्च रक्तचापले हान्दा ‘प्यारालाइसिस’ भयो । उहाँले विगतमा विभिन्न अस्पतालमा उपचार गरे पनि सञ्चो नभएपछि तुलसीपुरस्थित अपाङ्ग समाज सुधारकै थेरापीमा आउनुपर्यो । उहाँहरूमात्रै होइन, अहिले साविक राप्तीका पाँचवटै जिल्लाबाट उक्त थेरापी सेन्टरमा थेरापी गर्न आउनुभएको छ ।

हालमात्र दैनिक १२ जना जति थेरापी गर्न आउने गरेको केन्द्रका संस्थापक अध्यक्ष हुमकान्त कँडेलले बताउनुभयो । सल्यान, प्यूठान, रोल्पा, दाङ, रुकुमलगायत जिल्लाका बिरामीले थेरापी गराइरहेको उहाँले बताउनुभयो ।

अपाङ्ग समाज सुधारले सरकारको सहयोगमा उक्त थेरापी सेन्टर सञ्चालनमा ल्याएको हो । विसं २०७८ चैतमा उक्त थेरापी सेन्टर सञ्चालनमा आए पनि त्यसलाई सरकारले उल्लेख्य रूपमा सहयोग नगरेको कँडेलको गुनासो छ । अहिले वार्षिक रु चार लाख तुलसीपुर उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।

त्यसबाट एकजना थेरापिष्ट र दुईजना कार्यालय सहयोगीलाई तलब खुवाउने गरेको भए पनि तलब निकै न्यून रहेको उहाँले बताउनुभयो । थेरापिष्टलाई मासिक रु १५ हजारमात्र दिने गरिएको उहाँले बताउनुभयो । त्यस्तै दुईजना कार्यालय सहयोगीलाई रु १०–१० हजारमात्र दिन सकिएको उहाँले भन्नुभयो ।

“सरकारकै सहयोगमा खोलिएको थेरापी सेन्टर हो, तर सरकारले दरबन्दी दिनसकेको छैन”, उहाँले भन्नुभयो, “त्यसले गर्दा हामीलाई काम गर्न निकै समस्या हुने गरेको छ ।” त्यतिमात्र कर्मचारीले नपुग्ने कँडेलको भनाइ छ । बिरामी थपिँदै गएको जनाउँदै दुईजना फिजियोथेरापिष्ट र तीनजना सहयोगी आवश्यक पर्ने उहाँले बताउनुभयो । भएकै कर्मचारीलाई पनि तलब खुवाउन नसकिएको अवस्थामा थप गर्न सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

केन्द्रको एकतले भवनमा थेरापी सेन्टर सञ्चालनमा छ । थेरापीका लागि चाहिने सबै सामग्री भए पनि राख्ने ठाउँको अभाव छ । अर्को तला थप गर्न सकेमा मात्रै सहज सेवा दिन सकिने उहाँले बताउनुभयो ।

“बिरामीलाई आवाससहितको सेवा दिने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो, “तर उचित भवन नहुँदा समस्या हुने गरेको छ ।” अहिलेसम्म उक्त संस्थाबाट ३३ जनाले सेवा लिएका छन् । लुम्बिनी प्रदेशमा सरकारीस्तरबाट सञ्चालित दुईमात्र थेरापी सेन्टर रहेकाले यी थेरापी सेन्टरलाई सङ्घ र प्रदेश सरकारले पनि हेर्नुपर्ने उहाँ बताउनुहुन्छ । रासस

बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.